५२औं शक्तिशाली राष्ट्रपतिलाई हार्दिक बधाई

237

राज्यलक्ष्मी शाक्य

 
अमेरिकी समाचार संस्था फोब्र्सले कति सत्यको आधारमा नतिजा सार्वजनिक गर्छ मैले भन्नसक्ने कुनै आधार मसाग छैन । तथापि गरिब देश नेपालको उद्योगपति विनोद चौधरीलाई विश्वका अर्बपतिको सूचीमा फोब्र्स पत्रिकाले दुई पटक सार्वजनिक गरिसकेको छ । यसपटक विश्वको शक्तिशाली महिलाहरूको सूचीमा ५२औं नम्बरमा नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई सूचीकृत गरेर फोब्र्स पत्रिकाले सार्वजनिक गरेको पढ्न पाएपछि मलाई केही लेख्न मन लाग्यो ।
फोब्र्स पत्रिकाको मापनको आधार के हो ? उसले केही भनेको छैन । तथापि राष्ट्रपति भण्डारीलाई फोब्र्सले के आधारमा शक्तिशाली देख्यो ? यो प्रश्नले मलाई गम्भीर बनाएको छ । हुन त एक जना महिला नेतृले यो सम्मान पाउादा मैले आफू पनि सम्मानित भएको जस्तो महसुस पनि हुनुपर्ने हो । मलाई भने यस्तो भइरहेको छैन । विद्यादेवी भण्डारी नेपालको सेरेमोनियल राष्ट्रपति हुनुहुन्छ भन्ने कुरा सबैलाई अवगत भएकै विषय हो । सेरमोनियल राष्ट्रपतिलाई के आधारमा शक्तिशाली भन्न सक्यो फोब्र्स पत्रिकाले ?

 
नेपालको संविधानले सेरेमोनियल भनेर व्यवस्थित गरिएको छ राष्ट्रपतिलाई । सरकारले गरेका सिफारिसहरूलाई स्वीकृत गर्नेबाहेक राष्ट्रपति विद्यादेवी भण्डारीले गर्न पाउने केही अधिकार नै छैन । अधिकारै नभएकी राष्ट्रपतिलाई शक्तिशाली भन्ने आधार के हुन्छ ? यदि राष्ट्रपति विद्यादेवी भण्डारी शक्तिशाली भइदिएकी भए नेपालमा महिलाहरूको अवस्थाप्रति केही न केही कामको सुरुवात भइसकेको हुन्थ्यो । यद्यपि नेपालमा राष्ट्रपतिको पद सेरेमोनियल रहे पनि कार्यकारी प्रधानमन्त्री केपी शर्मा ओलीसाग निकट सम्बन्ध भएको र लामो राजनीतिक अनुभव भएका कारण भण्डारीले राष्ट्रिय राजनीति तथा निर्णय निर्माणमा ठूलो प्रभाव पार्नसक्ने कुरा फोब्र्सले उल्लेख गरेको छ । त्यस्तै महिला अधिकारकर्मी समेत रहेकी भण्डारीले संसद्मा एक तिहाइ महिलाको प्रतिनिधित्व सुनिश्चित गराएको भन्ने पनि उल्लेख गरिएको छ । जसका कारण पहिलोपटक नेपालबाट एक महिला शक्तिशाली महिलाहरूको सूचीमा पर्न सफल भइन् ।

 
नेपालबाट कोही व्यक्ति विश्वस्तरमा पुग्छ भने त्यो गर्वको कुरा हो । त्यसमा समग्र राष्ट्रले नै सम्मानित भएको महसुस गर्नुपर्छ । तर के सााच्चै राष्ट्रपति भण्डारी शक्तिशाली भएर नेपाली समाजमा महिलाहरूको अवस्थामा कुनै सुधार आउन सकेको छ त ? अनि राष्ट्रपति भएपछि महिलाको पक्षमा राष्ट्रपतिबाट के–के गतिविधि भए त ? यी प्रश्नहरू प्रमुख हुन् । राष्ट्रपति जस्तो गरिमामय पदमा पुगेकी भण्डारीबाट आम सर्वसाधारण महिलाहरूले धेरै ठूलो अपेक्षा राखेका छन् । अझै पनि नेपालमा महिलाहरू सुरक्षित छैनन् । बलात्कार, यौनहिंसा, घरेलु हिंसा, सार्वजनिक स्थलमा दुव्र्यवहार जस्ता प्रवृत्तिहरूको शिकार महिला हुनुपरेको छ । अझै जनसमुदायमा नारी र पुरुष बराबर भन्ने भावना विकसित हुन सकेको छैन भने छाउपडी, कमलरी, जस्ता विभिन्न प्रथाका कारण महिलामाथि शोषण र अपहेलनामा समाजमा अझै कुनै सुधार देखिएको छैन । देशभित्र र देशबाहिरै पनि बेचिने, यौन व्यवसायमा लाग्न बाध्य हुने महिलाहरूको संख्या भयावह छ । वर्षेनी भारतलगायत अन्य देशमा यौन व्यवसायमा होमिने नेपाली महिलाहरूको संख्या बढिरहेको छ । यस्तो परिस्थिति निम्तिन नदिन राष्ट्रपतिबाट के हुादै छ त ? आम महिलाको चासोको विषय हो । यसमा पनि राष्ट्रपति भण्डारी गम्भीर हुन जरुरी छ । सहरी क्षेत्रमा केही महिलाहरूको अवस्थामा सुधार आएको देखिए पनि ग्रामीण क्षेत्रमा बसोबास गर्ने विपन्न महिलाहरूको अवस्था ज्युाका त्युा छ । त्यस्ता विपन्न महिलाहरूको अवस्था सुधारका लागि विनियोजन गरिएको बजेट रकम पनि टाठाबाठाले अन्य काममा लगाउने वा खाइदिने गरेका छन् । त्यसकारण वर्तमान राष्ट्रपति एउटा महिला भएको कारण त्यस्ता पक्षमा सुधारका लागि आवाज उठाउने, दबाब दिने अपेक्षा आम महिलाले गरेका छन् । त्यस्तै ग्रामीण महिलालाई सीप सिकाउने, उनीहरूलाई ऋण लिादा सरल कर्जाको व्यवस्था गर्ने, कृषि क्षेत्रमा महिलाहरूका लागि उन्नत बीउबिजन, सहुलियत मलको व्यवस्था गरिदिने र शैक्षिक रूपमा सबल बनाउने प्रयासमा राष्ट्रपतिले सक्रियता देखाउनुपर्ने आवश्यकता बोध गरिएको छ । यदि सााच्चै राष्ट्रपतिबाट विपन्न महिलाहरूको अवस्था सुधार गर्न, नेपालमा महिला हिंसा कम गर्न, बालिका, महिला तथा प्रौढ महिलालाई शैक्षिक रूपमा सक्षम बनाउन ठोस पहल हुने हो भने मात्र राष्ट्रपति विश्वको शक्तिशाली महिलाको सूचीमा पर्नुको सार्थकता झल्किनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here