गोत्र र वंशबीचको अन्तर्सम्बन्ध के हो ?

1563

–चन्द्रप्रकाश बानियाा

गोत्र, थर र वंशबीचको अन्तर्सम्बन्धबारे राखिएको जिज्ञासाको जवाफमा विद्वान् साहित्यकार तथा राजनेता राजेश्वर देवकोटाले भन्नुभएको थियो– ‘गोत्रहरुको नामाकरण  सुप्रशिद्ध ऋषिमुनिहरुको नामबाट भएको देखिन्छ । एउटै गोत्रमा एकभन्दा बढी थरहरु सामेल हुन्छन् । एउटा गोत्रभित्र जति थरहरु सामेल हुन्छन्, ती सबै गोत्रप्रवर्तक ऋषिका सन्तानहरु हुन् भन्ने मान्यता समाजमा रहेको छ अर्थात् गोत्र भनेको वंशको पर्यायवाची हो । त्यसैले गोत्र एउटै हुने थरहरु एकअर्कालाई गोत्रीय दाजुभाइ मान्ने र आपसमा बिहेवारी नचलाउने परम्परा अभ्यासमा छ । गोर्खा जिल्लाअन्तर्गत रहने बस्ने सबै भारद्वाज गोत्रीहरु एकै स्थानमा भेला भएर सगोलमा कुलपूजा गर्ने परम्परा बसालेका छौा । फरक थर भए पनि गोत्रीय बन्धुहरुले अलग–अलग पूजा गर्नुभन्दा सगोलमा गर्नु राम्रो हुन्छ भन्ने लागेर मेरै पहलमा त्यस्तो परम्परा बसालिएको हो ।’

 

तपाईंको “गोत्र” के होला ? यो प्रश्नको सामना बेलामौका सबैले गर्नुपर्ने हुन्छ । स्वाहा र स्वधा दुवै कार्यमा गोत्रको प्रयोग हुने परम्परा भएको हुनाले सानाठूला सबैखाले यज्ञ अनुष्ठानको सन्दर्भमा पुरेत पण्डितहरुले मावली, ससुराली समेतको गोत्र सोध्ने गर्छन् । तर धन्दा मान्नुपर्दैन, कथम् आफ्नो गोत्रको कुनै जानकारी छैन भने पनि पुरेत पण्डाहरुले “अमुक अमुक गोत्र” अथवा “यथा यथा गोत्रस्य” भनेर काम चलाउाछन् । आखिर देवपितृ भोको नबसे भइहाल्यो । अभीष्ट पुण्यप्राप्ति हो । पण्डितजीहरुले त्यसको ठेक्का लिइदिएपछि किन टाउको दुखाइरहनु पर्‍यो र ? सााच्चिकै गोत्रप्रवरहरुको जानकारी छैन र यताउता कतैबाट दीर्घकालपर्यन्त जानकारी प्राप्त हुने सम्भावना पनि छैन भने “काश्यप” गोत्र अङ्गिकार गर्ने सुविधा छ । यो सुविधा खसहरुले पनि उपभोग गर्दै आएका छन् । वैदिक समाजले नै मनलागेको बेलामा गोत्र परिवर्तन गर्ने सुविधाको व्यवस्था गरेको हो अर्थात् कसैलाई आफ्नै परम्परागत गोत्रले कुनै अत्तो अप्ठेरोमा पारेको छ वा पार्ने सम्भावना छ भने गोत्र परिवर्तन गर्ने सुविधा प्राप्त छ । गोत्र भनेको स्वेच्छामा परिवर्तन गर्न सकिने व्यवस्था हो । पृथ्वीनारायण शाहका नाति श्री ५ रणबहादुर शाहले कान्तिमती नामकी तिरहुतीय (वैदिक) ब्राह्मणीसाग विवाह गर्नैका लागि आफ्नो गोत्र परिवर्तन गरेका थिए । त्यसको जीवित साक्षी हाम्रो इतिहास रहेको छ । बिहेपछि छोरीको गोत्र फेरिन्छ र प्रत्येक पटकको पुनर्विवाहपछि पनि महिलाको गोत्र फेरिादै जान्छ ।

 

गोत्र एउटा त्यस्तो व्यवस्था हो, जसअन्तर्गत धेरै थरहरु समावेश हुनसक्छन् अर्थात् धेरै थरहरुको एउटा साझा गोत्र हुनसक्छ । भन्नका लागि त समाजमा गोत्रीय बन्धुलाई आफ्नै दाजुभाइजस्तो मान्नुपर्छ भनिन्छ । सगोत्रमा सोलीडोली पनि चल्दैन र दानदक्षिणा पनि लिनुदिनु हुादैन भनिन्छ । पं.शिखरनाथले गोत्रप्रवरावलीमा त्यसै भन्छन्, नेपाली थर गोत्र प्रवर कोशमा श्रीहरि चापागाईं त्यसै भन्छन्, निर्णयसिन्धुले त्यसै भन्छ, जंगबहादुरको मुलुकी ऐनको व्यवस्थाले त्यसै भन्छ र हाम्रो सनातन परम्पराले पनि त्यसै भन्छ । तर त्यो भनाइ सजिलो परुन्ज्यालको लागि मात्र हो । अप्ठेरो पर्दा ती नियमहरु मान्छेले सजिलै मिच्ने गरेका छन् र समाजले पनि त्यसलाई मान्यता दिएको पाइन्छ । यथार्थमा त्यस्ता भनाइ र मान्यताहरु “किताबको माछा पो नखानु, खोलाको माछा खानुमा के प्रदोष ?” भनेजस्तो मात्र हो । सगोत्रमा लिइने दिइने दानमा समाजले कडा बन्देज लगाउादैन । अब त कन्यादान पनि एक प्रकारको दानै हो भनेर सगोत्रीय विवाहले पनि मान्यता पाउन थालेको छ । तर पनि समाजमा गोत्रको खोजी हुने चलन अझै पूर्णरुपमा समाप्त भइसकेको छैन ।

 

पछिल्लो कालखण्डतिर सबै थरगोत्रमा आफ्नो कुलगोत्रका बारेमा खोजीनीति गर्ने र वंशावली लेख्ने लहर नै चलेको छ । त्यस सन्दर्भमा, खासगरेर, ब्राह्मण समुदायमा जुन ऋषिको नाममा “गोत्र” चलेको छ, तिनै ऋषिलाई आदिपुरुष वा मूलपुरुष मानेर वंशावलीको टिपोट उतार्ने चलन बसालेको देखिन्छ । कैयौं थरहरुले कैयौं पुुस्ताको कृत्रिम नामावली खडा गर्ने र कसैकसैले भने पुस्ता मात्र गन्ने गरेको देखिन्छ । दुवै थरले छुटाउन नबिर्सने साझा कुरा के रहन्छ भने गोत्रप्रवर्तक ऋषिसम्म पुस्तावली अवश्य जोडिएको हुन्छ । उदाहरणका लागि “भृगु” गोत्र हुनेहरु सबै थरको वंशलहरो माथि–माथि चढ्दै गएर भृगु ऋषिमा टुङ्गिन्छ र आजको सबैभन्दा कान्छो पुस्तादेखि भृगुसम्म अब्बलमा २००/३०० पुस्ताभन्दा पर जाादैन । धर्मशास्त्रहरुले ब्रह्माजीको सृष्टिकाल करोडौं वर्ष पुरानो हो भनेर लेखेका छन् र भृगु स्वयं दोस्रो पुस्ताका मानिन्छन् । लाखौं करोडौं वर्षअघि जन्मेका भृगु ऋषिसाग २००/४०० पुस्ताले भेट्न सकिादैन भन्ने गणितको सामान्यज्ञानको समेत वंशावली उतार्दा ख्याल नगरेको देखिन्छ । मानव समाज विकासको कथा पनि कमसेकम १० हजार वर्ष पुरानो रहेको मान्यता समाजशास्त्री/नृतत्वशास्त्रीहरुको रहेको छ ।

 

आफूहरु पनि वैदिक समाज जत्तिकै संस्कारी ठहरिनका लागि बाह्रौंदेखि चौधौं शताब्दीसम्ममा अर्थात् आजभन्दा ६/७ सय वर्ष अगाडि मात्र खसहरुले यज्ञोपवित “जनै” धारण गरेर आपसमा थरको पनि विभाजन गरेका हुन् । खसहरुका थरहरु तत्कालीन समयमा मानवबस्ती रहेका गाउाठाउा, धार्मिक जिम्मेवारी र राजकीय पदहरुका आधारमा रहेका छन् । त्यसैले खस क्षत्री ब्राह्मणका थरहरुले वैदिक ब्राह्मण क्षत्रीहरुका थरसाग मेल खाादैनन् । खस समाजले थरको जस्तै नयाा व्यवस्था नगरेर गोत्र भने वैदिक समाजबाट जस्ताको तस्तै सापटी लिएको देखिन्छ । खसहरुले धर्म, संस्कार र थरगोत्र परिवर्तन गर्नुको कारण आफूलाई वैदिक आर्य समान देखाउनु थियो अर्थात् आफूलाई वैदिक आर्यको समकक्षको सामाजिक मान्यता दिलाउनु थियो । त्यसैले सर्लक्कै गोत्र सापट लिादा वैदिक आर्यहरु गोत्रीया दाजुभाइ हुन् भनेर दाबी गर्ने आधार मिल्ने भएको हुनाले पनि त्यस्तो चलाखी गरिएको हुनसक्छ ।

 

सगोत्री बन्धुत्वको साइनो समाजबाट लोप हुने अवस्थाको संघारमै पुगेको छ भन्दा फरक पर्दैन । सगोत्रमा दान लिनेदिने चलन त धेरै पुरानो भइसक्यो । अब त विवाहमा पनि गोत्रको खोजी हुन छोडिसक्यो । बिहेवारी सनातन भइसकेको भए पनि के सााच्चै सगोत्रमा विवाहवारी गर्नु अपराधै हो त भन्ने प्रश्न अवश्य सबैका मनमा उठ्ने गरेको हुनुपर्छ । निश्चितरुपमा सगोत्री विवाहलाई अपराधको कोटिमा राख्न मिल्दैन । गोत्रलाई वंश वा रक्तसम्बन्धसाग जोड्नु गलत हो । गोत्र उत्पत्तिको वास्तविकताको जानकारी नरहनु वा गोत्रव्यवस्थाको उत्पत्तिको अतिरञ्जनापूर्ण व्याख्या गर्ने पुरानो चलनको कारणले सिर्जना गरेको भ्रम हो त्यो । हिन्दूधर्मको आदिस्रोत ऋग्वेदमा गोत्रलाई गोष्ठको पर्यायवाची शब्दको रुपमा प्रयोग गरिएको दृष्टान्तबाट त्यो कुरा पुष्टि हुनजान्छ ।

 

अर्थात् “गोत्र” भनेको “गोष्ठ” हो र गोष्ठ भनेको गाईको सुरक्षाको निमित्त गरिएको व्यवस्था हो ।

 

अनुसन्धाताहरुले इसापूर्व १५००–१००० तिर आर्यहरु भारतवर्षमा प्रवेश गरेका हुन् भनेर मानेका छन् । जतिबेला उनीहरु सिन्धुघााटी छिचोलेर पूर्वतर्फ लागे त्यतिबेलासम्म उनीहरुको सामाजिक विकासको अवस्था “पशुपालन युग” मै थियो । उनीहरु पशुआहाराको चाहारामा वनपर्वतहरु घुमिरहन्थे अर्थात् घुमन्ते जीवन बिताउाथे । उनीहरुको मुख्य व्यवसाय नै गाईपालन थियो । आर्यहरुको जीवन पूर्णत: गोधनमा आश्रित रहन्थ्यो । खेती, परिवहन, दूध घिउ आदि खाद्यवस्तुको लागि मात्र होइन, वस्तु सटहीमा पनि गाईले मुद्राको काम गथ्र्यो । अजीगर्ति नाम गरेका एक जना मानिसले १०० गाई लिएर आफ्ना छोरा शुनशेपलाई बेचेको प्रसंग पनि हिन्दू धर्मग्रन्थहरुमा भेटिन्छ । राजर्षि विश्वामित्रका धर्मपुत्र बनेका तिनै शुनशेपका केही ऋचाहरु ऋग्वेदमा सामेल गरिएका छन् । चीजवस्तुहरु मात्र होइन, श्रीमती पनि गाई दिएर किनिन्थ्यो । त्यस्तो विवाहलाई “आर्ष विवाह पद्धति” भनिन्थ्यो अर्थात् आर्यसमाजका लागि गाई सर्वस्व थियो । त्यसैले गाईलाई “लक्ष्मी” भनेर पुकारिन थालेको हो । धन सम्पत्तिको पर्यायवाचीको रुपमा लक्ष्मीरुपी गाईको गणना हुने भएकैले व्यर्थमा धननाश गर्नु हुादैन भन्ने अर्थमा गाई मास्न हुादैन भनिएको हो । गाईलाई अवध्य मानिएको हो ।

 

वैदिककालमा आर्यसमाजको मूल धनको रुपमा “गाई” रहेको हुनाले गाईहरुको सुरक्षाको विशेष प्रबन्ध गरिन्थ्यो । एउटाले अर्को गाउाका वा गोठका गाईहरु चोर्ने, लुट्ने परम्परा थियो । महाभारतको विराट पर्वमा कौरवहरुले विराट राजाको गाईगोठ लुट्ने प्रयत्न गरेको कथा छ । ऋग्वेदमा स्वयम् देवराज इन्द्रको गाईगोठ पणिहरुबाट लुटिएको प्रसंग परेको छ । त्यसैले तत्कालीन समाजमा लुटेराबाट गाईगोठको सुरक्षा गर्नका निमित्त केही घरपरिवार, सिंगो गाउावस्ती वा राज्यकै तर्फबाट समूह निर्माण गरेर साझा गाइगोठ बनाउने परम्परा बसालिएको हो । गाईको सुरक्षा र पालनपोषणका लागि आजभोलिको सहकारी संस्था जस्तै उतिबेला गोठहरु सञ्चालन हुन्थे । तिनलाई गोत्र भनिन्थ्यो र ती संस्थाहरुलाई कुनै सुन्दर नाम दिइन्थ्यो । त्यही सन्दर्भमा गोत्रहरुको नाम ऋषिमुनिको नामबाट रहन गएका हुन् । त्यस्तो चलनको उदाहरण यतिबेलाको समाजमा पनि प्रचलनमा छ । काठमाडौंको स्वयम्भूमा सञ्चालित “मनमोहन मेमोरियल टिचिङ्ग अस्पताल” यौटा सहकारी संस्था हो । त्यसमा १००० भन्दा बढी सेयर सदस्यहरु छन् । अनेक थरगोत्रका भिन्न–भिन्न सेयर सदस्यहरुको सगोलमा नाम लिनुपर्दा “मनमोहन हस्पिटलका सेयरबन्धु” भनिन्छ । हो त्यसै गरी भृगु, कश्यप, कपिल, भारद्वाज, मुद्गल आदि नाम गरिएका गाईगोठका अंशियारहरुलाई कालान्तरमा गोत्रीय बन्धुको रुपमा समाजले चिन्न थालेको हो । अथवा गोत्रप्रवर्तक मानिएका ऋषिहरुद्वारा स्थापित गोठहरुमा सामेल हुने सबै मानिसहरुको समान गोत्र रहन गएको हो ।

 

यदि गोत्रको आधार पुर्खा भइदिएका भए गोत्र बदल्न पाउने व्यवस्था गर्नै मिल्दैनथ्यो । पुर्खा भनेको पूर्वज हो र पूर्वजको सबैभन्दा नजिकको इकाइ पिता हो । बाबु पनि साटफेर गर्न मिल्छ र ? हो, जब जानी बुझीकन गोत्र बदल्न सकिने व्यवस्था गरिएको छ भने गोत्रप्रवर्तक भनिएका ऋषिमुनिहरु अमुक गोत्रका आदि पुरुष वा मूलपुरुष हुन् भनेर मान्नै मिल्दैन । गोत्र भनेको तत्कालीन समाजको आवश्यकताले जन्माएको एउटा नियम हो । एउटा विशुद्ध व्यावसायिक समूह हो । वंश र रगतसाग गोत्रको कुनै साइनो सम्बन्ध छैन । व्यावसायिक रुपमा आपसमा साझेदारी गर्ने सन्दर्भमै गोत्रको आविष्कार भएको हो । गोत्र भनेको कति टाढा वा कति नजिकको सम्बन्ध हो र गोत्रीय सम्बन्धको रक्त सम्बन्धको साइनो छ कि छैन भन्ने अन्योलमा रहनुपर्ने आवश्यकता देखिादैन । गोत्र र वंश नितान्त फरक कुरा हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here