हुकुमबहादुर सिंह
अहिले माओवादी केन्द्र विकेन्द्र बन्दै गएको छ । नेपालको माओवादी आन्दोलनको वीरता, त्याग र बलिदानले भरिएको इतिहास अहिले क्रमश: पद, पैसा र व्यक्तिगत प्रतिष्ठाका अगाडि नांगेझार बन्दै छ । विश्व सर्वहारा वर्गको मुक्तिको महान् अभियानमा लागेको एउटा क्रान्तिकारी पार्टी अहिले परिवारवाद र आफन्तको सांघुरो घेरामा कसरी फस्न गयो, आम मुक्तिकामी जनता तथा कार्यकर्ताका लागि चिन्ताको विषय भएको छ भन्न थालिएको छ । विगतको जनयुद्धमा ज्यानको बलिदान गर्नेहरू अहिले पद र पैसाका अगाडि बत्तीका अगाडि पुतलीजस्तै बनेका छन् । यही पदको लागि मरिहत्ते गर्नुको परिणाम माओवादी केन्द्रको केन्द्रीय समिति यत्रो ठूलो बनेको हो । यस्तो भद्दा र ठूलो समितिले कसैको व्यक्तिगत चाहना त पूरा गरेको छ, तर के नेपाली माओवादी आन्दोलनलाई उसको नेपाली क्रान्तिका बााकी कार्यभार पूरा गर्न मद्दतगार बन्न सक्ला ? विगतको उनीहरूको नेपाल र नेपालीको मुक्तिका लागि गरिएको बलिदान र त्याग अहिले एउटा केवल पदका लागि नतमस्तक बनेर प्रचण्ड, बादल र प्रकाशका अगाडि र उनीहरू त्यसैका लागि प्रचण्डका अगाडि उभिएका छन् । उनीहरू सबैलाई थाहा छ, विगतको उनीहरूले आफ्नो ज्यान देश र जनताको मुक्तिका लागि अर्पण गरेका थिए तर अहिले उनीहरू पद र पैसाका लागि जे गर्दै छन् त्यसले उनीहरूको विगतको गौरवशाली इतिहासमाथि कालो धब्बा अवश्य लगाएका छन् । यो सही हो तिनीहरू हिजो एउटा सामान्य कार्यकर्ता थिए तर अहिले पार्टीको उच्च पदमा आसीन बन्न लालायित भएर माओवादी केन्द्रका सदस्य बनेका छन् तर उनीहरूले आफूलाई आफैले मूल्यांकन गर्न आवश्यक छ कि त्यसबेला यद्यपि एउटा साधारण कार्यकर्ता थिए तर जनताको अगाडि उनीहरूको इज्जत, मान मर्यादा के थियो ? र अहिले उनीहरूलाई जनताले कसरी लिएका छन् ?
माओवादी आन्दोलनलाई एकताबद्ध गराउने भनेको के हो ? एउटा कम्युनिष्टको इमानदारी उत्तर हुन्छ, सिद्धान्त, विचार र कार्यदिशामा एकता । तर अहिले यसलाई एउटा अध्यारो कोठीमा थन्काएर पदीय भागबण्डामा एकता खोजिएको छ । कसलाई कुन पद दिएमा त्यसमा रहेको असन्तुष्टिमाथि सम्बोधन हुनसक्छ ? के विश्व कम्युनिष्ट आन्दोलन र नेपालकै पनि आन्दोलनले यस्तै अन्तर्विरोधहरूलाई हल गरेर क्रान्ति सोचेको थियो ? माओवादी केन्द्र भन्ने तर त्यसमा मालेमावादी सिद्धान्त, विचार र कार्यदिशा तथा त्यसको संगठनात्मक पद्धति कही पनि नचाहिने ? यो कस्तो कम्युनिष्ट बेइमानी हो ? डा. बाबुराम जो विगत जनयुद्धका एक जना नायक थिए, उनले बडो इमानदारिताका साथ माक्र्सवादी सिद्धान्त, विचार र कार्यदिशालाई त्याग्ने घोषणा गरेर सोहीअनुसार आफूलाई हिाडाउने कोसिसमा छन् तर माओवादी केन्द्रको कुरा र व्यवहारमा इमानदारिता कम तर छलछाम र बेइमानी बढ्ता देखिादै छ । विश्व साम्राज्यवाद विश्वबाट माक्र्सवादलाई सदाका लागि नामेट पार्न चाहन्छ र उसको यो ग्राण्ड डिजाइनमा अहिले नेपालको माओवादी आन्दोलनका केही हस्तीहरू प्रत्यक्ष तथा अप्रत्यक्ष रूपले लागेको प्रतीत हुन थालेको छ । अहिलेको यो माओवादी आन्दोलनलाई एकताबद्ध गर्ने ज्वारभाटामा माओवादी आन्दोलनमा जनताका नजरमा इमानदार ठानिएका चीरपरिचत हस्तीहरू पनि टिक्न नसकी मक्किएका सालका रुखहरू ढलेझौ ढल्दै गएका छन् । यो क्रमलाई तीव्रता दिन माओवादी केन्द्रले पदको संख्या कसरी बढाउादै जाने छ ? हेर्न बााकी छ ।
अन्तर्राष्ट्रिय र राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा यसरी केन्द्रीय समिति, पोलिटब्यूरो र स्थायी समितिको सदस्य हुने भनेको एउटा लामो त्याग, तपस्या र बलिदानको प्रतिफल थियो तर अहिले माओवादी केन्द्रले जे जसरी परिवार, नातागोता, पैसा आदिको आधारमा यति ठूलो केन्द्रीय समिति बनाएको छ, त्यसले यो एउटा माओवादी केन्द्र बन्नेमा शंका उब्जाएको छ । यसो गरेर नेपालमा माओवादी आन्दोलनलाई एकताबद्ध गर्ने नाममा मालेमाको गौरवशाली इतिहासलाई साम्राज्यवादले भन्दा बढ्ता यसले ध्वस्त बनाउने काम गरेको छ । यसरी माओवादी केन्द्र क्रान्ति, मुक्ति र परिवर्तनको केन्द्र नभई नेपालबाट कम्युनिष्ट आन्दोलनलाई ध्वस्त बनाएर विश्व साम्राज्यवादको क्रीडास्थल बन्ने सम्भावना बलियो भएको छ र इमानदार कम्युनिष्टका लागि चिन्ता र राजनीतिकबाट खासगरी कम्युनिष्ट राजनीतिप्रति वैराग्य छाएको छ । यसो गरेर आखिरमा माओवादी केन्द्रले कसको सेवा गर्दैछ ? क्रान्तिको कि प्रतिक्रान्तिको ? बहसको विषय बनेको छ ।