परमाणु हतियारको घेराबन्दीमा नेपाल

512

प्रभावको हिसाबले उच्च जोखिममा, सुरक्षा तयारी शून्य
वसन्त खड्का

 
नेपालले हालैमात्र २५६०औं बुद्ध जयन्ती मनाउादै विश्वशान्तिको सुरुवात नेपालबाट भएको सन्देश अन्तर्राष्ट्रिय समुदायलाई दिएको छ । भगवान् गौतम बुद्ध नेपालमै जन्मिएका हुन्, विश्वशान्तिको सुरुवात नेपालबाटै भएको हो र बुद्धकै पथबाट मात्र विश्वमा शान्ति कायम गर्न सकिन्छ र गर्नुपर्छ भन्ने सन्देशसहित अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सकिएलगत्तै अमेरिकी राष्ट्रपति बाराक ओबामा एसिया भ्रमणका क्रममा विश्वशान्तिलाई चुनौती दिनेगरी दोस्रो विश्वयुद्धका बेला अमेरिकाले परमाणु बम बर्साएको जापानको हिरोसिमा पुगेका छन् । संयोग नै भन्नुपर्छ नेपालमा विश्वशान्तिको कामना गर्दै बौद्ध सम्मेलन सम्पन्न भएलगत्तै राष्ट्रपति ओबामाले परमाणु बमका कारण तहसनहस बनेको हिरोसिमा पुगेर विश्व शान्तिको कामना गर्दै विश्वशान्तिका लागि परमाणु हतियारको संख्या घटाउादै लैजाने घोषणा गरेका छन् । हिरोसिमा, जापानका प्रधानमन्त्री सिन्जो आबे तथा परमाणु बमवारीबाट बचेका मानिसहरुको भीडलाई सम्बोधन गर्दै ओबामाले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । जापानको हिरोसिमा र नागासाकिमा अमेरिकाको बमवारीका कारण एक लाख २९ हजारले ज्यान गुमाएका थिए भने परमाणु बमका कारण कैयाौ मानिसहरु प्रभावित भएका थिए ।

 
परमाणु हतियारको क्षमताका आधारमा पहिलो र दोस्रो स्थानमा रहेका रुस र अमेरिकाले विश्वबाट परमाणु हतियारको संख्या कम गर्दै जाने घोषणा गरिरहादा नेपालका छिमेकी मुलुकहरु चीन, भारत तथा नजिकको मित्र देश पाकिस्तानले भने परमाणु हतियारको संख्यामा वृद्धि गरिरहेका छन् । नेपाल मामिलामा प्रत्यक्ष जोडिने यी तीन मुलुकहरु एक अर्कालाई आफ्ना प्रतिद्वन्द्वी समेत मान्दै आएका छन् । मानव अस्तित्वकै लागि चुनौतीपूर्ण मानिादै आएको परमाणु हतियारको विकासमा प्रतिस्पर्धा गरिरहेका छिमेकी मुलुकहरु र उनीहरुको एकअर्काप्रतिको कटुतापूर्ण सम्बन्धका कारण हुनसक्ने परमाणु हतियारको प्रयोग वा आणविक दुर्घटनाको जोखिमका हिसाबले नेपालसमेत उच्च जोखिममा रहेको विज्ञहरुको दाबी छ ।

 
चीन, भारत र पाकिस्तानमा परमाणु हतियारको अवस्था
नेपालको छिमेकी मुलुक चीन परमाणु शक्तिका हिसाबले विश्वको चाौथो शक्तिशाली मुलुक मानिन्छ । त्यस्तै छिमेकी मुलुक भारत साताौ शक्तिशाली तथा दूरीका हिसाबले नजिक रहेको मित्र राष्ट्र पाकिस्तान छैटाौ स्थानमा पर्छ । विश्वमै आफ्नो महत्वपूर्ण उपस्थिति जनाउने यी मुलुकहरु एसियामा आफ्नो महत्वपूर्ण प्रभाव देखाउन शक्ति संघर्ष गरिरहेको देखिन्छ । यही कारण पनि उनीहरु आफूलाई कसरी हतियारमा शक्तिशाली बनाउने प्रतिस्पर्धा गरिरहेका छन् । यो प्रतिस्पर्धामा अग्रपंक्तिमा आउन परमाणु हतियार उनीहरुका लागि सहयोगी बनेको छ । यही प्रतिष्ठाको लडाइामा अग्रपंक्तिमा देखिन परमाणु हतियारसम्बन्धी क्षमतालाई चीन, भारत र पाकिस्तानले निरन्तर वृद्धि गरिरहेका छन् ।

 
चीनमा परमाणु हतियार
विश्व शक्तिमा उदाउादै गरेको एसियाली मुलुक चीन परमाणु हतियारको क्षमताका हिसाबले चाौथो स्थानमा पर्छ । सन् १९६४ बाट परमाणु हतियारको उत्पादन सुरु गरेको चीनसाग सन् २०१५को एक अध्ययनअनुसार २६० परमाणु हतियार रहेका छन् । हाल परमाणु हतियारको संख्यामा कुनै थपघट नगरेको चीनले विस्तारै यो संख्यामा वृद्धि गर्ने योजना बनाएको छ । चीनले हाल आफूसाग रहेका परमाणु हतियारलाई तत्कालै प्रयोग नगर्ने गरी स्टोरमा राखेको र परमाणु हतियार जडान गरेका वाहनलाई समेत छुट्याएर राखेको जनाइन्छ । चीनसाग रहेका हवाई, जमिन र समुद्रबाट आक्रमण गर्न सकिने परमाणु शक्तिमध्ये हाल जमिनबाट प्रयोग गर्न सकिने ब्यालेस्टिक मिसाइल र परमाणु हतियार जडित एयरक्राफ्टहरु मात्र अप्रेशनमा रहेको जनाइन्छ । २६० परमाणु हतियारमध्ये १९० परमाणु हतियार अप्रेशनमा रहेको र बााकी ७० परमाणु हतियारहरु अप्रेशनमा नरहेको जनाइएको छ ।

 
सञ्चालनमा नरहेका परमाणु हतियारलाई चीनले नन–अप्रेशन फोर्समा राखेको छ । यसमा सञ्चालनमा नरहेका तर विकास भइसकेको ७० वटा परमाणु हतियार, नयाा प्रणालीबाट विकास हुादै गरेका परमाणु हतियार तथा भविष्यमा विकास गरिने अप्रेशनल सिस्टमहरु रहेका छन् ।

 
भारतमा परमाणु हतियार
सन् १९७४ बाट परमाणु हतियारको उत्पादन सुरु गरेको भारत परमाणु हतियारको क्षमताको आधारमा विश्वको सातौा शक्तिशाली मुलक हो । भारतमा हाल ९० देखि ११० वटा परमाणु हतियार रहेको दाबी गरिन्छ । यो तथ्यांक भारतको प्लुटोनियम हतियारसम्बन्धी सूची र चालू हालतमा रहेका परमाणु उत्पादन प्रणालीमा आधारित रहेको छ । भारतमा रहेका परमाणु हतियारहरु प्लुटोनियममा आधारित रहेको विश्वास गरिन्छ । सन् २०१५मा भारतमा प्लुटोनियमको भण्डारण शून्य दशमलव ५७ र शून्य दशमलव ६१ टन रहेको तथ्यांकमा उल्लेख गरिएको छ । उक्त प्लुटोनियम भाभा अटोमिक रिसर्च सेन्टर (बीएआरसी)बाट उत्पादन गरेको जनाइएको छ ।

 
भारतले लगभग ६ वटा ब्रिडर रेक्टर निर्माण गर्ने योजना बनाएको छ । जसले प्लुटोनियम हतियार उत्पादनसम्बन्धी क्षमता वृद्धि गर्छ । अहिले पनि भारतले पााच सय मेगावाट क्षमताको प्रोटोटाइप फास्ट ब्रिडर रेक्टर निर्माण गरिरहेको छ । इन्दिरा गान्धी सेन्टर फर अटोमिक रिसर्च कम्प्लेक्स कलपाक्कम तमिलनाडुमा उक्त प्रोटोटाइप फास्ट ब्रिडर रेक्टर निर्माणाधीन रहेको छ ।

 
पाकिस्तानमा परमाणु हतियार
सन् १९९८ बाट परमाणु हतियारको उत्पादन सुरु गरेको पाकिस्तान परमाणु हतियारको क्षमताको आधारमा विश्वको छैटौा शक्तिशाली मुलुकमा पर्छ । हाल एक सयदेखि एक सय २०को संख्यामा परमाणु हतियार रहेको अनुमान गरिने पाकिस्तानसाग जमिन र हवाई माध्यमबाट आक्रमण गर्नसक्ने परमाणु हतियार रहेका छन् । हाल पाकिस्तानले आफूसाग रहेका परमाणु हतियारलाई प्रहार गर्ने साधनबाट छुट्याएर स्टोर गरिएको विश्वास गरिन्छ । तर पाकिस्तानको दि स्टाटेजिक प्लान्स डिभिजन (एसपीडी) (जसले पाकिस्तानको परमाणु शक्तिको परिचालन गर्छ) ले भने परमाणु हतियार स्टोर गरेर राखेको विषयमा केही बोलेका पाइादैन ।

 
पाकिस्तानका परमाणु हतियारहरु उच्च गुणस्तरको युरिनियम (हाइली इनरिच्ड युरेनियम) (एचईयु) को प्रयोगबाट निर्माण गरिने विश्वास गरिन्छ । पाकिस्तानले एचईयुबाटै सैन्य प्रयोजनका लागि परमाणु हतियारहरु बनाइरहेको छ । सन् २०१४मा पाकिकस्तानसाग एचईयुको भण्डारण २ दशमलव ७ देखि ३ दशमलव ५ टनसम्म रहेको अनुमान गरिन्छ ।

 
परमाणु बम आक्रमणबाट बालबाल बचेको थियो भारत
भारत र पाकिस्तान दुवै परमाणु हतियारले सुसज्जित मुलुक हुन् । यी दुई मुलुकबीचको सम्बन्ध युद्धकै अवस्था जस्तो छ । कुनै पनि बेला युद्ध सुरु हुनसक्ने यी दुई मुलुकका बीचमा द्वन्द्व हुादा सन् १९८४मा पाकिस्तानले झण्डै परमाणु हमला गरेको थियो । पाकिस्तानले सन् १९९८ बाट मात्र परमाणु हतियार उत्पादन गर्न सुरु गरेको भनिए पनि पाकिस्तानका परमाणु कार्याक्रमका पिता अब्दुल कादिर खानले १९८४ देखि नै पाकिस्तानसाग परमाणु परीक्षण गर्ने क्षमता रहेको र त्यतिबेला नयाा दिल्लीलाई पााच मिनेटमै ध्वस्त बनाउने योजनासमेत बनेको जनाएका छन् । पाकिस्तानको परमाणु परीक्षणको १९औं वार्षिकोत्सवका अवसरमा खानले इस्लामाबादमा यस्तो खुलासा गरेका हुन् ।

 
पाकिस्तानका तत्कालीन राष्ट्रपति जनरल जिया उल हकको विरोधपछि उक्त परीक्षण रोकिएको खानले दाबी गरेका छन् । परमाणु परीक्षण गर्दा पाकिस्तानले प्राप्त गर्दै आएको अन्तर्राष्ट्रिय सहयोग रोकिने भन्दै राष्ट्रपति हकले विरोध गरेकाले परीक्षण रोकिएको उनले जनाएका छन् ।

 
अझै टरेको छैन संकट
पाकिस्तानी वैज्ञानिकको परमाणु हतियार प्रयोगको प्रयासबारे गरेको खुलासापछि भारतीय वैज्ञानिकहरुले त्यसको खण्डन गर्दै भारतसाग पनि परमाणु बम रहेको र परमाणु हतियारबाट पाकिस्तानलाई ध्वस्त बनाउने क्षमतासमेत रहेको भन्दै चेतावनीपूर्ण जवाफ दिएका छन् । भारतीय वैज्ञानिकहरुले भारत परमाणु हतियार युद्धका लागि नभई प्रतिरोधका लागि मात्र प्रयोग गर्ने समेत जनाएका छन् । यी दुई छिमेकी मुलुकबीच रहेको द्वन्द्वको अवस्था र बेलाबेलामा परमाणु हतियार प्रयोगका विषयमा भएका प्रयास र चेतावनीले पनि दुई मुलुकको सम्बन्धका कारण कुनै पनि बेला परमाणु हतियार प्रयोग हुने सम्भावना र यसबाट उत्पन्न हुने संकट यथावत् नै रहेको देखिन्छ ।

 
उच्च जोखिम क्षेत्रमा नेपाल
नेपाल आफौले परमाणु कार्यक्रमहरु अघि बढाएको छैन । तर दुई ठूला छिमेकी चीन र भारत तथा नजिकैको मित्रराष्ट्र पाकिस्तानले उत्पादन गरिरहेको परमाणु हतियारको जोखिमबाट भने नेपाल सुरक्षित छैन । छिमेकी मुलुकहरुले नेपालमाथि परमाणु हतियार गर्नुपर्ने कुनै कारण त देखिादैन तर उनीहरुको आपसी द्वन्द्वका कारण प्रयोग हुनसक्ने परमाणु परीक्षण वा आक्रमणको जोखिमबाट भने नेपाल सुरक्षित रहन नसक्ने परमाणुसम्बन्धी अध्ययन गरेका नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठानका वरिष्ठ वैज्ञानिक डाक्टर बुद्धराम साह जनाउाछन् । साह भन्छन्, ‘नेपाल छिमेकी मुलुकले विकास गरिरहेको परमाणु कार्यक्रम तथा हतियारबाट हुनसक्ने दुर्घटनाको उच्च जोखिममा रहेको छ । यसका लागि नेपाल सधैं सचेत रहन आवश्यक छ ।’ आणविक दुर्घटना वा परमाणु बमका कारण हुने नोक्सानीका हिसाबले नेपाल चीन, भारत र पाकिस्तान तीनवटै मुलुकको धेरै नजिक रहेकाले ती कुनै पनि मुलुकमा यस्ता दुर्घटना भएमा नेपालमा ती देशहरुमा जस्तै प्रत्यक्ष असर गर्ने साहको भनाइ छ । यसको कारण नेपालका छिमेकी मुलुकमा रहेका आणविक केन्द्रहरु नेपालको सीमा जोडिएका स्थानमा रहनु मुख्य कारण रहेको साह जनाउाछन् ।

 
के छ नेपालको तयारी ?
परमाणु हतियारहरुको बीचमा रहेको नेपालले आकस्मिक रुपमा हुनसक्ने आणविक दुर्घटना वा परमाणु हतियार प्रयोगलाई मध्यनजर राख्दै थुप्रै तयारी गर्नुपर्ने हुन्छ । डा. साहका अनुसार नेपालले कुनै पनि बेला हुनसक्ने यस्तो जोखिमबाट बच्न न्युक्लियर इमरजेन्सी प्रिपेयर कार्यक्रमसमेत तयारी अवस्थामा राख्नुपर्छ । तर नेपाल सरकारसाग हालसम्म सुरक्षित रहने कुनै तयारी नै नरहेको डा.साह जनाउाछन् । नेपालमा हालसम्म ‘न्युक्लियर ल’ अर्थात परमाणुसम्बन्धी कानुन समेत बनेको छैन । पछिल्लो समय नेपाल सरकारले परमाणुसम्बन्धी कानुन निर्माणको तयारी सुरु गरेको तर यसका लागि अझै केही समय लाग्ने डा. साहको भनाइ छ ।

 
नेपाल सन् २००८ देखि संयुक्त राष्ट्र संघअन्तर्गतको अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (आईएईए) सदस्य समेत रहेको छ । सदस्य राष्ट्रको हैसियतले नेपालले सम्भावित दुर्घटनाबाट जोगिन वा दुर्घटना भइहालेमा तत्काल अपनाउनुपर्ने सुरक्षा अवस्थाका लागि आईएईएबाट सहयोग लिन सक्छ । तर यसतर्फ हालसम्म कुनै पहल नभएको र सरकारले यस्ता विषयमा पहल गर्नुपर्ने साहको सुझाव छ ।

 
के हुनसक्छ असर ?
परमाणु हतियारको प्रयोग वा आणविक दुर्घटनाका कारण अल्पकालीन र दीर्घकालीन असर पर्छ । परमाणु हतियारको प्रयोगका कारण तत्कालै ठूलो मानवीय तथा वातावरणीय क्षति त पुग्छ नै सागै त्यसको उच्च प्रभावमा रहेका क्षेत्रमा समेत त्यसको ठूलो असर पर्छ । परमाणुसम्बन्धी अध्ययन गरिरहेका वैज्ञानिक साहका अनुसार यसको असरलाई तत्कालीन असर (सोम्याटिक इफेक्ट) र दीर्घकालीन असर (जेनेटिक इफेक्ट) गरी दुई भागमा वर्गीकरण गर्न सकिन्छ । आणविक दुर्घटनाका कारण निस्कने विकिरणका कारण तत्कालै रगतमा रक्त कोषिकाको मात्रा घट्ने, उल्टी हुने, कपाल झर्ने तथा मृत्यु समेत हुनसक्छ भने दीर्घकालीन रुपमा जन्मने बच्चाहरु अपांग वा कमजोर मनस्थितिको हुने, जीनमा परिवर्तन हुने, क्यान्सरलगायतका रोगहरुको शिकार हुनेलगायतका समस्याहरु हुन्छन् । त्यस्तै वातावरणीय असरलगायतका समस्याहरु पनि सिर्जना हुने वैज्ञानिकहरुको भनाइ छ ।

 
विश्वमा परमाणु हतियारको अवस्था
सन् २०१५को तथ्यांकअनुसार विश्वभरका विभिन्न नौ मुलुकहरुमा परमाणु हतियार रहेको पाइएको छ । तथ्यांकअनुसार रुस, अमेरिका, बेलायत, फ्रान्स, चीन, भारत, पाकिस्तान, इजरायल तथा उत्तर कोरियासाग परमाणु हतियार रहेका छन् । यी नौ मुलुकहरुमा १५ हजार ८५० परमाणु हतियारहरु रहेका छन् । त्यसमध्ये विभिन्न मुलुकहरुले झण्डै एक हजार ८०० परमाणु हतियारहरु कुनै पनि बेला प्रयोग गर्न सकिने गरी तयारी अवस्थामा राखेको अध्ययनमा उल्लेख गरिएको छ । विश्वका कुल परमाणु हतियारमध्ये रुस र अमेरिकासाग ९३ प्रतिशत परमाणु हतियार रहेको अध्ययनमा उल्लेख गरिएको छ ।

 
परमाणु हतियारका हिसाबले रुस सबैभन्दा शक्तिशाली मानिन्छ । रुससाग सबैभन्दा धेरै ७५०० परमाणु हतियार रहेको जनाइन्छ । सन् १९४९ देखि परमाणु हतियारको उत्पादन सुरु गरेको रुसले पछिल्लो समय परमाणु कार्यक्रलाई घटाउादै लगेको छ । परमाणु हतियारको संख्याको आधारमा रुसपछि दोस्रो स्थानमा अमेरिका रहेको छ । अमेरिकासाग सन् २०१५सम्ममा कुल ७२०० परमाणु हतियार रहेका छन् । सन् १९४५ देखि परमाणु हतियारको उत्पादन सुरु गरेको अमेरिकाले दोस्रो विश्वयुद्धताका जापानको हिरोसिमा र नागासाकीमा परमाणु बम आक्रमण गरेको थियो ।
युरोपियन मुलुक फ्रान्स परमाणु हतियारको संख्याका हिसाबले तेस्रो स्थानमा रहेको छ । सन् १९६० देखि परमाणु हतियारको उत्पादन सुरु गरेको फान्ससाग ३०० परमाणु हतियार रहेका छन् । त्यस्तै, चीन चौंथो स्थानमा रहेको छ भने बेलायत पााचाौ स्थानमा रहेको छ । सन् १९५२ देखि परमाणु हतियारको उत्पादन सुरु गरेको बेलायतसाग २१५ परमाणु हतियार रहेको विश्वास गरिन्छ । त्यस्तै परमाणु हतियारको संख्याका हिसाबले पाकिस्तान छैटौा, भारत साताौ र इजरायल आठाौ स्थानमा रहेका छन् । इजरायलसाग ८० परमाणु बम रहेको जनाइन्छ । नवाौ मुलुकमा रहेको उत्तर कोरियासाग ६ देखि ८ वटासम्म परमाणु हतियार रहेको विश्वास गरिन्छ । सन् २००६ देखि परमाणु हतियारको उत्पादन सुरु गरेको उत्तर कोरियाले केही समयअघि हाइड्रोजन बमसमेत निर्माण गरेको दाबी गर्दै आएको छ ।

 

परमाणु हतियार भएका मुलुकहरुको तथ्यांक
देश परमाणु हतियार परीक्षण वर्ष कुल परमाणु हतियार
अमेरिका १९४५ ७२६०
रुस १९४९ ७५००
बेलायत १९५२ २१५
फ्रान्स १९६० ३००
चीन १९६४ २६०
भारत १९७४ ९०–११०
पाकिस्तान १९९८ १००–१२०
इजरायल ८०
उत्तर कोरिया २००६ ६–८
कुल १५८५०
स्रोत: अक्स्फोर्ड विश्वविद्यालय २०१५

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here