रोजगारी उन्मुख शिक्षाको आवश्यकता

197

 उत्तम अर्याल

 
हालै सरकारले शिक्षा ऐन संशोधन गरेको छ । विद्यालय शिक्षालाई दुई तह बनाउने व्यवस्था गत शनिबार संसद्ले पारित गरेको छ, जसमा शिक्षा ऐन संशोधनसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयले विद्यालय शिक्षालाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा अध्ययनको तयारी थालेको छ । सरकारले अब विद्यालय शिक्षामा कक्षा एकदेखि आठ र कक्षा नौदेखि बाह्र गरी दुई तह निर्धारण गरेको छ । तर यो कसरी लागू हुन्छ भन्ने कुरा अहिले प्रतीक्षाको विषय बनेको छ । यस सागसागै नेपालको सम्पूर्ण शिक्षा प्रणालीलाई नै कुन रूपमा अगाडि बढाउने भन्ने कुरामा चर्चा गर्नु सान्दर्भिक हुन्छ । नेपालको शिक्षा व्यवहारमुखी र रोजगारमुखी नभएको प्रसंग बेलबेलामा उठ्ने गरेको छ । विद्यालय तथा विश्वविद्यालय तहमा पनि हासिल गर्ने शिक्षा वास्तविक जीवनसाग मेल नखाने र रोजगारीको अवसर दिन सक्षम नरहेको आरोप विज्ञ व्यक्तिहरूले नै बारम्बार उठाउने गरेका छन् । जसको कारण हाम्रो शिक्षाबाट देश र जनतालाई के फाइदा भइरहेको छ भन्ने कुराको समीक्षा गर्न जरुरी छ र यो अहिले नै सुरु गर्नसके समयसान्दर्भिक हुने मान्न सकिन्छ । नेपालका विश्वविद्यालयहरू बेरोजगार उत्पादन गर्ने कारखानाहरूमा परिणत भएको भएको सत्तामा पुगेका नेतृत्वहरूबाट नै अभिव्यक्त हुादै आए पनि यस्तो अवस्थामा सुधार ल्याउन भने नेतृत्व वर्गले ध्यान पुर्‍याउन खोजेको पाइादैन । यसले नेतृत्ववर्ग नेपालीको समस्या उठाएर त्यसबाट संवदेनात्मक सहानुभूति, समर्थन र आफ्नो सस्तो लोकप्रियतालाई मात्र बढाउन खोजेको महसुस गर्न सकिन्छ । त्यसकारण शिक्षा क्षेत्रलाई व्यवहारमुखी बनाउन नसक्नु शासकहरूको नै लापरबाही र गैरजिम्मेवारी प्रमुख कारण मान्न सकिन्छ ।

 
नेपाली बजारमा हरेक वर्ष रोजगारीका लागि ४ लाख युवाशक्ति थपिने आाकडा छ । तर त्यसलाई रोजगारी कसरी दिने भन्ने कुरामा शासकवर्ग अनभिज्ञ छ । फलस्वरूप अहिले नेपालबाट दैनिक १५ सयको हाराहारीमा युवाहरू रोजगारीको लागि विदेश जाने गरेका छन् । हालै सरकारले वर्षेनी ४० हजारभन्दा बढी युवालाई वर्षेनी रोजगारीको व्यवस्था गर्ने घोषण गरिए पनि त्यो अत्यन्त न्यून तथा त्यस्तो व्यवस्था कसरी हुन्छ भन्ने प्रश्नको ठोस उत्तर छैन । अहिले बेरोजगारी समस्या दिन प्रतिदिन बढिरहेको छ । त्यसकारण हाल शैक्षिक व्यवस्थाहरूमा परिवर्तन गरिएको सन्दर्भमा हामीले दिने शिक्षमा पनि परिवर्तन गर्न आवश्यक छ र यसबारे सरोकारवाला पक्षले विस्तृत छलफल, अध्ययन र निर्णय हुन जरुरी छ । माध्यमिक तहमा हेरफेर भइरहेको अवस्थामा अब तल्लो तहबाटै कसरी व्यवहारमुखी, उत्पादनमुखी, स्वरोजगारीमुखी शिक्षाको लागू गर्न सकिन्छ भन्ने कुराको अध्ययन र कार्यान्वयन हुन जरुरी छ । नेपालमा केही वर्षदेखि प्राविधिक शिक्षाको अध्ययन/अध्यापन सुरु भएको छ । यसले केही युवाहरूलाई सीपमूलक शिक्षा आर्जन गरी रोजगारीमा लाग्न टेवा पुगेको छ । उनीहरू अध्ययनपश्चात् आफौ रोजगारी सिर्जना गर्नसक्ने अवस्थामा पुगेका छन् । यो निकै सकारात्मक पाटो हो । तर यस्तो प्राविधिक र प्रयोगात्मक शिक्षाबाट नेपालका थुप्रै युवाहरू अझै वञ्चित छ । यस्तो हुनुमा विद्यालयमा नै यो शिक्षाको शिक्षण पद्धति सबैतिर प्रारम्भ नहुनु ।

 
त्यस्तै प्राविधिक शिक्षा गरिब नेपाली जनताको पहुाचमा नहुनु पनि अर्को समस्या हो । त्यसकारण प्राविधिक शिक्षालाई सरकारले हरेक विद्यालयमा लागू गर्ने र नि:शुल्क अध्ययनको व्यवस्था गरिदिने हो भने आर्थिक समृद्धिको नारा केही वर्षमा नै साकार हुनेमा विश्वस्त हुन सकिन्छ । अहिले द्रुततर विकास गरिरहेका चीन, दक्षिण कोरिया, भारतलगायतका देशहरूमा पनि प्राविधिक शिक्षालाई जोड दिइएको छ । नेपाल सरकारले पनि प्राविधिक शिक्षा लागू विशेष योजना ल्याउन जरुरी छ । त्यसका लागि बलियो संयन्त्रको गठन अनिवार्य छ । विद्यार्थीलाई धेरै अंक ल्याएर उत्तीर्ण गराउने भन्दा पनि व्यक्तिलाई व्यावहारिक शिक्षा दिने शैक्षिक संस्थाको आवश्यकता छ । प्राविधिक विषय पढ्न खोज्ने विद्यार्थीको संख्या बढे पनि राज्यको लगानी कमजोर भएका कारण विद्यार्थीले चाहेर पनि पढ्न सकेका छैनन् । प्राविधिक शिक्षामा राज्यले पर्याप्त लगानी गर्न जरुरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here