किसान भएरै देखेको वास्तविकता

273

दीपेन्द्र रोकाया
मानो छरेर मुरी उब्जाउन मल, बिऊ र श्रम खर्च गर्ने बेला आयो । मैले आफ्नो पिएचडीको शोधकार्यका साथै कृषि काम पनि गत एकवर्ष पूरै ध्यान लगाएर गरो । म किसानको छोरो भए पनि खास कृषि पेशा आगालेको थिइना । अझ भन्ने हो भने किसानहरूको वास्तविकता नजिकबाट अवलोकन नगरी नेपाली किसानको मनोदशा बुझ्न सकिन्न भन्ने लाग्थ्यो । कुनै पनि कुरा अनुभवको तहसम्म नपुगी त्यसको अन्वेषण हुन सक्तैन भन्ने मान्यता राखी मैले आफ्नो काम अगाडि बढाएा ।
यो अवसर २०७२ वैशाख १२ गते १२ बजे आएको महाभूकम्पले ल्यायो । त्यो दिन म थेसिस लेख्नमै ब्यस्त थिए । छोरीहरूका साथ जीवनसंगीनीले शनिवार भएकाले कतै घुम्न वा फिल्म हेर्न जाने प्रस्ताव गरेका थिए । मैले समय बचतका हिसाबले सातदोबाटोबाट नजिकै पर्ने ग्वार्कोको गुण सिनेमा हलमा गई फिल्म हेर्न सहमत भएा । हामी त्यसतर्फ जाादै गर्दा भूकम्प आयो । हाहाकार नै मच्चियो । त्यसपछिका करिव २ महिना दिनसम्म कोठाभित्र ढुक्कले बस्न सक्ने स्थिति बनेन । खुला चौरमा बस्न पर्‍यो, नानाथरीका तनाव झेल्दै ।
भूकम्पको असर सबभन्दा बढी परेको जिल्लामध्ये सिन्धुपाल्चोकमा सासु ससुरा हुनुहुन्थ्यो, उहााहरूको ब्यवस्थापन गर्नु हाम्रो कर्तब्य थियो । त्यसैले उहााहरूलाई काठमाडौं ल्याएर राख्ने योजना बनायौ । घरबेटीलाई बा–आमालाई ल्याउादै छौ भन्ने जानकारी दिने बित्तिक्कै ‘सरी सर, आज बा–आमा भन्नु होला, भोलि भाइबहिनी भन्दै आफन्तको लर्को लाग्छ’ भन्दै टक्टकिन थाले । मानवीय नाताले सोच्ने बेला घरबेटीको यो ब्यवहारले विकल्प खोज्न बाध्य पार्‍यो । निकै ठाउा घुमियो । यही क्रममा टौखेल बजारमा सुरेश श्रेष्ठ र सन्तोष मगरसाग भेट भयो । उहााहरूको कटेज तथा खेतीपाती देखेपछि एउटा उपाय देखा पर्‍यो । यसैले खेतीपातीका लागि चार रोपनी जग्गा भाडामा लियौ । बस्नका लागि छुट्टै नौ आना जग्गा लिइ कटेज बनायौ ।
यस कार्यमा जीवनसंगिनी देवकी, भाइ दीपक र बहिनी बेलमतीको साथ थियो । हामी बस्ने कटेज बनाउन एक महिना दिन अल्झन परेकाले सुरुमा परम्परागत शैलीमै धान लगायौ । प्राय: नेपालीहरू धान वालीलाई खुबै महत्व दिने गर्दछन् । तर हामी धानखेती नगर्ने ठाउाका भएकाले कस्तो विऊ लगाउन उपर्युक्त हुन्छ ? मल कति प्रयोग गर्ने हो ? खेतको माटोको अवस्था कस्तो छ ? पानीको अवस्था के छ ? काम गर्ने जनशक्ति कसरी ब्यवस्थापन गर्नपर्ने हुन्छ ? जस्ता विषयमा सबै कुरा बुझ्न पर्‍यो ।
रैथानेहरूले काम गर्ने मान्छे पाएकै थिएनन्, हामीले ब्याड राख्यौ । ट्याक्टर लगायौा । भूकम्प आएको ठीक एक महिनापछि अर्थात् २०७२ को असार १२ गते शनिबारका दिन धान रोप्यौ । रोपाइाका दिन विषय विज्ञका रूपमा ससुरा बा र स्थानीय जग्गा धनीको सम्धी बा हुनुहुन्थ्यो । निमा दाइ, भान्जाहरू लोकन्द्र र सन्तोष अनि म बाउसे भयौ । रोपाराहरू देवकी, पवित्रा, बालकुमारी, सरस्वती, देवकी, लक्ष्मी, सम्झना, बेलमती, गोरी, पाल्साङ, गंगा, जमुनालगायत थिए । यस्तै खाजाको ब्यवस्थापन विद्या र स्वस्तिकाले गरे । असारे गीत घन्काउादै जब रोपाइा सुरु भयो, मनै रमायो । हिलो माटोमा रमाउनुको मजै बेग्लै हुादो रहेछ । ठट्टैठट्टामा काम गर्दा मेलो त्यतिकै सर्दो रहेछ । पानी परे पनि काम छोड्न मन लाग्दो रहनेछ । खेतीपातीका बेला तयार गरिने खाजा जोश दिने खालकै ब्यवस्था गर्नुपर्दोरहेछ । हामीले चार रोपनीको रोपाई सजिलै सक्यौ । रोपाइामा बाउसेलाई ८ सय र रोपारालाई ४ सय रूपैयाा दिने असमान ब्यवहार देखेर श्रममा रहेको लैङ्गिक विभेदलाई नजिकबाट बुझ्न पाएा ।
रोपाइा सकेपछि खेतमा टन्न पानी लगाएा । यसो गरेपछि दुई हप्ता दिनसम्म खेतमा जान पर्दैन रहेछ । त्यसपछि दिनैपिच्छे पानी लगाउन बिहान र बेलुकी खेतमा पुग्ने बानी नै बस्यो । पानी लगायो, घर फक्र्यो, अर्को जान्छ, कुलो काटी दिने रहेछ । खेतमा भनेजति पानी भरिन नदिने यहााको चलनै रहेछ । तल्लो र आसपासका खेतवालाहरू बेइमान छन् भने उनीहरूले आफ्नो खेतमा पानी हाल्नलाई अर्काको खेतको आलीभित्र नदेखिने गरी प्वाल पनि पार्दा रहेछन् । यस्ता दाउपेच पनि नजिकबाट देखो । स्थानीयले आफु स्थानीय भएकाले अर्घेलो गर्ने नै रहेछन् । कतिपय बेला खेतको आली ढल्ने, गंगटा, मुसा र सर्पले गर्दा भाक्सी पर्ने र त्यो टाल्दै जानु पर्दो रहेछ ।
खेतमा धान सर्‍यो । तर धानको बोटलाई धााटी निमोठौलाझौ गरी तेलाइल्या झार बाग्लै गरी उम्रन थाल्यो । यसलाई सक्दो पन्छायौ । यस्तै सामा झार देखा पर्‍यो । त्यसलाई पनि सक्दो पन्छायौ । खेतमा पस्दा हातगोडा पाछेर भत्भती पोल्दो रहेछ । हरेक किसान महिलाको चहराउने र चिलाउने जीउको पीडालाई नजिकबाट अनुमान गरो । विस्तारै एक दिन, दुई दिन, हप्ता दिन बिराएर पानी लगाउदै जाादा खेतमा धानले बयाली खेल्न थाल्यो । यतिबेला आएर मनमा छुट्टै आनन्द आउन थाल्यो । बतासले धान हल्लाउादा मन सागसागै दौडिन थाल्यो । हरेक किसानले यसैगरी आनन्द लिने गर्दा हुन् । मैले त्यो दृश्य घरको आागनमा बसेर हेर्दा आफुभित्रको धेरै पीडा भुलेको छु ।
जब धानको वाला लाग्न थाल्यो, केश फुल्न लाग्यो त्यो प्रक्रिया अझ बढ्यो । प्रकृति पनि मनमोहक देखिन थाल्यो । यसले खेतको आली लगाउादा बगेको पसिना बिर्सायो । जब धान पाहेलिदै गयो, हरेकको मुहारमा आनन्द थप्दै गएझै लाग्न थाल्यो । म यसपाली आफ्नै कमाई आफ्नै हातबाट उठाउन लालायित थिएा । दशैको लगत्तै उत्साहका साथ धान काटियो । सारियो । चुटियो । धानको खला छेउमा बसेर रमाउादै खाजा खाइयो । छुट्टै आनन्द आयो । असारमा रोपेको फल कार्तिकमा भित्र्याइयो । छरछिमेकको भनाइमा मिहेनतअनुसार २० मुरी धान राम्रै भएको हो ।
धान भित्र्याएपछि के रोप्ने भन्ने भइ हाल्यो । हिउादमा तरकारी फलाउन अलि बढी डराउन पर्ने स्थिति आयो । यसैले गहुा छरियो । साथै, प्याज, लसुन र धनिया छरियो । गहुा चााहि धान लगाउनुभन्दा सजिलो हुने रहेछ । बिऊ छर्‍यो, ट्याक्टर लगायो । एक पटक पानी लगाए पुग्ने रहेछ । पाकेपछि एकैचोटी काट्न गयौ । गहुा काट्दा कतारबाट कृष्ण भाइ आइसकेका थिए । उनले मन लगाएर सघाए । २०७३ जेठ ६ गते थ्ेरसर मेसिनमा गहुा प्रशोधन गर्दा १७ मिनेट लाग्यो । साढे तीन क्वीन्टल गहुा हात लाग्यो ।
आफ्नो कमाई खाादा छुट्टै आनन्द आउाछ । तर किसानले दु:ख गरेअनुसार मूल्य नपाउने रहेछन् । उनीहरूले लगाएको श्रम, मल र बीऊको मूल्य तथा समयलाई विचार गर्ने हो भने परम्परागत कृषि पेशा घाटाको ब्यवसाय रहेछ । सास हुन्जेलको आश भनेझै जीविका चलाउनलाई मात्र हुन जाादो रहेछ । आधुनिक खेती प्रणालीमा पनि मल, बिऊ, पानी र श्रमका आधारमा निर्धारण हुने भएकाले केही सफल किसानको कथा बाहिर चर्चामा रहेभन्दा अलि फरक नै हुने रहेछ । यदि कोही कसैले कृषि कार्यमा अनुदान नपाउने हो भने भनेजस्तो सफलता पाउन गाह्रो रहेछ । बजार मूल्य दलालहरूका कारण मात्र महागो हुने गर्दो रहेछ ।
कृषिप्रधान देश नेपालमा अन्न आयात गर्न पर्ने भित्री कारण चााहि नीति निर्माण तहको परनिर्भरता र सही भूमि नीति नहुनुको परिणाम हो भन्ने देखियो । हुन त किसानलाई पेन्सन दिने कुरा सुनिन्छन्, सस्तो ऋणका कुरा पनि आउाछन् । राहत र अनुदानका कथा पनि बजारमा आएकै हुन्छन्, यो त केवल उपरीसंरचनामा रहेकाहरूको नजरमा पैसा चलखेल गर्नेहरूलाई मात्र सफल किसान भनेर देखाइदो रहेछ । सरकारी र गैरसरकारी क्षेत्रको यस्तो ब्यवहारले नेपालको कृषि क्षेत्र उाभो लाग्न सक्तैन । अझ कहिल्यै कृषक भएर काम नगरेकाहरू किसान नेता भनेर देखिने गरेका छन् । यो मजाकले नै बताउाछ कि नेपालको कृषि क्षेत्र कमजोर हुादै गएको रहेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here