ऊर्जाको लुटमा अख्तियार किन मौन ?

113

काठमाडौं/ नेपाल विद्युत् प्राधिकरणले नियम उल्लंघन गर्दै करोडौा मूल्यको सामान खरिद गर्दा समेत अख्तियार दुरूपयोग अनुसन्धान आयोग मौन बसेको छ । प्राधिकरणको नियमअनुसार प्राधिकरणलाई आवश्यक पर्ने डेढ लाख रूपैयााभन्दा माथिको सामग्री खरिद गर्दा टेण्डर आह्वान गरी प्रतिस्पर्धाका आधारमा ल्याउनुपर्ने नियम भए पनि प्राधिकरणका अधिकारीहरूले प्रक्रिया नै पूरा नगरी विद्युत्गृहको मर्मतसम्बन्धी ठूलो परिमाणको सामग्रीहरू खरिद गर्ने गरेको पाइएको हो । प्राधिकरण त्रिशूली विद्युत्गृहको मर्मत गर्ने भन्दै झण्डै १० करोड रूपैयााबराबरको सामग्रीहरू खरिद गर्ने तयारीमा जुटेको छ । विना प्रतिस्पर्धा ठूलो धनराशी पर्ने सामानहरू खरिद गर्ने तयारीले अनियमितता हुनलागेको प्रष्ट भए पनि अनियमितता तथा भ्रष्टाचारसम्बन्धी अध्ययन गर्ने सरकारी निकाय अख्तियारको मौनतालाई भने आश्चर्यका साथ हेरिएको छ ।
प्राधिकरणले भने विद्युत्गृहको नियमित मर्मतसम्भारको काम नहुने भएकाले एकैपटक ठूलो परिमाणका सामग्रीहरू ल्याउनुपर्ने जनाएको छ । प्रक्रियामा गएर सामग्री खरिद गर्दा झन्झटिलो हुने प्राधिकरणको तर्क छ । तर ऊर्जा क्षेत्रका विज्ञहरूले भने मर्मतसम्भारका नाममा प्राधिकरणमा ठूलो घोटाला हुन लागेको भन्दै यसका लागि सरकार र अख्तियारले समेत समयमै कदम चाल्नुपर्ने तर्क गर्दै आएका छन् । प्राधिकरणमा विगतदेखि नै विद्युत्गृहको मर्मत गर्ने नाममा उच्च अधिकारीहरूले नियमको उल्लंघन गर्दै आफूखुशी सामान खरिद गर्ने नाममा अनियमितता गर्ने गरेको जनाइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here