नम्रताको भिडियो खेल्ने रेट दुई लाख !

121

काठमाडौं/ ‘क्लासिक’ नायिका नम्रता श्रेष्ठ चलचित्र र म्युजिक भिडियो दुवैमा माग भएकी कलाकार हुन् । तर उनले कम चलचित्रहरूमा मात्रै अभिनय गर्दै आएकी छिन् । पछिल्लो चलचित्र ‘क्लासिक’ व्यावसायिक रूपमा हिट भएपछि यी नायिकाले चलचित्रमा मात्र नभएर म्युजिक भिडियोमा पनि रेट बढाएको खबर सार्वजनिक भएको छ । केही म्युजिक भिडियोका निर्देशकअनुसार अहिले नम्रताले एउटै भिडियोमा खेलेबापत करिब २ लाख रूपैयाा माग गर्न थालेकी छिन् । सामान्यतया नेपाली चलचित्रमा अभिनय गरेबापत नायिकाहरूले प्राप्त गर्ने रकम नम्रताले भिडियो खेलेबापत नै मागेको जानकारीमा आएको छ । नम्रताले अहिलेसम्म कम चलचित्रहरूमा अभिनय गरे पनि ती चलचित्रहरूमा फरक–फरक चरित्र र जीवन्त अभिनयका कारण उनी चर्चामा छिन् । बीचमा एउटा स्क्यान्डलका कारण करिअर खस्किएकोमा अहिले उनी पुन: सफलताको शिखरमा रहेकी छिन् । त्यसकारण पनि नायिका नम्रताले भिडियो खेलेबापत महागो पारिश्रमिक माग गरेको केही भिडियो निर्देशहरूले जनाएका छन् । तर उनले यति धेरै रकम माग गर्नुमा भिडियो खेल्न नै नचाहेकोले हो भन्ने बुझिएको छ । उनी हाल आफ्ना प्रेमी दावा शेर्पासाग नै घुमफिरमा व्यस्त रहेकी छिन् । आफ्नै प्रेमीलाई समय दिइरहेकी उनले म्युजिक भिडियो खेल्दिन भनेर टार्न नसकेका कारण महागो पारिश्रमिक माग गरेको बुझिएको छ । उनी अहिले ट्रेकिङ त कहिले दिल्ली घुमघाम र प्रेमीसागको डेटिङमा मस्त देखिन्छिन् । उनले २ लाख मागेपछि भिडियो बनाउने निर्माताले त्यति रकम तिर्न नसक्ने जनाए । अहिले अर्कै नायिका लिएर म्यूजिक भिडियो छायांकन तयार पारिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here