रक्सी खाएर संसद्मा बोल्न थालेपछि….

293

तान्जानियामा एक मन्त्रीले रक्सी खाएर संसदमा बोल्न थालेपछि उनलाई बर्खास्त गरिएको छ । रक्सी धोकेर संसदमा गई रक्सीकै तालमा सांसदले उठाएका प्रश्नहरूको जवाफ दिएको आरोपमा त्यहााका राष्ट्रपतिले गृहमन्त्रीलाई बर्खास्त गरेका छन् ।

 
भ्रष्टाचार तथा अक्षमतालाई परास्त गर्ने भन्दै गत नोभेम्बरमा सत्ता सम्हालेका राष्ट्रपति जोन म्यागुफुलीले सरकारका उच्च अधिकारीहरूलाई एकपछि अर्को गर्दै बर्खास्त गर्ने श्रृंखला गृहमन्त्रीसम्म आइपुगेको छ । भ्रष्टाचारको आरोपमा अहिलेसम्म धेरै वरिष्ठ सरकारी अधिकारीहरूलाई उनले बर्खास्त गरिसकेका छन् भने सरकारको खर्च घटाउनका लागि सरकारले क्रिसमस कार्ड छापेर बााड्ने चलन पनि हटाएका छन् । राष्ट्रपतिको निकटका व्यक्ति मानिने गृहमन्त्री चाल्र्स किटवांगाको बर्खास्तगीलाई धेरैले आश्चर्यको रूपमा लिएका छन् । राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्तीमा गृहमन्त्री किटवांगा रक्सी पिएर संसदमा पुगेको र गृह मन्त्रालयका बारेमा सांसदहरूले उठाएको प्रश्नको जवाफ पनि रक्सीकै तालमा दिएको हुादा उनलाई बर्खास्त गरिएको उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here