अबको राजनीतिक विकल्प विप्लव माओवादी कि बाबुरामको नयाा शक्ति ?

246

चन्द्रप्रकाश वानियाा

 
एमाओवादीमा रहुञ्ज्याल कमजोर संगठन क्षमताका नेताको परिचय बनाएका डा. बाबुराम भट्टराईले नयाा पार्टी ‘बनाउनै सक्तैनन्’ भन्ने धेरैको अनुमानलाई छ महिनामै संगठित सदस्य संख्या लाख नघाएर गलत साबित गरिदिएका छन् । जुन गतिमा पार्टी निर्माण भएको छ, समाजको जुन वर्गलाई पार्टी निर्माणको मुख्य आधार बनाइएको छ र आर्थिक उन्नतिको जुन सुनौला मार्गचित्र प्रस्तुत गरिएको छ, त्यसबाट निकै कलिलो उमेरमै पुराना स्थापित पार्टीहरूसाग दरो प्रतिस्पर्धामा उत्रिने सम्भावनाको संकेत नयाा शक्तिले गरेको छ । राजनीतिक अस्थिरता, असुरक्षा र लगानीको प्रतिफल ऋणात्मक रहने औद्योगिक वातावरणका कारणले नयाा लगानी नथपिने र निवेश भइसकेको लगानीसमेत बाहिरिने अवस्था मुलुकमा विद्यमान छ । औद्योगिक क्षेत्र निरुत्साहित छ । प्रतिवर्ष थप छ लाख जनशक्ति बजारमा जान तयार हुन्छ र वैदेशिक रोजगारीमा रहेका समेतको गणना गर्ने हो भने झण्डै करोडको हाराहारीको जनशक्ति बेरोजगार छ । कृषिक्षेत्रमा अर्धबेरोजगारीको समस्या यथावत् छादै छ । मुलुकमा रहेको यही विषम परिस्थितिलाई दृष्टिगत गरेर उद्योगी र कामदार दुवै समूहलाई आकर्षित गर्ने लक्ष्य राखी निर्माण गरिएको पार्टीको भविष्य सुरक्षित छैन भन्नु आग्रह ठहर्छ । साइत र मुहुर्त हेरेर ज्योतिषीहरूले के भन्लान् कुन्नि ? मुलुकको वर्तमान परिस्थितिले भने भट्टराईको पार्टीको नियति ‘केटाकेटी आए, गुलेली खेलाए’ भनेजस्तो हुादैन भन्दछ ।

 
पार्टी बलियो हुनु र नहुनुले देश, समाज र जनताका लागि खास अर्थ राख्दैन । किनकि बलियो हुनसक्यो भने राजनीतिक दल पुग्ने भनेको सत्तामा हो । ज्ञानेन्द्र शाहको ‘कु’ को छोटो अवधिबाहेक बहुदलीय व्यवस्थाको पुनस्र्थापनापछि पार्टीहरू नै सत्तामा रहादै आएका छन् । आवधिक मतादेशबाट बनेको शासन जनताको लागि हुनसकेको छैन । पालैपालो वा सगोलमा सत्तामा जाने नौरङ्गी राजनीतिक दलहरूले मुलुकलाई आर्थिक उन्नतिको मार्गमा डोर्‍याउन सकेका छैनन् । मुलुकमा सुशासन कायम गर्न असफलसिद्ध भइसकेका छन् । बाबुरामको पार्टी पनि असफलहरूको त्यही भीडमा सामेल हुने हो भने त्यसले जनताका अपेक्षा अकांक्षामा तुषारापात गर्नुबाहेक अरु उपलब्धि केही दिनेछैन । ‘कुकुर ब्याउनु र तुहुनुमा कुनै अन्तर हुादैन’ भन्ने लोककथन चरितार्थ हुनेछ ।

 
नयाा पार्टीको भविष्यको बारेमा अनुमान गर्नुभन्दा पहिले नेपाली समाजको वास्तविक मानसिकताको विश्लेषण गर्नु उपयुक्त हुन्छ । नेपाल गरिब छ र गरिबीबाट मुक्त हुनका लागि छट्पटाइरहेको छ । नेपाल र नेपालीको चाहना र आवश्यकता गरिबीबाट उन्मुक्ति हो । कर्णप्रिय नारा कम्युनिष्टहरूले दिादै आएका हुनाले नेपालको बहुसंख्यक मतदाता वामसमर्थक रहेको देखिन्छ । वामपन्थीहरू आपसमा विभाजित रहने हुनाले वाममत पनि खण्डित हुादै आएको छ । त्यसकै परिणामस्वरूप नेपाली कााग्रेसले सबभन्दा ठूलो दलको हैसियत पाउने परिस्थिति पटक–पटक निर्माण भएको कुरा कटुसत्य हो । प्रजातन्त्र स्थापनापछिको चार दशकको अवधिमा नेपाली कााग्ेरसले सबैभन्दा बढी समय सत्ता सञ्चालन गर्ने अवसर पाएको छ । दुर्भाग्यको कुरा रहेको छ भने उसले अख्तियार गरेको अर्थनीतिले मुलुकलाई झन्भन्दा झन् गरिब बनाउादै लगेको छ । परनिर्भर र मगन्ते राष्ट्रमा दरिनुपर्ने नेपालको नियति कााग्रेसको गलत अर्थनीतिकै परिणाम हो । मुलुकलाई औद्योगीकरणतिर डोर्‍याउनुपर्नेमा उदार अर्थतन्त्र अवलम्बनको निहुामा मुलुकमा स्थापित कलकारखानाहरू सुधार, विकास र स्थायित्वको प्रत्याभूतिको पूर्वानुमान नगरी कौडीको मूल्यमा बेच्ने मूर्खता गर्नाले देशमा प्राप्त हुादै आएको रोजगारीको अवसर गुमेको छ र देशलाई छिमेकी मुलुकको बजारमा रूपान्तरण गरेको छ । वैदेशिक रोजगारीलाई प्रोत्साहित गर्ने नीतिले मुलुकको उन्नति प्रगतिको ढोका समेत पूर्णरूपमा बन्द गरेको छ । मुलुकको अर्थतन्त्र रेमिट्यान्स र आयात भन्सारमा निर्भर रहनुपर्ने बनाइएको छ । जहाासम्म वैकल्पिक शक्तिका रूपमा २०४६ पछि उदाएका वाम पार्टीहरू, खासगरेर, एमाले र माओवादी केन्द्रको कुरा हो, उनीहरूका पार्टी दस्तावेजहरूमा जेसुकै लेखिएको भए पनि व्यवहारमा नेपाली कााग्रेसकै पदचिह्न पछ्याउादै हिाडेको देखिन्छ । कााग्रेस, एमाले र माओवादी तीनै भाइको आर्थिक नीतिमा रत्तिभर अन्तर छैन ।

 
२००७ सालयताका हरेक जनआन्दोलनमा जनता विजयी भएका छन् । हरेक पटक थप राजनीतिक उपलब्धिहरू हासिल भएका पनि छन् । तर जनताका अपेक्षा र समस्याहरू राजनीतिक उपलब्धिबाट मात्र पूरा हुादा रहेनछन् । सातदशक लामो अवधिमा जतिपटक राजनीतिक उपलब्धिहरू प्राप्त गरियो भनेर झ्याली पिटिए पनि जनताको जीवनस्तर भने निरन्तर ओरालो लागिरहेको कुरा तीतो यथार्थ हो । एउटा वास्तविकता के रहेको छ भने हरेक पटकको आन्दोलन सम्झौतामा टुङ्गिने गरेको छ । आन्दोलनबाट व्यवस्था परिवर्तन भए पनि राज्यका अन्य संरचनाहरूमा फेरबदल हुने गरेको छैन । राजनीतिक परिवर्तनपछि पनि मुलुकको विकासको गतिमा तात्विक अन्तर आउन सकेको छैन । त्यसैले हरेक पटकको राजनीतिक उपलब्धिको प्रतिफल गहुा पिध्ने घट्टमा उखु पेल्ने प्रयत्न गरेजस्तो व्यर्थ खेर जाने परिस्थिति उत्पन्न हुने गरेको छ । जनताले हतियारको बलमा प्राप्त गरेको गणतन्त्रको प्रतिफल पनि पूर्ववर्ती आन्दोलनहरूको भन्दा अब्बल हुन सकेन । त्यही असफलताले विप्लवहरूलाई पुन: सशस्त्र संघर्षतिरै फर्कने प्रेरणा मिलेको हो ।

 
राजनीतिक सुधार वा परिमार्जनमा चित्त बुझाउनु गलत हुादो रहेछ र सम्पूर्ण क्रान्तिले मात्र देश र जनताको अपेक्षा पूरा गर्नसक्दो रहेछ भन्ने मान्यता राख्नेहरूका लागि एक मात्र आस्था र विश्वासको केन्द्र विप्लव माओवादी बन्ने परिस्थिति मुलुकमा निर्माण हुादै गएको छ । तर सञ्चारको क्षेत्रमा भएको अभूतपूर्व विकासका कारणले संसार खुला र संकुचित बनेको छ । एकातिर छापामार युद्धको पुरानो शैलीबाट राज्यसत्तामा कब्जा गर्न सम्भव नहुने परिस्थिति देखिन्छ । अर्कोतिर कोरिया, सिंगापुर, मलेसिया, अमेरिका र युरोपियन देशहरूमा पनि प्रशस्त मात्रामा नेपालीहरू पुगिसकेका छन् र ती मुलुकहरूको आर्थिक प्रगति र राजनीतिक व्यवस्थासाग परिचित हुने अवसर पाएका छन् । ती मुलुकहरू वर्तमान अवस्थासम्म कसरी आइपुगे भन्ने इतिहासको जानकारी नराख्ने तर वर्तमान अवस्थालाई नै सम्पूर्ण सत्य मान्ने नेपालको पढेलेखेको युवाजमातले विप्लव माओवादीले अख्तियार गर्ने बाटो रुचाउादैन । राजनीतिको संस्थापन पक्ष अर्थात् कााग्रेस–एमाले–माओवादीबाट पनि नेपाली समाज निराश भएर बिच्कन थालेको छ । अर्थात् यी पुराना राजनीतिक शक्तिहरूले मुलुकलाई समृद्धिको बाटोमा डोर्‍याउन सक्छन् भन्ने विश्वास गुमिसकेको छ । हो त्यही अविश्वास र निराशामा खेल्ने ठाउा देखेरै नयाा शक्तिको जन्म भएको हो । नयाा भनिए पनि त्यो पार्टीले अवलम्बन गर्ने सैद्धान्तिक राजनीतिक दर्शन एमाले–कााग्रेस–माओवादी केन्द्रकै जस्तो हो । फरक कति मात्रै हो भने एमाले र माओवादी केन्द्रले सार्वजनिक रूपमा प्रचार नगरीकनै कााग्रेसको पदचाप पछ्याइरहेका छन् भने बाबुरामको पार्टी घोषित रूपमै कााग्रेसको सुधारिएको रूपको जिकिर गर्दछ । अर्थात् एमाले र माओवादीले आफूलाई कााग्रेसभन्दा भिन्न भएको नक्कली दाबी गर्छन् तर बाबुरामले गर्दैनन् ।

 
कााग्रेस, एमाले र माओवादी केन्द्रले सगोलमै राजनीतिलाई उद्योग, व्यापार, नोकरी अर्थात् पेशाको रूपमा परिभाषित गरेका छन् । राजनीतिक पदलाई पूर्व लगानीको प्रतिफल मान्ने र त्यसबाट लगानीको ब्याजसावाा एकमुष्ठ असुल गर्ने पम्परा नै बसालेका छन् । बाबुरामहरूले भर्खर पार्टी गठन गरेका छन् र राजनीतिलाई व्यवसाय बनाउादैनौं भनेका छन् । अन्तर त्यत्ति मात्र हो । व्यक्ति मोटाउने र समाज दुब्लाउादै जाने परम्परागत राजनीतिको नियतिबाट जनता उक्ताइसकेका छन् । पुराना पार्टीहरूले मुलुकलाई प्रगतिपथमा हिाडाउन सक्तैनन् भन्ने स्पष्ट भइसकेका हुनाले देशको उन्नति, प्रगति र समृद्धिको चाहना राख्ने हो भने राजनीतिको अर्को बाटो अवलम्बन गर्नुपर्ने अवाश्यकताबोध भइसकेको छ । तर नेपालीहरूसाग छनोटको ठूलो अवसर भने छैन । कि त बलपूर्वक आमूल परिवर्तन गर्न सकिने कुरामा विश्वस्त विप्लव माओवादीलाई सघाउनु पर्‍यो । होइन, त्यो बाटो त हिाड्न सकिादैन अथवा त्यो बाटोबाट गन्तव्यमा पुगिादैन भन्ने हो भने धनी गरिबबीचको खाडल जति नै गहिरिादै गए पनि र समाजमा आर्थिक असमानता चुलिादै जाने निश्चित भए पनि मुलुकलाई औद्योगीकरणको दिशामा द्रुत गतिमा अघि बढाउने र हातमुख जोर्नका लागि विदेशमा मजदुरी गर्न जानु नपर्ने परिस्थिति निर्माण गर्ने वाचा गरेको बाबुरामको नयाा शक्तिको पछि लाग्नुको विकल्प छैन । त्यसो नगर्ने हो र पुराना शक्तिहरूको पुच्छर नछोड्ने हो भने तिनले कहिल्यै वैतरणी पार लगाउन सक्ने छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here