–निमकान्त पाण्डे–
गत असोज ९ गते १० वर्षे जनयुद्धका सारथीहरूलाई छाडेर नयाा शक्ति निर्माणको अभियानमा लागेका बाबुराम भट्टराईले हालै मात्र घोषणा गरेको नयाा शक्ति नेपाल पार्टीको छलफल सत्रमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै भारतलाई विस्तारवादीका रूपमा हेर्न नहुने आशय व्यक्त गरेको समाचारले पंक्तिकारको ध्यानाकर्षण गर्यो । पंक्तिकारको कुनै बेला भट्टराईसाग राम्रै सम्बन्ध भएकाले पनि उनले व्यक्त गरेको आशयप्रति विश्वास गर्नै गाह्रो भयो । नेकपा माओवादीको नेताको हैसियतबाट सशस्त्र युद्धमा जानुभन्दा पहिले यिनै बाबुरामले एउटा लेख लेखेका थिए, जसको शीर्षक थियो– ‘भारतीयहरूभन्दा पनि भारतभक्त नेपालीलाई देख्दा लाज लाग्छ’ । त्यतिबेलाका बाबुराम र अहिलेका बाबुरामको सोचमा देखिएको परिवर्तनले पंक्तिकार आश्चर्यमा परेको छ । भलै बाबुरामलाई विगतदेखि नयाा शक्ति निर्माणको चरणसम्म आइपुग्दा पटक–पटक ‘प्रो इन्डियन’को आरोप पनि लाग्दै आएको छ । तथापि नयाा शक्तिको घोषणालगत्तै उनको मुखबाट यस्तो शब्द आउनु संयोग मात्र हो वा स्वाभाविक त्यो उनैले जानून् । बाबुरामले भारतलाई विस्तारवादी भन्न नहुने आशयको प्रतिवेदन छलफलमा पेस भएको भन्ने कुराले एकपटक युद्धकालीन बाबुरामलाई फर्केर हेर्न मन लाग्यो । जसले पटक–पटक विभिन्न कार्यक्रम तथा प्रशिक्षणहरूमा भारतलाई विस्तारवादी भन्दै आफ्ना कार्यकर्ताहरूलाई उत्तेजित बनाएको सुनिएको, देखिएको र भोगिएकै थियो ।
अब चर्चा गराौ भारत विस्तारवादी हो कि होइन भन्ने विषयको । २६ अप्रिल १९७५ मा तत्कालीन स्वतन्त्र राज्य सिक्किमलाई २२आौ राज्यका रूपमा मर्ज गराएको तथ्य सबैमाझ छर्लङ्गै छ । त्यसभन्दा पहिले सन् १९४९ मा भुटानको विदेश नीतिलाई भारतीय स्वार्थअनुकूल सञ्चालन गर्ने सन्धिमा हस्ताक्षर गर्न बाध्य बनाएको तथ्य, सिक्किम मर्जरलगत्तै नेपालको तराईलाई भारतमा गाभ्ने योजना (मिसन रअ, आरके यादव पेज २६३), १९७१ मा पूर्वी पाकिस्तान टुक्र्याउनेदेखि बंगलादेशलाई स्वतन्त्र सेना नबनाउन दबाब तथा प्रस्ताव नमान्दा १५ अगस्ट १९७५ मा सेख मुजीवर रहमानको हत्या, सन् १९७६ मा श्रीलंकामा तमिल टाइगर लिट्टेको बीजारोपण, पाकिस्तान छुट्टिएलगत्तै कस्मिरको भूभागलाई लिएर भइरहेको विवाद आदि, इत्यादि ।
माथि प्रस्तुत गरिएका केही उदाहरणहरू विगतमा भारत विस्तारवादी हो भनेर पुष्टि गर्ने आधारहरू हुन् । भारतकै कतिपय कम्युनिष्ट नेतादेखि वरिष्ठ पत्रकार आनन्दस्वरूप बर्मासम्मले पनि आफ्नो देशलाई विस्तारवादी नीति अवलम्बन गरिरहेको आरोप लगाउादै आएका छन् । बाबुरामको शिक्षादीक्षा भारतमा भएकाले उनले भारतलाई फरक ढंगले हेर्न पाउाछन् । तर बाबुरामलाई लागेको कुरा सबै नेपालीलाई पनि लाग्नुपर्ने कुनै कारण छैन, जसरी उनले कम्युनिष्ट हुादा अरुलाई एकोहोरो रूपमा प्रजातन्त्रवादीलाई गलत ठाने र अहिले कम्युनिष्ट विचार त्यागेपछि कम्युनिष्टहरूलाई गलत देख्दै छन् । तथापि बाबुराम अब एउटा सामान्य व्यक्ति मात्र नभएर मुलुक हााक्ने तहमा पुगिसकेका छन् । त्यसैले माथि प्रस्तुत भएका उदाहरण हेरेपछि बाबुरामको भनाइलाई कसरी मूल्यांकन गर्ने भन्ने कुरा पाठकहरूकै जिम्मा ।
बाबुरामले भारतलाई विस्तारवादीका रूपमा लिन नहुने जनाउादै गर्दा एक्काइसाौ शताब्दीको बदलिएको सन्दर्भ र राष्ट्रियताको पुनव्र्याख्या गर्नुपर्ने तर्क अघि सारेका रहेछन् । उनको यो तर्क पनि एकछिनलाई मानिदिऊा । हामीले भारतलाई फरक ढंगले हेर्ने भनिरहादा र राष्ट्रियता र बदलिादो सन्दर्भको कुरा उठाउादै गर्दा भारत छिमेकी मुलुकहरूलाई हेर्ने सन्दर्भमा कति बदलियो ? भन्ने कुराको तथ्यगत विश्लेषण हुन आवश्यक छ । के यो विषयलाई बाबुरामले राम्रोसाग विश्लेषण गरेरै यस्तो निष्कर्षमा पुगेका हुन् त ? अब तथ्यतिर लागाौ, नेपालले स्वतन्त्र रूपमा आफ्नै जनप्रतिनिधिमार्फत संविधान जारी गरेको एक वर्ष पनि पुगेको छैन् । संविधान लेखनदेखि जारी गर्ने बेलासम्म भारतीय चासो र चलखेल कति भयो भन्ने कुरा पंक्तिकारलाई भन्दा बढी बाबुरामलाई नै जानकारी छ । संविधान जारी भइसकेपछि भारतका कारण नेपालले कति दु:खकष्ट सहनुपर्यो भन्ने कुराको साक्षी बाबुराम आफौ छन् । नेपालको मात्र के कुरा ? छिमेकी मुलुक भुटानको अर्थतन्त्रका लाइफलाइन भारतकै नियन्त्रणमा छन् । सन् २०१२ जुनमा तत्कालीन चिनियाा प्रधानमन्त्री वेन जियावाओ र तत्कालीन भुटानी प्रधानमन्त्री जिग्मे योसर थिन्लेका बीचमा भएको भेटमा चिनियाा प्रधानमन्त्री वेनले शान्ति र सहअस्तित्वका पााच सिद्धान्तका आधारमा चीन भुटानसाग औपचारिक रूपमा सम्बन्ध विस्तारका लागि तयार रहेको जनाएका थिए । अगस्ट २०१२ मा चिनियाा उपप्रधान तथा विदेश मन्त्री फु इङ दुइ देशबीच कूटनीतिक सम्बन्ध विस्तारका लागि छलफल गर्ने भन्दै थिम्पु पुगेका थिए । त्यसलगत्तै भारतले भुटानमा रहेका आफ्ना राजदूत असफल भएको भन्दै राजदूत पवन कुमार बर्मालाई राजीनामा दिन बाध्य पारेको थियो । त्यसलगत्तै चीनसाग सम्बन्ध गाास्न खोजेको भन्दै भारतले भुटानमा दोस्रो चरणको निर्वाचन हुनुभन्दा पहिले भुटानलाई दिादै आएको अनुदान कटौती गरिदियो । त्यस्तै पेट्रोल, ग्यास तथा किरोसिनमा दिादै आएको अनुदानलाई कटौती गरिदियो । जसले गर्दा तत्कालीन भुटान सरकार समस्यामा पर्यो । अन्तत: भारतीय खेलका कारण तत्कालीन सत्तारुढ दलले निर्वाचनमा असफलता व्यहोर्नुपर्यो । जसले गर्दा तत्कालीन भुटानी प्रधानमन्त्री थिन्लेको आफ्नै तहबाट भुटानले अन्तर्राष्ट्रिय समुदायसाग जोड्न खोजेको कूटनीतिक सम्बन्धको प्रयास सफल हुन सकेन ।
श्रीलंकामा सन् २०१५मा भएको राष्ट्रपतीय निर्वाचनमा राजापाक्षलाई हराउन भारतीय गुप्तचर संस्था रअले खेलेको भूमिकालाई के भन्ने ? चीनसागको सम्बन्ध विस्तारमा महत्वपूर्ण उपलब्धि हासिल गरेपछि राजापाक्ष भारतको तारो बने । चीनले श्रीलंकामा भएको गृहयुद्धमा तमिल टाइगरहरूलाई परास्त गर्न श्रीलंकालाई हतियारलगायतका सैन्य सहयोग गरेको थियो । नेपालकै कुरा गर्दा भारतले नेपालमा आफ्नो चासो सम्बोधन गराउन दबाब दिन नाकाबन्दी गरेपछि केपी ओली सरकारले भारतमाथिको निर्भरताको विकल्प खोज्न थालेपछि ओली सरकार पनि भारतको निशानामा परिरहेको छ । हाल यो सरकारलाई ढलाएर आफ्नो अनुकूलको सरकार बनाउन भारतले गरिरहेको असफल प्रयासको उदाहरण हेर्दा भारतले कुनै पनि छिमेकी मुलुकले स्वतन्त्र रूपमा आफ्नो मुलुकका लागि केही गर्दा उसको टाउको दुख्ने गरेको देख्न सकिन्छ । स्वतन्त्र मुलुकलाई स्वतन्त्र महसुस गर्न नदिने र उनीहरूको आन्तरिक मामिलामा जबर्जस्ती चासो देखाउने भारतीय प्रवृत्तिलाई विस्तारवाद भन्न नहुने सोच बाबुरामसाग कहााबाट आयो ? उनले यस्तो प्रवृत्तिलाई कसरी विस्तारवादीका रूपमा लिन सकेनन् । सायद यसको जवाफ अब जनताले नै बाबुरामसाग खोज्नेछन् । तथापि अझै पनि पंक्तिकारको विश्वास छ भारतीय नीतिप्रति बाबुराम जानकार छन् र हचुवाको भरमा एउटा राजनीतिक उचाइ बनाएको व्यक्तिले यस्तो गम्भीर विषयमा यति कमजोर विश्लेषण गर्ने छैनन् । आगे बाबुरामकै मर्जी ।