यो सरकार त्यसबेलासम्म मात्रै टिक्छ जतिबेलासम्म माओवादी केन्द्रले समर्थन गर्छ

181

 वामदेव गौतम, उपाध्यक्ष– नेकपा एमाले

 

पछिल्लो पटक एमाले र माओवादी केन्द्रबीच भएको सहमति के हो ?
लिखित रूपमा भएको सहमति नौ बुादे सहमतिको रूपमा बाहिर आएकै छ । अलिखित रूपमा भएको सहमति भनेको नौ बुादे सहमतिमा जे–जे कुरा उल्लेख भएका छन्, ती विषयहरू अहिलेको सरकारले पूरा गर्नुपर्ने विषयहरू रहेका छन् । ती विषयहरू पूरा गर्ने सवालमा कति समय लाग्दछ, त्यो समय पूरा भइसकेपछि फेरि दुईवटा पार्टीका शीर्ष नेताहरूका बीचमा छलफल गरेर समझदारी विकास गर्ने कार्य हुन्छ । त्यो समझदारी विकास गर्ने दौरानमा नेतृत्व परिवर्तन गर्ने आवश्यकता खास गरिकन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई त्यो महसुस भयो भने राख्न सक्नु हुन्छ र त्यस्तो अवस्थामा हामीले समझदारी विकास गर्नु पर्छ भन्ने भएको छ ।
प्रचण्डसाग तीन बुादे भद्र सहमति भएकै भन्ने कुरा के हो ?
तीन बुादे भद्र सहमति भन्ने होइन । नौ बुादे सहमति हामीहरूको बीचमा भएको छ, जुन बाहिर आएको पनि छ । नौ बुादेबाहेक अर्को सहमति के हो भने नौ बुादेमा जे भएका छन् त्यो अहिलेको सरकारले गर्नु पर्छ । ती सहमति बमोजिम यो सरकारले शान्तिप्रक्रियाका बााकी कामहरू सम्पन्न गर्नेलगायतका यावत कामहरू जति छन्, गर्ने भन्ने हो । राष्ट्रिय सहमतिको सरकार गठन गर्न पनि उसले प्रयत्न गर्नु पर्दछ । दुई वटा पार्टीको बीचमा यस्तो अवस्था आयो कि फेरि नेतृत्व परिवर्तन गर्नु पर्दछ भन्ने भयो भने राष्ट्रिय सहमति भए त भइहाल्यो । भएन भने पनि त्यस्तो अवस्था आइहाल्यो भने त्यसमा पनि हामीले समझदारी गर्न सक्छौ भन्ने कुरा छ ।
बजेट पारित भएपछि केपी शर्मा ओलीले राजीनामा दिने र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाएर सोही सरकारलाई राष्ट्रिय सहमतिको सरकारमा रूपान्तरण गर्ने सहमति भएको होइन र ?
ठ्याक्कै यस्तै किसिमको समझदारी भएको होइन । यो प्रस्ताव लिखित रूपमै आएको थियो र यसलाई दुवै नेताहरूले हस्ताक्षर गरेर राख्ने भन्ने कुरा भएको थियो । त्यो प्रधानमन्त्री केपी शर्मा ओलीले मान्नु भएन । लिखित रूपमा मैले गर्दिन भन्नुभयो । लिखित रूपमा नगर्ने भएपछि त्यो एउटा समझदारीको रूपमा अगाडि आयो र त्यो समझदारी बाध्यात्मक समझदारीभन्दा पनि दुवै पार्टीका नेताहरू बसेर अब नेतृत्व परिवर्तन गर्नुपर्छ भन्ने ठाउामा पुग्दाखेरि त्यसको लागि पनि केपी ओली तयार हुनुहुन्छ भन्नेमा सहमति भएको हो ।
भद्र सहमति चाहीं भएको हो, तर प्रधानमन्त्री को बन्ने भन्नेमा चाहीं अन्यौलता हो ?
कतिसम्म भएको हो भने प्रधानमन्त्रीले प्रचण्डसाग वार्ता गर्न मलाई पठाउनु भयो, वैशाख २३ गते र २४ गते बिहान । दुवै पटकको वार्तामा नीति कार्यक्रम र बजेट प्रस्तुत गर्न दिने र त्यो भन्दा अघि सरकार गिराउने र समर्थन फिर्ता लिने काम बन्द गर्नु पर्‍यो भन्ने थियो । नेपाली कांग्रेसले प्रचण्डलाई प्रधानमन्त्रीका लागि प्रस्ताव गरेका छन् भने हामी नै प्रचण्डलाई प्रधानमन्त्रीको प्रस्ताव राख्छौ, यो कुरामा तपाईले सहमति गर्नुस् भनेर प्रधानमन्त्रीले मलाई भन्नुभयो । मैले त्यस विषयमा गएर छलफल गरे र हामी दुईको बीचमा सहमति भयो । सहमति भइसकेपछि वैशाख २४ गतेको बेलुका फेरि नौ बुादे सहमति आयो । त्यो नौ बुादे सहमति हामी सागै बस्दा बनेको हो, तर त्यसमा ११ वटा बुादा थिए । एउटा चाही नीति तथा कार्यक्रम र बजेट पारित गरिसकेपछि उपयुक्त वातावरणमा सरकारको नेतृत्व परिवर्तन गर्ने भन्ने विषय पनि थियो । जुन कुरा त्यति बेला प्रधानमन्त्री केपी ओलीले मान्नु भएन । त्यसमा हस्ताक्षर गर्न उहााले मान्नु भएन । हस्ताक्षर नगरे पनि त्यो स्थिति बन्यो भने के हुन्छ भन्ने थियो र त्यसमा उहााले त्यसबेला हामीसागै बसेर समझदारी गरौला भनेर भन्नु भएको थियो ।
त्यसो भए एक किसिमको भद्र सहमति चाहीं भएकै हो ?
हो यस्तो सहमति चाहीं भएकै हो । बजेट पारित भएपछि एउटा उपयुक्त वातावरण बनेपछि गर्ने भन्ने कुरा भएको हो ।
उपयुक्त वातावरण अहिले बनेको छैन त ?
अहिले त बजेट नै पारित भएकै छैन ।
प्रधानमन्त्री त सरकार छाड्ने आधार छैन, यही सरकारले चुनाव गराउाछ भनिरहनु भएको छ नि ?
सरकारको नेतृत्व परिवर्तन गर्ने सन्दर्भमा प्रधानमन्त्री केपी ओली सहमत हुनुहुन्थ्यो । अहिले हुनुहुन्छ कि हुनुहुन्न त्यो छुटै विषय हो । त्यसबेला उहााले मलाई भन्नु भएको पनि त्यही हो । हामीले २४ गते बसेर गरेको सहमति पनि त्यही हो । सहमतिका कागजमा हस्ताक्षर गर्ने भन्ने विषय भएको होइन । मौखिक रूपमा यी सबै विषयहरू भए हस्ताक्षर गर्ने समय आएपछि नौ बुादे मात्रै हस्ताक्षर गर्न सकिन्छ, प्रधानमन्त्री परिवर्तन गर्ने, मैले यति समयपछि छाड्ने र फलाना आउने भन्ने विषयमा यदि त्यस्तो गर्ने हो भने म अहिले भर्खरै छाडिदिन्छु, होइन भने यति दिनभित्रमा मैले प्रधानमन्त्री छाडिदिन्छु भनेर कबुलियतनामामा म हस्ताक्षर गर्दिन भनेर उहााले भन्नुभयो । त्यसपछि त्यो हस्ताक्षर नगरेर कागज रद्द भयो । त्यसलाई च्यातेर फालियो ।
तर पछि त त्यो सहमति बाहिर आयो नि ?
मलाई प्रधानमन्त्रीले वार्ता गर्न पठाउादाखेरि जे भन्नु भएको थियो त्यसमा प्रचण्ड सहमत हुनुभयो । नीति कार्यक्रम र बजेट प्रस्तुत गर्ने त्यसपछि उपयुक्त समयमा नेतृत्व परिवर्तन गर्ने र राष्ट्रिय सरकारको नेतृत्व प्रचण्डलाई हस्तान्तरण गर्ने सन्दर्भमा सहमति गर्नुस्, मेरो सहमति हुन्छ भनेर उहााले भन्नुभएको थियो । मैले त्यसमा सहमत गराएा । उहााले अझै के पनि भन्नुभयो भने के तपाईले भने अनुसारको तपाईको अध्यक्षले मान्नुहुन्छ ? मान्नु भएन भने के तपाई पार्टीभित्र दवाव दिन सक्नु हुन्छ, तपाईको पार्टीभित्र के शक्ति छ ? भन्नेसम्मको कुरा प्रचण्डले गर्नु भएको थियो ।
सहमति कार्यान्वयन गर्न एमालेको पनि दायित्व हुन्छ नि ?
एमालेको दायित्व भनेको वामदेव गौतमले पूरा गरेर मात्र पूरा हुादैन । एमालेको दायित्व एमालेले नै पूरा गर्नुपर्छ । एमालेको नेता अध्यक्षले पूरा गर्नुपर्छ । मैले जे गरें, उहााहरूलाई जेमा सहमति गराएा त्यो सहमतिमा हाम्रो अध्यक्ष प्रधानमन्त्री पनि त्यसबेला सहमत हुनुहुन्थ्यो । अहिले पनि के हो भने यो सरकार त्यसबेलासम्म मात्रै टिक्छ जतिबेलासम्म माओवादी केन्द्रले समर्थन गर्छ । माओवादी केन्द्रले समर्थन झिक्नासाथ यो सरकार त अगाडि जान सक्दैन । त्यसो भएकोले यो सरकारलाई टिकाउने वा नटिकाउने, चााडै बिदा गर्ने वा यसको आयु बढाउने र अर्को निर्वाचनसम्म लैजाने यो सबै माओवादी केन्द्रमै निर्भर छ । माओवादीले समर्थन झिक्यो भने कि त नेपाली कांग्रेस समर्थन गर्न आउनु पर्‍यो, नभए माओवादी र एमालेबीचको सहमतिमा मात्रै यो सरकार टिक्न सक्छ । यो कुरा मैले प्रचण्डलाई पनि स्पष्ट रूपमा बुझाएको छु कि तपाईको समर्थनबिना त सरकार नै चल्न सक्दैन, तर अहिले तपाईले समर्थन फिर्ता लिनुभयो भने देशमा संवैधानिक संकट आउाछ । त्यसो भएर प्रधानमन्त्रीले अहिले भएका सहमतिहरू पालना गर्नु भएन भने त्यसपछि तपाईले निर्णय गर्न सकिहाल्नु हुन्छ नि ! आज तपाईले समर्थन फिर्ता लिएर सरकार गिराउन सक्नुहुन्छ भने भोलि पनि त तपाईले समर्थन फिर्ता लिएर सरकार गिराउन सक्नुहुन्छ । त्यसो भएर तपाईले किन हतार गर्नु हुन्छ भनेर पनि मैले प्रचण्डजीलाई कन्भिन्स गरेको थिएा ।
प्रचण्डलाई प्रधानमन्त्री बनाउन केपी शर्मा ओली तयार हुनुभएन भने तपाई के गर्नु हुन्छ ?
प्रचण्डजीको पार्टी हाम्रो गठबन्धनबाट अलग भयो भने सरकार स्पष्ट अल्पमतमा पर्छ र त्यस्तो सरकार चल्न सक्दैन, उसले विश्वासको मत लिनु पर्छ । संसदबाट विश्वासको मत लिंदा पनि हाम्रो पार्टीलाई बहुमत पुग्दैन । त्यस्तो बेलामा त सरकार गिरी हाल्छ नि । माओवादी केन्द्र सरकारमा रहादासम्म यो सरकार रहन्छ, त्यो हट्दा यो सरकार रहन सक्ने अवस्था रहादैन ।

 

प्रधानमन्त्रीले बीचमा राजीनामा दिएर बाटो खोल्ने सम्भावना छैन ?
प्रधानमन्त्रीले राजीनामा दिने भन्ने कुरा नै छैन । दुईवटा पार्टीले सहमति गरेर यो सरकार बनाएको हो । बीचमा सरकारलाई दिएको समर्थन फिर्ता लिने स्थिति बन्यो । त्यसलाई अन्त्य गरियो । त्यसलाई अन्त्य गर्दा नौ बुादे सहमति अगाडि सारियो । सगरमाथामाथि उभिएर सरकारलाई गिराउने तागत कसैसाग छैन भनेर म चाहीं भन्दिन ।
तर, प्रधानमन्त्रीले त त्यस्तै भनिरहनु भएको छ ?
प्रधानमन्त्रीले भने पनि सगरमाथा माथि उक्लिएर भन्नु भएको छैन । त्यस्तो कुनै कुरा मैले सुनेको छैन । भद्र सहमति देखाउन चुनौती दिनै पर्दैन । त्यो चुनौतीको कुनै अर्थ नै हुादैन । जुन दिन प्रचण्डले सहमति फिर्ता लिन्छन् त्यसदिनदेखि सरकार चल्नै सक्दैन । त्यसकारणले माओवादी केन्द्रसाग त्यो हैसियत छ ।
पछिल्लो समयमा एमालेका नेताहरूले बोली त फेरे नि ?
कसैले पनि फेरेको छैन ।
स्थायी समितिको बैठकमा प्रधानमन्त्रीले सहमति बन्ने अवस्था सृजना भयो भने म राजीनामा दिन्छु नभए म हट्दिन भनेर भन्नु भएको होइन ?
त्यहाा के भन्नुभयो, बाहिर के भन्नुभयो भन्ने कुराको अर्थ छैन । जबसम्म माओवादी केन्द्र यो सरकारलाई समर्थन दिएर बस्छ त्यसबेलासम्म यो सरकार रहन्छ । जुन दिन समर्थन फिर्ता लिन्छ, सरकार अल्पमतमा पर्छ । अल्पमतको सरकार चल्न सक्दैन । स्पष्ट अल्पमतमा भइसकेपछि यसले बाहिरबाट समर्थन लिनका लागि नेपाली कांग्रेस मात्रै रहन्छ । नेपाली कांग्रेसले अहिले नै समर्थन गर्ने स्थिति छैन । त्यसकारण माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने वित्तिकै सरकार टिक्ने अवस्था नै रहादैन । त्यसकारण राजीनामा दिन्छु, दिन्न भन्नुको के अर्थ रह्यो र ! तत्कालका लागि राष्ट्रिय सहमति सरकारको विकल्प छैन । त्यस्तो सरकारको नेतृत्व केपी ओलीले पनि गर्न सक्नुहुन्छ, प्रचण्डले पनि गर्न सक्नुहुन्छ र शेरबहादुर देउवाले पनि गर्न सक्नुहुन्छ ।

प्रस्तुति ऋषि धमला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here