भगवान्लाई नै मृत्युदण्ड दिने ठाउा !

136

भारतको छत्तिसगढको बस्तर जिल्लामा भगवान्लाई पनि मृत्युदण्ड दिने गरिएको छ । यो कार्य सरकारी तवरमा नभएर स्थानीय रूपमा हुने गरेको हो । त्यस गाउाको केशकाल नगरमा भंगाराम देवीको मन्दिरमा स्थानीय गाउालेहरूले हरेक वर्ष आआफ्ना देवीदेवता लिएर जाने गर्दछन् । जहाा एउटा देव अदालत खडा गरिन्छ र गाउालेहरूले देवीदेवताहरूलाई प्रतिवादी बनाएर उजुरी हाल्छन् । सबै दोषी देवीदेवताहरूलाई देव अदालतमा पेश गरिन्छ र उनीहरूलाई विभिन्न सजाय सुनाइन्छ । जसमा ६ महिनासम्म निष्काशन गर्नेदेखि लिएर अनिश्चितकालसम्मका लागि निष्कासन गर्नेसम्मको हुन्छ । यति मात्र होइन, देवीदेवतालाई मृत्युदण्डको सजाय समेत दिइन्छ । मृत्यु दण्डको सजाया दिादा भगवानको मूर्तिलाई फोडिन्छ । निष्काशनको सजाय पाउने देवीदेवतालाई मन्दिरको नजिकै बनेको एक खुल्ला जेलमा छाडिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here