जीवनाथ पोखरेल
सन् १९७१मा पूर्वी पाकिस्तान टुक्रिएर स्वतन्त्र भएको बंगलादेशको बारेमा यस पंक्तिकारलाई धेरथोर जानकारी भए पनि आफौले बंगलादेशको भ्रमण गरेर त्यहााको वस्तुगत स्थितिका बारेमा जानकारी पाउने हुटहुटी धेरै पहिलेदेखि नै लागेको हो । तथापि विभिन्न कारणले बंगलादेशको भ्रमण गर्ने अवसर जुरेको थिएन । तर यसपटक त्यो अवसर जुराइदियो बंगलादेश–नेपाल मैत्री समाजले । समाजको निमन्त्रणामा नेपाल स्रष्टा समाजका अध्यक्ष पवन आलोकको नेतृत्वमा पंक्तिकारसहित ७ जना स्रष्टाहरुको टोली यही ३० मेदेखि ३ जुनसम्मको बंगलादेश भ्रमणमा निस्कियो । भ्रमण टोलीमा पवन आलोक, मणिराज सिंह, प्रा.डा. गोविन्द मानसिंह कार्की, मनोज ढुंगाना, शशि थापा, गोपीकृष्ण ढुंगाना र जीवनाथ पोखरेलको सहभागिता रहेको थियो । नेपालबाट बंगलादेश विमानको एक घण्टाको उडान अवधिबाट हाम्रो टोली ढाका विमानस्थलमा अवतरण गर्यो ।
बनावटका हिसाबले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तुलनामा ढाका विमानस्थल आकर्षक देखिन्थ्यो तर व्यवस्थापनका हिसाबले केही अव्यवस्थित देखिन्थ्यो । विमानस्थलमा कार्गोका सामानहरु वरपर निकै अव्यवस्थित रुपमा राखिएका देखिन्थे । तथापि विमानस्थलको टर्मिनल भवन भने निकै भव्य र भित्र व्यवस्थित नै देखिन्थ्यो । ढाका विमानस्थल उत्रिएपछि हाम्रो टोलीले केही असहजता भोग्नुपर्यो । अध्यागमनका कर्मचारीहरुले हामीहरुलाई निकै बेरसम्म केरकार गरे । बंगलादेशकै निमन्त्रणामा नेपालबाट तीन महिनाको प्रवेश अनुमतिपत्र (भिषा) लिएर गएका हामीलाई उनीहरुले विभिन्न प्रश्नहरु तेस्र्याएर हतोत्साहित बनाउन खोज्थे । यसले त्यहााका कर्मचारीहरुको मनसाय र विमानस्थलको फितलो व्यवस्थापनलाई संकेत गथ्र्याे । ढाका विमानस्थलबाट बाहिरिएपछि भने हाम्रो टोलीले पाएको आतिथ्य सम्झनलायक रह्यो । विमानस्थल बाहिर बंगलादेशी मित्र मोहम्मद सलाउद्दिन कुटु हाम्रो प्रतीक्षा गरिरहेका थिए । उनले सहृदयी आतिथ्यका साथ हामीलाई होटल द क्यापिटल, नयाापल्टनमा लिएर गए । होटल जाादा देखिएको सडक निकै चौडा र सफा थियो तर ट्राफिक जाम भने खपिनसक्नुको थियो ।
यात्राको दोस्रो दिन हामीलाई आमन्त्रण गरिएको मुख्य कार्यक्रम हुादै थियो । आयोजकले हामीहरुलाई बेलुका ७ बजे बोलाएका थिए तर ट्राफिक जामका कारण ८ बजे मात्र कार्यक्रमस्थल पुग्याौ । बंगलादेश शिल्पकला एकेडेमी हलमा आयोजना गरिएको कार्यक्रमका मुख्य अतिथि बंगलादेश जातीय संसद्मा उपसभामुख वकिल महम्मद फजलेरब्बि मियां रहेका थिए भने नेपाली राजदूतावासका चाल्र्स डि एफेयर्स एवं कार्यवाहक राजदूत शशि लम्सालसहित दूतावासका अन्य पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो । त्यस्तै बंगलादेश–नेपाल मैत्री समाजका पदाधिकारीहरु, सल्लाहकारहरु एवं बंगलादेशी कवि एवं कवयत्रीहरुको उपस्थिति थियो । कार्यक्रममा नेपाली एवं बंगलादेशी कवि एवं कवयत्रीहरुले आ–आफ्ना भाषामा र अंग्रेजी भाषामा समेत कविताहरु सुनाएका थिए । नेपालबाट गएका हामीहरुलाई त्यहाा फूलका गुच्छाबाट स्वागत गरियो । नेपालका तर्फबाट पनि मैत्री समाजका पदाधिकारी एवं सल्लाहकारहरुलाई मायाको चिनो आाखिझ्यालबाट बनाइएका कलात्मक फ्रेम प्रदान गरिएको थियो । कार्यक्रममा नेपाल एवं बंगलादेशका कलाकारहरुले नाचगानको प्रस्तुति दिएर दर्शकहरुलाई मनोरञ्जन दिएका थिए ।
भ्रमणको तेस्रो दिन बिहान बंगलादेश लायन्स क्लब एम डि ३१५ बंगलादेशका मल्टिपल डिष्ट्रिक सेक्रेटरी मोसिउर अहमदसागको भेटपछि नेपाली टोली अहमदसागै ढाकाको मुख्य बजारको भ्रमणमा निस्कियो । ढाकामा रहेको सबैभन्दा पुरानो अग्लो भवन टोयोटा भवन, सबैभन्दा अग्लो आधुनिक ४७ तलाको भवनलगायत ढाकाको व्यापारिक स्थल मोतीझिललगायतका स्थानहरु हेर्नलायक थिए । भ्रमणका क्रममा लायन एम ए रसिद साह सम्राटले बंगलादेशको लायन्स पीन एवं उपहारहरुबाट पंक्तिकार तथा भ्रमण टोलीलाई सम्मान तथा उपहार प्रदान गर्नुभयो । उहााले देखाएको आतिथ्यको जति नै प्रशंसा गरे पनि कम हुन्छ । घुमघामका क्रममा नेपाली टोलीले बंगलादेशको जातीय संसद भवन, काजी नसरुद्दिनको समाधिस्थल, जातीय भाषा स्मारक स्थललगायतका स्थानको भ्रमण गर्यो । बंगलादेशका यी सबै ऐतिहासिक स्थलहरुको आ–आफ्नै किसिमको महत्व छ, तथापि बंगलादेशको जातीय संसद भवन हेर्नलायक रहेछ । सन् १९६१ मा निर्माण सुरु गरेर सन् १९८२ मा सम्पन्न गरिएको भवन संसारकै सबैभन्दा ठूलो र सुविधा सम्पन्न एवं सुरक्षाको दृष्टिकोणबाट पनि अत्यन्त सुरक्षित रहेको जानकारी हामीलाई गराइयो । सो भवनका डिजाइनर अमेरिकन इन्जिनियर प्रो. लुइसले गरेका रहेछन् । उक्त दिन बेलुका नेपाली राजदूतावासबाट खानपिनको कार्यक्रम राखिएको थियो । बंगलादेशको खपिनसक्नुको ट्राफिक जामलाई छिचोल्दै हाम्रा पथप्रदर्शक मोहम्मद सलावद्दिन कुटुले समयमा नै राजदूतावासमा पुर्याए । झण्डै एक बिगाहा क्षेत्रफलमा फैलिएको र नेपाली शैलीमा निर्माण भएको नेपाली राजदूतावास भवनमा पुगेपछि हामीलाई कार्यवाहक राजदूतले स्वागत गरे । कार्यक्रममा सभामुख वकिल प्रमुख अतिथि थिए । उक्त कार्यक्रममा केही अतिथिहरुले मन्तव्य राखे भने दुवै देशका कवि एवं कवयत्रीहरुले नेपाली, अंग्रेजी एवं बंगला भाषामा आआफ्ना कविताहरु वाचन गरे अनि नेपाली कलाकारहरुको संक्षिप्त नाचगान र खानपिनपछि कार्यक्रम समाप्त भयो ।
भ्रमण दलको चौंथो दिन हामीहरु बंगलादेशका सहिदहरुको सम्झनामा बनाइएको सहिद स्मारक पुग्याौ । ढाका सहरबाट ३५ कि.मि. टाढा रहेको यस स्मारक स्थल निकै ठूलो भूभागलाई ओगटेर बनेको रहेछ । स्मारक स्तम्भ निकै ठूलो सजिसजावट र कलात्मक किसिमले बनाइएको छ । सहिद स्मारकमा बंगलादेशीहरुले सहिदहरुलाई दिएको सम्मान सम्झनलायक देखिन्थ्यो । भ्रमणका क्रममा बंगलादेशको म्यूजियम हेर्ने हाम्रो हुटहुटीलाई पथप्रदर्शक कुटुले सहज बनाइदिए । म्यूजियममा पुग्नासाथ उपनिर्देशक निरु सामशून नहिरले अवलोकन गराइन् । निकै फस्र्याइली उनले त्यति ठूलो म्यूजियमको संक्षिप्त अवलोकन गराइन् । म्यूजियम निकै हेर्नलायक छ, ऐतिहासिक वस्तुहरुको विभिन्न कक्ष एवं बंगलादेशीहरुको रहनसहन एवं संस्कृति र सभ्यताको परिचय दिने किसिमको यो म्यूजियमले हामीहरुलाई निकै ज्ञान दिएको अनुभव भयो ।
हाम्रो बंगलादेशको बसाइाको अन्तिम अघिल्लो दिन फुर्सद नै थियो । बिहान ढाकाको केन्द्र भागमा रहेको ढाकेश्वरी मन्दिरको दर्शन गरेर किनमेलमा केन्द्रित भयौा । किनमेलका क्रममा सूति कपडाका सामानहरु, सर्ट, सारी, कुर्था सुरुवाल लगायतका र छालाका सामानहरु तुलनात्मक रुपमा निकै सस्तो लाग्यो । एकदाम भन्ने लेखिएको भएता पनि यहां दलाली पनि चल्ने जस्तो देखियो । त्यही सामानलाई हाम्रा साथीहरु कसैले बढी तिरे भने कसैले कम मूल्यमा खरिद गरे । बजारमा देखिएको मानिसहरुको रौनकसागै गर्मी पनि खपी नसक्नु थियो । सांझ बेटन रोग होटलमा बंगलादेशका पूर्व न्यायाधीशले डिनरको आयोजना गरेका थिए । कार्यक्रममा आयोजकहरुबाट स्वागतपश्चात् हाम्रो टोलीका नेता पवन आलोकले मन्तव्य दिनुभयो । हामीहरुबीच उपहारहरुको आदानप्रदान भयो । उक्त खानपिन एवं भेटघाट कार्यक्रममा दुवै देशका पदाधिकारी एवं सदस्यहरुबीच विचार आदानप्रदानसमेत भयो । यो यात्राको अन्तिम दिन बिहान ८ बजिसकेको थियो एयरपोर्ट जानमा निकै हतार थियो हामीहरुलाई । कुटु समयमा नै मोटर लिएर होटलमा आइपुगे । धन्य शुक्रबार र शनिबार बंगलादेशमा कार्यालयहरु बन्द हुादा रहेछन् । सडक निकै खुकुलो भएकाले समयमै एयरपोर्टमा पुग्न सकियो । सबै चेकजााचपश्चात् हाम्रो टोली काठमाडौंका लागि रवाना भयो । एक घण्टाको उडान अवधिमा हाम्रो जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भयो । पंक्तिकारको तन काठमाडौं उत्रिइसक्दा पनि मन भने बंगलादेशमै अलमलिरहेको थियो । कारण थियो, बंगलादेशीहरुले हामीप्रति देखाएको सद्भाव र उनीहरुको आतिथ्य ।
पूर्व, उत्तर र पश्चिममा भारतसाग जोडिएको बंगलादेश भूगोलको हिसाबले नेपालभन्दा सानो अर्थात् १४३,९९८ वर्ग किलोमिटर रहेको छ । .तर जनसंख्याको चापको हिसाबले यो संसारको सबभन्दा बढी जनघनत्व भएको मुलुक हो । झण्डै १६ करोड जनसंख्या रहेको यस देशमा ९० प्रतिशत मुस्लिम धर्मावलम्बीहरुको बाहुल्य रहेको छ भने १० प्रतिशतभन्दा कम हिन्दूहरु रहेका छन् । बंगलादेश मुस्लिम धर्म मान्ने अन्य मुलुकहरुको तुलनामा कम कट्टर मुस्लिमवादी सोच रहेको मुलुक हो । तथापि स्वतन्त्रताको समयमा केही धार्मिक दङ्गाहरु भने भएका थिए । अहिलेको विश्वव्यापी मुस्लिम अतिवादका छिटाहरु केही मात्रामा यहाा पनि परेको छ ।
नेपालीहरुप्रति निकै आत्मीयता दर्शाउने बंगलादेशले झण्डै ४५ वर्षको अवधिमा निकै प्रगति गरेको छ । डुबान, समुद्री आाधीलगायतका प्रकोपहरुको जोखिममा रहेको यस देशले विकासमा निकै फड्को मारेको छ । यसका पछाडि सरकारको स्थायित्व रहेको उनीहरुको भनाइ छ । बंगलादेशमा दुईवटा ठूला राजनैतिक दलमा महिला नेतृ तथा सभामुख पनि महिला नै रहेका छन् । संसद्मा ३५० सिटमध्ये ५० वटा सिट महिलाहरुलाई मनोनीतका लागि छुट्याइएको छ भने संसद्मा आरक्षण सिटबाहेक २० जना महिला संसद्हरु रहेका छन् ।
बंगलादेश खाद्यान्नमा आत्मनिर्भर बनेको छ । त्यहाा राजनैतिक रुपमा दलहरुका बीचमा प्रतिस्पर्धा रहे पनि राष्ट्रियताका पक्षमा सबैको एकमत रहेको पाइयो । बंगलादेशबाट करिब १८ लाख जनशक्ति विदेशिएका छन् । विप्रेषणको आय, माछा प्रशोधन, पर्यटन, तयारी कपडाको निर्यात तथा ग्यास उत्पादन यहााको आयको प्रमुख स्रोत हुन् । पहिले नेपालभन्दा कम प्रतिव्यक्ति आय भएको यस मुलुकले अहिले नेपाललाई उछिनेको छ । आधारभूत संरचनाको विकासमा ठूलो लगानी छ । यहाा जनता एवं सरकार देशको विकासप्रति प्रतिबद्ध छन् । नियमकानुनको कडाइका साथ पालना हुने यस देशमा जनताहरुमा विकासप्रतिको प्रतिबद्धताले गर्दा समग्र देशले विकासमा फड्को मार्न सफल भएको देखिन्छ । राजनीतिक अस्थिरताबाट गुज्रिरहेको नेपालले पनि बंगलादेशबाट केही सिक्ने हो कि ?