भद्रगोल टोली अस्ट्रेलियामा

265

काठमाडौं/ नेपाली लोकप्रिय हास्य टेलिश्रृंखला भद्रगोलको टोली कार्यक्रमका लागि अस्ट्ेरलिया जाने भएको छ । आरकेएस अस्ट्रेलियाको आयोजनामा जुन २६ तारिखबाट सुरु हुने ‘अस्ट्रेलियामा भद्रगोल’ नामक कार्यक्रमको लागि भद्रगोल टोली २४ जुनामा अस्ट्रेलिया जाने भएका हुन् ।

 
उक्त कार्यक्रममा कुमार कट्टेल (जिग्री ब्रो), अर्जुन घिमिरे (पााडे), सागर लम्साल (बले) तथा हरी निरौला (कक्रोच) लगायतको हास्यव्यंग्यात्मक प्रस्तुति हुने तथा गायक प्रकाश पौडेलले गीतहरू पस्कनेछन् । आयोजकका अनुसार भद्रगोल टोलीले अस्ट्रेलियाको मुख्य सहर मध्य तिनवटा शहर मेल्बर्नमा जुन २६, ब्रिसबनमा २ जुलाई र सिड्नीमा ९ जुलाईमा प्रस्तुति पस्कने छन् । अस्ट्रेलियाका अन्य सहरहरूमा पनि हुनसक्ने आयोजकले जनाएको छ । जुलाई ९ शनिबार सिड्नीको मरना अडिटोरियम, १६ म्याक्महन स्ट्रिट हरस्भिल इन्टेर्टेण्ट्मेन्ट सेन्टरमा सााझ ५:३० देखि सुरु हुने आयोजकले जनाएको छ । भद्रगोल टोलीको हास्यव्यंग्य प्रहसन हेर्न चाहने दर्शकका लागि टिकट मूल्य अस्ट्ेरलियन डलर ३० पर्ने आयोजकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here