मुखले कौची चलाएर ११८ जनाको कपाल काटियो !

379

भारतको उत्तरप्रदेश बस्ने मोहम्मद अन्सारी नामका युवाले मुखले कौची चलाएर २५ घण्टा २० मिनेटमा ११८ जनाको कपाल काटेर विश्वकीर्तिमान कायम गरेका छन् । उनले मुखले नै कौची चलाएर कपालदेखि दाह्रीजागासम्म काटेर यस्तो कीर्तिमान राखेका हुन् । उनले २५ घण्टा २० मिनेटमा ११८ जनाको कपाल काट्न सफल भए, जो उनले सोचेका पनि रहेनछन् । मुखले लगातार ११८ जनाको कपाल काटेपछि उनले मुखबाट कौची छाडे र मानिसहरूले उनलाई फूलमाला लगाइदिएर बधाई दिए । आफ्नो कीर्तिमानी कामलाई आधिकारिता दिन उनले गिनिज बुक अफ वल्र्ड रेकड्स कार्यालयमा आफ्नो निवेदन तथा कपाल कटाइको भिडियो लगायतका कागजात पठाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here