काठमाडौंको नक्सालमा जन्मिएका मनिष श्रेष्ठले कहिल्यै पनि आफू समाजसेवी बन्छु भन्ने सोचेका समेत थिएनन् । व्यवस्थापनमा स्नातकोत्तर तहसम्मको अध्ययन गरेका उनको रुचि व्यापार व्यवसायमा नै बढी थियो । आफ्नो अध्ययनपश्चात् उनले होटललाइनमा पनि काम गरे । पछि उनी मिडिया क्षेत्रमा पनि लागे । तर मिडियामा उनले मिडियाकर्मीको रुपमा नभई मार्केटिङ र व्यवस्थापनसम्बन्धी कामको जिम्मेवारी सम्हाल्ने गर्थे । नेपाल टेलिभिजन, योङ एशिया टेलिभिजन, समय म्यागेजिन तथा हिमाल खबर पत्रिकामा समेत मार्केटिङको जिम्मेवारी सम्हालेका मनिषले मेलम्ची खानेपानी आयोजनाको जनसम्पर्क शाखामा समेत काम गर्थे । एक दिन उनको भेट फ्रान्सेली नागरिक जेराड नेरन हाउसनसाग भयो । हाउसनले नेपालमा विकट क्षेत्रमा आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकाको अवस्था दयनीय रहेको भन्दै उनीहरुको शिक्षामा योगदान पुर्याउने इच्छा व्यक्त गरे । त्यसका लागि हाउसनले मनिषसाग आवश्यक कानुनी प्रक्रियाको बारेमा जानकारी मागे । हाउसनको आग्रहअनुसार मनिषले नेपालको कानुनी प्रक्रियाको बारेमा बुझेर सबै जानकारी गराए । एक जना विदेशी नागरिकको नेपालमा सेवा गर्ने चाहना र त्यसका लागि आवश्यक प्रक्रियाका बारेमा जानकारी दिएका मनिषलाई फ्रान्सेली नागरिक हाउसनले आफूले सुरु गर्न लागेको सामाजिक कार्यमा सहभागी हुन आग्रह गरे । हाउसनको आग्रहलाई स्वीकार गर्दै मनिष बालबालिकाको शिक्षामा योगदान पुर्याउने अभियानमा सहभागी हुन तयार देखिए । त्यसपछि उनीहरुले सन् २००७मा बालबालिकाको शिक्षाका लागि (पिस एण्ड ब्यूटिफूल चिल्ड्रन वेलफेयर) सुन्दर शान्त बालकल्याणकारी नामक संस्था दर्ता गराए । उनीहरुको संस्थाले सुरुमा सिन्धुपाल्चोकका २०/२५ जना बालबालिकालाई काठमाडौं ल्याएर बालबालिकालाई खान, बस्न तथा शिक्षाको व्यवस्था गराइदिए । तर सुरुमा भने उनीहरुको यस्तो कार्यप्रति शंका व्यक्त गरे । पछि विस्तारै बालबालिकाका अविभावकहरुलाई विश्वास दिलाएपछि भने अभिभावकहरु बालबालिकाको शिक्षाको लागि उनीहरुको जिम्मा लगाउन तयार देखिए । विस्तारै संस्थाको काम बढ्दै गएपछि मनिषले आफूले अर्कै ठाउामा राम्रो सेवासुविधामा गरिरहेको जागिर छोडेर संस्थामा आबद्ध भए । तथापि संस्थामा उनले जागिरमा जस्तो सेवासुविधा भने पाउादैन थिए । काम गर्दा गर्दै संस्थाको कामप्रतिको रुचि बढेकाले उनी पूर्णरुपले संस्थामा आबद्ध हुने निर्णय गरेका हुन् । संस्था सञ्चालनका क्रममा बोर्ड सदस्यहरु नेपालकै हुनुपर्ने नियमअनुसार उक्त संस्थाका संस्थापक हाउसनले मनिषलाई उक्त संस्थाको अध्यक्षको रुपमा बस्न आग्रह गरे । उनको आग्रहअनुसार अहिले मनिष संस्थाको अध्यक्षको भूमिकामा रहेका छन् ।
उनीहरुको संस्थाले कमजोर आर्थिक अवस्था भएका बालबालिकाहरुलाई बालगृहमा नभई स्कुल तथा कलेजमा सिधै सम्पर्क बनाई स्कुलकै होस्टलमा बस्ने व्यवस्था मिलाउाछ । त्यस्ता बालबालिकाको विद्यालय शुल्क, खाने, बस्ने तथा उपचार खर्चलगायतका सबै व्यवस्था संस्थाले नै व्यहोर्छ । त्यसको आर्थिक व्यवस्थापन फ्रान्सेली नागरिक हाउसन तथा अन्य केही विदेशी दाताहरुले गर्छन् । उनीहरुले हाल आफ्नो संस्थामार्फत ५० जना बालबालिकालाई स्कुल तह र २९ जनालाई उच्च शिक्षाका लागि सघाइरहेका छन् । ती बालबालिकाहरुको होस्टलमा खाने, बस्ने, विद्यालयको खर्च, उपचार खर्च सबै सो संस्थाले व्यहोर्ने गरेको छ । उक्त संस्थाको माध्यमबाट एक जना विद्यार्थी डाक्टर पढ्न फ्रान्स गएका छन् भने एक जनाले नर्स पढ्दै गरेको मनिषले जानकारी दिए ।
पछिल्लो समय अनाथ तथा गरिब बालबालिकाको उद्धार गर्ने नाममा उनीहरुको दु:ख देखाएर आर्थिक लाभ गर्ने वा धर्मप्रचारमा लगाउने परिपाटी बढेको छ । तर मनिष दु:खी र गरिबहरुलाई देखाएर आर्थिक लाभ गर्ने वा उनीहरुलाई दुरुपयोग गर्नुलाई अपराध ठान्छन् । उनी भन्छन्, ‘हामीले आर्थिक अवस्था कमजोर भएका तर शिक्षाको अवसरबाट वञ्चित भएकाहरुलाई शैक्षिक छात्रवृत्ति कार्यक्रम मात्र सञ्चालन गरेका हाौ । यदि कसैले पैसा आर्जन गर्ने वा अन्य कुनै प्रयोजनका लागि बालबालिकाको प्रयोग गर्छ भने त्यो घोर अपराध हो । उनी बालबालिकाको दुरुपयोग गरेर आर्थिक लाभ गर्नेहरुले अरुसाग झुट बोले पनि आफौलाई ढााट्न नसक्ने भएकाले आनन्दसाग सुत्न नसक्ने दाबी गरे । उनले कसैको कुभलो गर्नेहरुको भलो नहुने भन्दै यस्तो प्रवृत्ति रोकिनुपर्ने जनाए ।
सुन्दर शान्त बाल कल्याणकारी संस्थाले बालबालिकाहरुलाई विद्यालयको होस्टलमै बस्ने खाने व्यवस्था मिलाउने भएकाले विद्यार्थीले थप शैक्षिक वातावरण प्राप्त गर्ने र कतैबाट दुरुपयोग हुने सम्भावनासमेत कम रहेको उनको तर्क छ । हाल उनीहरुले आफ्नो सहयोगमा पढिरहेका बालबालिकाका समस्याका बारेमा नियमित जानकारी लिने, उनीहरुको शैक्षिक गतिविधि तथा आवश्यक सामग्रीको व्यवस्थापन लगायतका कामहरु गर्दै आएका छन् । कमजोर आर्थिक अवस्था भएका बालबालिकाहरुलाई सहयोग गर्दै शिक्षित बनाउने अभियानमा लागेका मनिष कुराकानीका क्रममा केही भावुक पनि देखिन्थे । उनले विभिन्न अवस्थामा शिक्षाको अवसरबाट वञ्चित भइरहेका बालबालिकाहरुको बारेमा निकै चिन्ता व्यक्त गरिरहेका थिए । सुरुमा यस क्षेत्रमा लाग्छु भन्ने कहिल्यै कल्पना समेत नगरेका उनी संयोगले समाजसेवामा लागेका थिए । तर यस क्षेत्रमा काम गर्दा गर्दै उनी आफू केही भावुक पनि हुन थालेको जनाइरहेका थिए । अहिले उनले कुनै गरिब वा मजदुरका बालकालिकाहरु स्कुल जान नपाएको अवस्थामा देखे भने त्यसलाई कसरी शिक्षाको ज्योति दिने भन्ने पिरलोले उनलाई सताइराख्छ । उनको यस्तो प्रशंसनीय कार्यले निरन्तरता पाइराखोस् स्वाभिमान नेपालको पनि धेरै–धेरै शुभकामना ।
Thanks to SHWAVIMAN Media for your encouragement…I would like to say, this is the motivation (Y)