धर्म प्रचारको धन्दा कहिलेसम्म ?

290

 उत्तम अर्याल

 
नेपालमा पश्चिमा संस्कृतिको प्रभाव दिनानुदिन बढ्दै गइरहेको छ । पश्चिमी चाडपर्व, रहनसहन र भेषभूषाका कारण नेपालका मौलिक कलासंस्कृति, धर्म, भाषा, चाडपर्व र रहनसहनमा नै प्रतिकूल असर पर्न थालेको छ । यस्तो हुनुको प्रमुख कारण हो नेपालमा इसाईकरण बढ्दै जानु । विभिन्न समाचारमाध्यमहरूमा आइरहेका समाचारहरूका अनुसार अहिले जबर्जस्ती र विभिन्न प्रलोभनमा पारेर नेपालीहरूलाई क्रिश्चियन धर्म अवलम्बन गर्न बाध्य पारिरहेका छन् । गोरखामा एक एनजीओले भूकम्पपीडितहरूलाई रकम बााडेर नै क्रिश्चियन धर्मको प्रचारप्रसार गरिरहेको समाचार सार्वजनिक भएको छ भने क्रिश्चियन धर्मका नाममा विभिन्न भवनहरू निर्माण गर्न स्थानीय प्रशासनसाग अनुमति माग गरिरहेको र कतिपय ठाउामा अनुमतिविना नै विभिन्न भौतिक पूर्वाधारहरू खडा गरिरहेको पाइएको छ । त्यस्तै दोलखा जिल्लामा पनि एक निजी विद्यालयमा प्रार्थनाका नाममा विद्यालयमा जबर्जस्ती क्रिश्चियन धर्मका विभिन्न प्रार्थनाहरू गाउन बाध्य पारिरहेका समाचारहरू सार्वजनिक भएका छन् । यसले नेपालमा विदेशीहरूले ईसाइकरणलाई तीव्रता दिएको बुझ्न सकिन्छ ।

 
नेपालमा संवैधानिक रूपमा नै धर्मनिरपेक्षताको व्यवस्था गरिएको छ । यसको मतलब नेपालका सबै धर्महरूलाई राज्यले समान रूपले हेर्ने अर्थ लगाइएको छ । तर धर्मनिरपेक्षताको मतलब यो होइन कि जबर्जस्ती र विभिन्न प्रलोभनका नाममा कसैलाई आफ्नो धर्म नै परिवर्तन गर्न लगाउनु । तर नेपालमा भने पश्चिमी धर्म इसाई फैलाउनका लागि पैसाका खोलो बगाइएको छ । त्यसका लागि केही कथित विकास अभियन्ताका रूपमा चिनाउन चाहने व्यक्ति, विभिन्न आईएनजीओ तथा एनजीओहरू खुलेआम रूपमा लागेका छन् । उनीहरूले गरिब नेपाली जनता, जो अहिले भूकम्पबाट पनि पीडित भएका छन्, उनीहरूलाई विभिन्न प्रलोभनमा पारेर क्रिश्चियन धर्मावलम्बीमा रूपान्तरण गर्न जोडतोडले लागिरहेका छन् । कोही व्यक्ति यदि आफ्नो स्वेच्छाले कुनै पनि धर्म मान्न चाहन्छन् भने त्यो कसैले आपत्तिजनक विषय होइन । तर यहाा मान्छेको गरिबीको फाइदा लुटिएको छ । मान्छेको दयनीय अवस्थाको फाइदा उठाउादै उनीहरूलाई जबर्जस्ती कुनै अपरिचित धर्म लाद्ने प्रयास गरिएको छ । यसरी नेपालमा इसाई धर्मावलम्बीको संख्या बढाउनुको अर्थ पश्चिमा शक्तिहरूले आफ्नो चाडपर्व, रहनसहन र संस्कृतिलाई पनि नेपालीमाथि जबर्जस्ती लाद्न खोजेको प्रष्ट छ । पहिले युद्ध गरेर उपनिवेश बनाउन नसकेको नेपाललाई अहिले धर्मको माध्यमबाट उपनिवेश बनाउने काममा पश्चिमा शक्ति लागिपरेको बुझ्न सकिन्छ । यति मात्र नभएर नेपालको अन्य प्राकृतिक सम्पदा, विभिन्न खानी तथा सामरिक महत्वका कारण पनि नेपालमा उपस्थिति बढाउन पश्चिमा संस्कृतिले धर्मको राजनीति गर्दै आएको छ । यसैको रूपमा नेपालका नेताहरूलाई नेपाल धर्म निरपेक्ष हुनुपर्छ भन्दै दबाब र पैसाको प्रलोभनमा पारिएको र उनीहरूकै कारण नेपालमा धर्म निरपेक्ष घोषणा भएको छर्लंग नै छ ।

 
नेपाल नेतृत्ववर्गले आफ्नो इमानदारिता र स्वाभिमानलाई बन्धकी राखेर गरेका निर्णयहरूका कारण नेपालमा अहिले इसाईकरण तीव्र रूपमा बढेको छ । यसरी पैसाको आडमा धर्मको किनबेच हुने चलनले विभिन्न विकृतिहरू देखापरेका छन् । समाजमा असहिष्णुता, मनोमालिन्य, वैमनस्यता र सुमधुर सम्बन्धमा खलल पुर्‍याएको छ । त्यस्तै हाम्रौ पुरातन संस्कृति, जुन हाम्रो पहिचान हो त्यसलाई मेट्ने प्रयास हुादै आएको छ । हामी वास्तवमा को हौा भन्ने कुरालाई धमिल्याउने कामहरू हुन थालेका छन् । वर्तमान समयमा आफ्नो पहिचानको खोजी तथा स्थापित हुनुपर्छ भन्ने मान्यता बोकेका हामी नेपालीहरूलाई क्रिश्चियन धर्मलाई अवलम्बन गरेका आफ्नो पहिचानबाट विमुख बन्दै गएका छौा । यसले आगामी पुस्तालाई पनि ठूलो नोक्सानी पुग्ने प्रष्ट छ । त्यसकारण सरकारले यसरी जबर्जस्ती र पैसाको आडमा धर्मको प्रचारप्रसार हुने क्रियाकलाप रोक्न आवश्यक कदमहरू चाल्न ढिला भइसकेको छ । काम गर्न नै नपर्ने तथा वैदेशिक संस्थाहरूको आश र भरोसामा बााच्नुपर्ने परनिर्भर उन्मुख वातावरण यस्ता एनजीओहरूले सिर्जना गर्दै छन् । यस्तो अवस्था आउन नदिन सरकारले उचित कदम चाल्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here