जुागाको लडाइामा पूर्व–सेना प्रमुखहरु

375

पोल खोल्ने प्रतिस्पर्धाले समग्र संस्था नै विवादित हुने डर
नेपाली सेनाका पूर्वप्रमुखहरु एकपछि अर्काेले आफ्ना उतारचढाव र अनुभव समेटेर पुस्तक लेख्ने र त्यसमा एकले अर्काे उच्च अधिकारीको पोल खोल्ने प्रतिस्पर्धाले समग्र नेपाली सेनाको संस्था नै विवादमा तानिने सम्भावना बढेको छ । नेपाली सेनाको महत्वपूर्ण जिम्मेवारीमा रहेर आफूले देखेभोगेका अनुभवको फेहरिस्त लेख्ने प्रचलन राजतन्त्रको अन्त्य भएपश्चात् तत्कालीन राजदरबारका पूर्वसैनिक सचिव रथि विवेक शाहबाट सुरु भएको हो । उनीपछि नेपाली सेनाका प्रधानसेनापति रुक्मांगत कटवालले आत्मकथा प्रकाशित गरे । कटवालले आफ्नो आत्मकथामा एमाओदी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको तत्कालीन सरकारले आफूलाई बर्खास्त गर्दाको अनुभव तथा उनको सट्टामा प्रधानसेनापति बनाइएका कुलबहादुर खड्काको आलोचना, आफूलाई थमौती दिन पूर्वराष्ट्रपति तथा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुले खेलेको भूमिकालगायतका विषयमा समेटेर पुस्तक प्रकाशित गरेका थिए । हालै मात्र कटवालपछि प्रधानसेनापति बनेका छत्रमान सिंह गुरुङले ‘जनताको छोरो’ नाम दिएर पुस्तक प्रकाशनमा ल्याएका छन् । उक्त पुस्तकमा पनि कटवाल प्रकरण र खड्काका विषयमा आलोचना गर्ने तथा आफूलाई इमानदार देखाउने प्रयास गुरुङले गरेका छन् । यता दुई पूर्वप्रमुखहरुले लेखेका पुस्तकमा आफ्नो व्यापक आलोचना तथा दोषारोपण गरेपछि माओवादी सरकारले सेना प्रमुखको जिम्मेवारी दिएका कुलबहादुर खड्का पनि पुस्तक लेख्न कस्सिएका छन् । खड्काले आफू निर्दोष हुादाहुादै पनि अनावश्यक रुपमा पूर्वप्रमुखहरुले आरोप लगाएको भन्दै आफूले प्रधानसेनापति प्रकरणका बारेमा सत्यतथ्य बाहिर ल्याउने गरी पुस्तक लेख्न लागेको स्वाभिमान नेपाललाई जानकारी गराए । उनले दुई प्रमुखहरुले आरोप लगाएजस्तो अवस्था नरहेको भन्दै त्यतिबेला भएको वास्तविकतालाई बाहिर ल्याउने गरी पुस्तक लेख्न लागेको जनाए ।
पूर्वसेनापतिहरुको जुागाको लडाइाले अहिले नेपाली सेनाको समग्र संस्था नै विवादमा तानिने डर बढेर गएको छ । सेना प्रमुख भइसकेको व्यक्तिहरुले सेनाको गोपनीयता समेत भंग हुनेगरी विभिन्न सूचनाहरु चुहाएको भन्दै कतिपयले पूर्वसेना प्रमुखहरुको यस्तो प्रवृत्तिलाई अपरिपक्व र सेनालाई विवादमा तान्ने प्रयासका रुपमा अथ्र्याएका छन् । नेपाली सेनाका एक अवकाशप्राप्त अधिकारीले सेनाका उच्च अधिकारीहरुका पुस्तकहरु एकपछि अर्काे गरी प्रकाशित हुनु र त्यसमा सेनाको छविमा आाच आउने किसिमका सामग्रीहरु प्रस्तुत गरेर सेनालाई विवादमा तान्न खोजको आरोप लगाए । नाम नबताउने शर्तमा ती अधिकारीले भने, ‘इतिहासदेखि हालसम्म आइपुग्दा नेपाली सेना खासै विवादमा तानिएको छैन । आफ्नो गौरवशाली इतिहास बनाएको सेनालाई विवादमा तान्नका लागि सैन्य उच्च अधिकारीका नाममा एउटै शक्ति केन्द्रले यी पुस्तकहरु प्रकाशित गराउन लगाएको हो ।’ पछिल्लो समय नेपाललाई जसरी पनि कमजोर बनाउने योजनामा केही शक्तिकेन्द्रहरु लागेको र त्यसका लागि सेनालाई कमजोर बनाउनुपर्ने भएकाले विवादमा तान्न पुस्तकमार्फत पूर्वप्रमुख तथा उच्च अधिकारीलाई आरोप प्रत्यारोपमा उतार्ने र जनतामा सेनाप्रतिको विश्वास घटाउने योजनामा शक्तिकेन्द्र लागेको उनको आरोप छ । ती अधिकारीको यो आरोपलाई भने सेनाका पूर्वजर्नेल तथा माओवादी सरकारले प्रधानसेनापतिको जिम्मा दिएका कुलबहादुर खड्काले अस्वीकार गरे । उनले नेपालमा मात्र नभएर विदेशमा पनि सेनाका उच्च अधिकारीहरुले आफ्नो पेशा र अनुभव एवं सूचनाहरु समेटेर पुस्तकहरु लेख्ने गरेकाले नेपालमा पनि यो सामान्य विषय भएको जनाए ।

 
अध्ययन र विश्लेषण भइरहेको छ : नेपाली सेना
सेनाका पूर्वप्रमुख तथा उच्च अधिकारीहरुका पुस्तकमा सेनाको सम्मानमा नै आाच आउने गरी आरोप–प्रत्यारोप तथा गोप्य सूचना सार्वजनिक भएका विषयप्रति नेपाली सेनाको बहालवाला नेतृत्व गम्भीर बनेको छ । यस्ता विषयले समग्र सेनाको छवि बिगार्न सक्ने भन्दै त्यसको सत्यतथ्य बुझ्न सेनाले अध्ययन र विश्लेषण गरिरहेको सेनाका प्रवक्ता सहायक रथि ताराबहादुर कार्कीले जानकारी दिए । उनले स्वाभिमान नेपालसाग कुरा गर्दै भने, ‘यो गम्भीर विषय हो । यस विषयमा नेपाली सेनाले अध्ययन र विश्लेषण गरिरहेको छ ।’
सैन्य उच्च स्रोतले स्वाभिमान नेपालसाग कुरा गर्दै सेनाको उच्च तहमा पुगेका व्यक्तिहरुले पुस्तक लेख्दा आफ्नो पदीय हैसियत र राष्ट्रिय सुरक्षाका विषयमा मुलुकले दिएको जिम्मेवारीलाई गम्भीरताका साथ लिनुपर्ने जनाएको छ । उच्च स्रोत भन्छ, ‘राष्ट्रले सुरक्षाको जिम्मा दिएर ती व्यक्तिहरुलाई महत्वपूर्ण जिम्मेवारीमा पठाएको हुन्छ, त्यस्ता व्यक्तिहरुले नै गोपनीयता भंग गर्दै जाने हो भने सेनाको भविष्य के होला ? राष्ट्रिय सुरक्षामा कस्तो असर पर्ला ? यस्ता विषयहरुलाई उच्च पदमा पुगेका व्यक्तिहरुले गम्भीरताका साथ लिनुपर्छ ।’
सेनाका अवकाशप्राप्त उच्च अधिकारीहरुको पुस्तक लेखन र त्यसले उत्पन्न गराएको विवादपछि नेपाली सेनाका प्रमुख प्रधान सेनापति राजेन्द्र क्षत्रीले समेत मुख खोलेका छन् । उनले पुस्तक लेख्दा राष्ट्रिय सुरक्षा तथा संवेदनशीलतालाई ध्यान दिन सबैसाग आग्रह गरेका छन् । क्षत्रीले सेनाका अवकाशप्राप्त तथा बहालवाला रथीहरुसागको अन्तक्र्रियामा पुस्तक लेख्दा सेनाको संस्थागत छवि, गोपनीयता र जनतामा पर्ने प्रभावलाई ध्यानमा राख्न आग्रह गरेका छन् ।
सेनाभित्र हुने गतिविधि जनताको पहुाचमा हुनुपर्छ : कुलबहादुर खड्का, पूर्वरथि नेपाली सेना
नेपाली सेनाका पूर्वरथि तथा माओवादी नेतृत्वको सरकारमा प्रधानसेनापतिको नियुक्ति पाएका कुलबहादुर खड्का नेपाली सेनाभित्र हुने गतिविधिको बारेमा आम नागरिक पनि जानकार हुनुपर्ने जनाउाछन् । सेना पनि जनताकै बीचबाट आएकाले सेनालाई जनताभन्दा टाढा राखेर हेर्न नमिल्ने उनको भनाइ छ । सेनाभित्र हुने गोप्य तथा अतिगोप्य सूचनाहरुप्रति अवकाशप्राप्त अधिकारीहरु निकै सजग हुनुपर्ने भए पनि सामान्य गतिविधिहरु जनतामाझ आउादा त्यसले खासै ठूलो असर नगर्ने उनको भनाइ छ । माओवादी सरकारका बेला प्रधानसेनापति प्रकरणका मुख्य पात्रमध्येका एक खड्का आफौले पनि उक्त प्रकरणको वास्तविकतालाई बाहिर ल्याउने भन्दै पुस्तक लेखिरहेका छन् । उनी सेनाको गोपनीयतालाई असर नगर्ने गरी भित्र हुने गतिविधिमा पुस्तक लेख्दा त्यसले सैन्य संस्थालाई कुनै असर नगर्ने जनाउाछन् । खड्काले कटवाल तथा गुरुङले लेखेका पुस्तकमा आफूलाई तारो बनाए पनि त्यसले एउटा महत्वपूर्ण जिम्मेवारीमा पुगेको अधिकारीको सोच र सेनाभित्र हुने खिचातानीका बारेमा जनताले वास्तविकता बुझ्न पाउने जनाए । स्वाभिमान नेपालसाग कुरा गर्दै खड्काले भने, ‘सेनाका उच्च अधिकारीहरुले पुस्तक लेख्ने प्रचलन नेपालका लागि नौलो भए पनि विदेशमा सामान्य विषय हो । नेपाली सेनाका उच्च अधिकारीहरुले लेखेका पुस्तकबाट गोपनीयता भंग भएको जस्तो मलाई लाग्दैन । बरु सेनाको प्रमुख भइसकेका व्यक्तिको सोच कस्तो हुादो रहेछ भन्ने कुरा उनीहरुले लेखेका पुस्तकबाट आम जनताले समेत बुझ्न पाएका छन् । यो सकारात्मक विषय हो ।’ खड्काले पुस्तकहरुमा उनलाई लगाएको आरोपका बारेमा प्रश्न गर्दा यसले सेना प्रमुख भएको व्यक्तिको हैसियत र उनीहरु कतिसम्म गिरेर अर्काको आलोचनामा उत्रन्छन् भन्ने पुष्टि भएको जनाए । उनले आफ्नो पुस्तकमा पनि सेनाभित्र हुने अस्वस्थ प्रतिस्पर्धा र तत्कालीन अवस्थामा भएको वास्तविकतालाई उजागरण गर्ने तर सेनाको सम्मान र गोपनीयताप्रति सजग हुने जानकारी दिए ।

 
आचारसंहिता बनाउने तयारी गर्दै सैन्य हेडक्वार्टर
नेपाली सेनाले पुस्तक तथा सञ्चारमाध्यममार्फत सेनाका अवकाशप्राप्त उच्च अधिकारीहरुबाटै गोपनीयतालाई भंग गर्न खोजेपछि त्यसको नियमनका लागि आचारसंहिता निर्माणको तयारी गरेको छ । सैन्य उच्च स्रोतका अनुसार सेनाभित्रका गोपनीयता तथा साखमा कुनै असर पुग्ने गरी सूचना चुहाउने तथा पुस्तक लेखनसम्बन्धी कार्यमा अंकुश लगाउन यस्तो तयारी थालेको हो । पूर्वरथि विवेक शाह हुादै पूर्वप्रधानसेनापतिहरु रुक्मांगद कटवाल तथा छत्रमानसिंह गुरुङले लेखेका पुस्तकहरुमार्फत गोपनीयता भंग गर्न खोजेको तथा सेनालाई विवादमा तान्न खोजेको भन्दै सेनाले यस्ता कार्यलाई निस्तेज पार्न आचारसंहिताको तयारी थालेको हो । सैन्य उच्च स्रोत भन्छ, ‘अवकाश प्राप्त हुादैमा उच्च अधिकारीहरुले आफूलाई स्वतन्त्र महसुस गर्नुभएन । उनीहरुले जिम्मेवारीमा रहादा प्राप्त गर्ने सूचनाहरु चुहाउादा त्यसले सेनाको संरचनासागै समग्र राष्ट्रिय सुरक्षामा समेत असर पार्न सक्छ ।’ सेनाको अवकाश प्राप्त नेतृत्वले अहिले पनि सेनाकै सेवा सुविधा लिइरहेकाले सेनाप्रति गैरजिम्मेवार हुन नमिल्ने स्रोत जनाउाछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here