उत्साहजनक व्यापार गर्दै ‘गाजलु’

368

काठमाडौं/ गत शुक्रबारबाट देशभर प्रदर्शनमा आएको चलचित्र ‘गाजलु’ले राम्रो कमाइ गर्न सफल भएको छ । यस वर्षको सुरुवातबाट डेढ दर्जनभन्दा बढी चलचित्र प्रदर्शनमा आए पनि अधिकांशले आफ्नो लगानी सुरक्षित गर्न सकेका थिएनन् । चलचित्र ‘गाजलु’ले भने नेपालभर प्रदर्शनबाट लगानी उठाएर केही नाफा गर्न सफल भएको जानकारी निर्माण पक्षले दिएको छ ।

 
नायक अनमोल केसी र मिस नेपाल सृष्टि श्रेष्ठको प्रमुख भूमिका रहेको चलचित्र ‘गाजलु’ले पूर्वकुमारीको विषयवस्तुलाई उठान गरेको छ । एउटी केटी कुमारी जीवनयापन गरिसकेर समाजमा फर्किादा उनले गर्ने क्रियाकलापमा समाजले कस्तो सोच राख्छ भन्ने विषय चलचित्रमा रहेको छ ।

 
चलचित्र ‘गाजलु’ले प्रदर्शनको दुई दिनमै करोड क्लबको आाकडालाई पार गरेको थियो । नायक अनमोल केसीले अभिनय गरेको यो दोस्रो चलचित्र हो, जसले २ दिनमै करोड क्लबको आाकडा पार गरेको छ । पहिलो चलचित्र भए पनि नायिका सृष्टि श्रेष्ठले राम्रो काम गरेको तारिफ पाएकी छिन् । योसागै नायक अनमोल केसीको स्टारडम चौथो पटक पनि उस्तै चम्किएको छ । चलचित्रका अन्य पात्र सलोन बस्नेत र नायिका मेनुका प्रधानको कामलाई पनि रुचाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here