देश टुक्रिने प्रचण्डको चेतावनी

110

काठमाडौं/ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले नेपाली जनताको आकांक्षा र भावंनाको सम्मान गर्न नसके मुलुक विखण्डन हुनसक्नेतर्फ संकेत गर्नुभएको छ ।

 
माओवादी केन्द्र दोलखाको ‘एकताको चौंथो अधिवेशन’लाई सम्बोधन गर्दै प्रचण्डले भन्नुभयो, ‘हामीले बुद्धि पुर्‍याएनौा भने, संवेदनशीलता बुझेनौं भने, एकताको झण्डा उठाउन सकेनौं भने देश खतरामा अहिले पनि छ ।’

 
आफू सहमतिको सरकारको सरकारको पक्षमा रहेको भन्दै प्रचण्डले संविधान कार्यान्वयन नभए मुलुकमा खतरा आउने भएकाले कम्तीमा संविधान जारी गर्दाका बखत एकजुट भएका दलहरू सम्मिलित राष्ट्रिय सरकार आवश्यक रहेकोमा जोड दिनुभयो । आफू बहुमतको सरकारको पक्षमा नरहेको भन्दै राष्ट्रिय सहमतिविना आफू प्रधानमन्त्री नबन्ने पनि उहााले प्रष्ट पार्नु भयो । नेतृत्व गर्न आफू तयार रहेको र बहुमतीयका लागि इच्छुक नरहेको पनि प्रचण्डले प्रष्ट पार्नुभयो ।
नेपाली कांग्रेस, एमाले तथा मधेसवादी दलहरूसहितको राष्ट्रिय सरकार नबनेसम्म संविधान कार्यान्वयन हुन नसक्ने दाबी पनि उहााको थियो । ‘नेपाली कांग्रेस र एमालेलाई आरोपित र लाञ्छित गरेर देशलाई हित हुने मैले देखेको छैन, प्रमुख शक्तिहरू एक ठाउामा उभिनै पर्छ । यो एकता र सहमतिको समय हो । मधेसी दलहरूलाई समेत सहमतिमा ल्याएर मुलुकको समस्या समाधान गर्नुपर्छ’, प्रचण्डले भन्नुभयो ।

 
भूकम्पपीडितलाई एक वर्षअघि नै माओवादी पार्टीले ५ लाखका दरले अनुदान दिनुपर्ने प्रस्ताव गरेको स्मरण गर्दै प्रचण्डले त्यसको कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । भूकम्पपीडितलाई सहयोगका लागि साझेदारहरूले प्रतिबद्धता व्यक्त गरेका छन्, सरकारले खुला दिलले, मुठी खोलेर जनतालाई सहयोग गर्नुपर्नेमा जोड दिादै भूकम्प प्रभावित १४ जिल्लाको पुनर्निर्माणमा विशेष काम गर्नुपर्नेमा उहााको जोड थियो ।

 
फिल्म सिटी र जिरी हाइअल्टिच्युड स्पोर्ट सेन्टर निर्माण गर्ने योजना वर्तमान बजेटबाट हटाएकोमा चिन्ता व्यक्त गर्दै प्रचण्डले दोलखामै बनाउन आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here