आनन्दस्वरूप वर्माको मनोगतवादी विश्लेषण

253

हुकुमबहादुर सिंह

 
समकालीन तीसरी दुनियााका सम्पादक आनन्दस्वरूप वर्मा, जो भर्खरै घोषणा गरिएको नयााशक्ति पार्टीको उद्घाटन कार्यक्रममा भाग लिन काठमाडौं आएका थिए, उनले ज्यादै मनोगतवादी भएर नेपालको वर्तमान कम्युनिष्ट आन्दोलनमा केवल प्रमुख दुईवटा लाइन् छन् भनेका छन् । त्यसमध्ये उनको दृष्टिकोणमा प्रथम प्रचण्डको नेतृत्वको एमाओवादीबाट मात्रै नभई समग्र माक्र्सवादी लेनिनवादी माओवादी लाइनबाट सम्बन्धविच्छेद गरेको घोषणा गरेका बाबुरामको भर्खरै जन्मेको नयााशक्ति पार्टी र दोस्रो किरणको नेतृत्वको माओवादी पार्टीबाट एक वर्ष अगाडि विभाजित भएर एकीकृत क्रान्तिको सिद्धान्त भन्दै गठित विप्लवको नेकपा माओवादी छन् ।

 
केही दिन अगाडि वर्माले नेपालमा जनयुद्धका संकेतहरू भनेर विप्लवले केही हप्तादेखि गर्दै आएका क्रियाकलापहरूतर्फ संकेत गरेका थिए । विप्लवले यद्यपि आफ्नो पार्टीको नाम नेकपा माओवादी राखेका छन् र उनले विगतमा प्रचण्डको नेतृत्वमा जे जस्ता क्रियाकलापहरू नेपालमा दशवर्षे जनयुद्धमा अपनाएका थिए, तिनैलाई पुनरावृत्तिमा जोड दिएका छन् । उनको स्कुलिङ प्रचण्ड स्कुलिङ नै हो र उनलाई बाबुरामलाई जस्तै कम्युनिष्ट होइनन् भन्ने आधार छैन । उनको पार्टीको नाम नेकपा माओवादी हो र यद्यपि उनको एकीकृत क्रान्तिको सिद्धान्तभित्र ती सबै कुरा छैनन्, जुन माओवाद र नयाा जनवादी क्रान्तिका लागि आवश्यक पर्दछ र समेट्दछ ।

 
नेपालको वामपन्थी आन्दोलन खासगरी माओवादी आन्दोलनका जानेमानेका भारतीय मित्र आनन्दस्वरूप वर्माले अहिले नयााशक्ति पार्टीलाई पनि नेपाली कम्युनिष्ट आन्दोलनको एउटा प्रमुख लाइन भनेर के भन्न खोजेका हुन् ? बुझ्न कठिन भएको छ । जब कि बाबुराम स्वयम्ले आफूलाई माक्र्सवादी लेनिनवादी माओवादीबाट धेरै टाढा पुर्‍याएको भनिरहादा उनी भने बाबुरामको नयााशक्ति पार्टीलाई यसरी नेपालको वाम आन्दोलनको एउटा प्रमुख लाइन भनेका छन् । त्यसैगरी एकीकृत जनक्रान्तिको सिद्धान्त, जो माक्र्सवादी लेनिनवादी माओवादी कार्यदिशा नभई प्रचण्डपथ जस्तै विप्लवपथतर्फ विकास गर्ने महत्वाकांक्षाले ग्रस्त फोकावादी कार्यदिशा हो र त्यसको प्राप्ति नेपालमा नयाा जनवादी क्रान्ति नभई मध्यम वर्गीय पुाजीवादी क्रान्तितर्फको मार्ग हो भन्ने पनि स्पष्ट देखिन्छ । रूपमा खासगरी क्रियाकलापमा अहिले उनले विगतमा प्रचण्डको नेतृत्वमा जे जस्ता क्रियाकलापहरू गर्ने गर्दथे, जो सर्वहारा क्रान्तिका लागि सफल बन्न सकेन, विप्लव त्यसैलाई पुनरावृत्ति गराउन तल्लीन देखिएका छन् । उनका हरेक कार्य मूलत: दुइटा कुरामा केन्द्रित देखिएका छन् प्रथम केही जनमुखी र जनदबाबमूलक कार्यहरूद्वारा आफूलाई बलियो देखाएर सरकारसित वार्ताको टेवुलमा बसी सत्तामा साझेदारीका लागि दबाब बढाउने हो भने अर्को अर्थ संकलन नै हो । अर्थ संकलनमा उनको नेतृत्व सफल देखिएको छ । सत्तामा साझेदारीका लागि दबाब बढाउनका लागि उनले जुनसुकै मार्गको अवलम्बन गर्न तयार देखिन्छन् । यसरी सही माक्र्सवादी लेनिनवादी माओवादी दृष्टिकोणबाट धेरै टाढा पुग्दै गरेका बाबुराम र नेपालमा सर्वहारा वर्गीय क्रान्तिबाट टाढा पुगेका विप्लव, यी दुवैलाई नेपाली वाम आन्दोलनको दुई प्रमुख लाइन भनेर आखिरमा उनले किन विश्लेषण गरेका छन् ? त्यसका पछाडि भारतीयहरूको (चाहे ती कम्युनिष्ट होऊन् वा अन्य) एउटै उद्देश्य छ, त्यो हो नेपालको सही क्रान्तिकारी कम्युनिष्टहरूलाई माइनस गर्दै जाने र तिनीहरूलाई अनेकौाप्रकारका गैरक्रान्तिकारी पगरी गुथाइदिने, जसले दीर्घकालमा नेपालको कम्युनिष्ट आन्दोलनलाई भारतीय चौघेराभित्र नजरबन्द बनाएर राख्न सकियोस् । बाबुरामको विगत के हो ? वर्माजीलाई स्पष्ट थाहा छ र अहिलेको उनको नीति के हो त्यो बारे पनि उनी अनभिज्ञ छैनन् । प्रचण्ड र किरणलाई बिर्सेर उनले जे जसरी बाबुराम र विप्लवको राजनीतिक लाइन, जसको खासै स्पष्ट कार्यदिशा र लाइन नै छैन, त्यसैलाई उनले नेपालमा साम्यवाद (कम्युनिज्म)का दुईवटा मेन लाइन भनेर भन्नुले उनको सैद्धान्तिक दिवालीयसिवाय अन्य के हुन सक्ला ? अथवा कम्युनिष्टको नाममा उनी नेपालका सही कम्युनिष्टहरूलाई एउटा माक्र्सवादी लेनिनवादी दृष्टिकोणबाट नहेरी दिल्लीको चस्माबाट हेर्न थालेको स्पष्ट हुन्छ । उनले यो भनाइ जानीबुझी सचेततापूर्वक भनेका हुन् वा उनको माक्र्सवादी दृष्टिकोणमा आएको उनको विचलन हो ? यसलाई स्पष्ट हुन अझै केही समयको पखाईको आवश्यकता छ । अस्तु:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here