–निमकान्त पाण्डे–
गत महिना विप्लव नेतृत्वको माओवादीले आयोजना गरेको नेपाल बन्दकै दिन नेपालको एक दैनिक पत्रिकामा भारतीय पत्रकार आनन्दस्वरूप बर्माको आलेख प्रकाशित भयो । उक्त माओवादीले नेपाल बन्दको आयोजना गर्दै गर्दा केही यस्ता जनकारबाही समेत गरेको थियो, जसले जनयुद्ध–१ भन्दा पहिलेको अवस्थाको छनक दिन्थ्यो । त्यही प्रसंगलाई उल्लेख गर्दै बर्माले नेपालमा जनयुद्ध–२ को संकेत भनेर आफ्नो आलेख प्रकाशित गरे । बर्मा नेपालको कम्युनिष्ट आन्दोलन, माओवादीले सुरु गरेको तत्कालीन जनयुद्ध तथा हालका माओवादी धारहरू, माओवादी केन्द्र, क्रान्तिकारी माओवादी तथा विप्लव माओवादीलाई समेत राम्रोसाग बुझेका व्यक्ति हुन् । त्यसैले उनले गरेको जनयुद्ध–२ को आाकलनले राजनीतिक वृत्तमा तरंग सिर्जना गरिदिएको छ । विप्लव माओवादीले लिएको कार्यदिशालाई जनयुद्ध–२ को अभ्यासको संज्ञा दिएका बर्माले कम्युनिष्ट विचारबाट विचलित बाबुरामलाई उनकै नेतृत्वको नयाा शक्तिले गरेको पार्टीको घोषणा सभामा बाबुरामलाई माक्र्सवादी राजनीतिमै रहेको भन्दै बाबुरामले नयाा शक्ति गठनमा लागेपछि दिएको अभिव्यक्तिलाई हुबहु वाचन गरेर धर्म संकटमा पारेका थिए भने प्रचण्डको नेतृत्वमा १० माओवादीधारका पार्टीहरूबीच एकीकरण भई गठन भएको माओवादी केन्द्रलाई नाटकको संज्ञा दिादै आएका छन् ।
बर्माले माओवादी धारका नेताहरू युद्ध स्थगितपछि विभाजित भएकोप्रति टिप्पणी गर्दै परिवर्तन पूरा नहुादै युद्ध स्थगित भएकाले दोस्रो जनयुद्ध हुने भविष्यवाणी नै गरिदिएका छन् । बर्माले जनयुद्ध–२ को प्रकृति हिंसात्मक हुने वा कस्तो हुने हो भन्ने कुरा राज्य संचालकहरूको विवेकमा निर्भर रहने ठोकुवा पनि गरेका छन् ।
यो पंक्तिकारले माओवादी पार्टी शान्ति प्रक्रियामा आएलगत्तै आमूल रूपान्तरणतर्फ नेपालका राजनीतिक दलहरूले ध्यान पुर्याउन सकेनन् भने शान्ति प्रक्रियालाई कसै न कसैले चुनौती दिएर आमूल रूपान्तरणका एजेण्डाहरूलाई सम्बोधन गरेर अगाडि आउन सक्ने विचार पटक–पटक प्रस्तुत गर्दै आएको हो । १० वर्षे युद्धका नायकहरूले नै आमूल रूपान्तरणका विरुद्धमा लागेर क्रान्तिलाई धोका दिएको निष्कर्ष पनि यो पंक्तिकारले दिएको हो । युद्ध हााकेर आएका नेताहरूले देशमा ठूलै राजनीतिक परिवर्तन ल्याइयो भनेर दाबी गरिरहेको बेला भारतीय लेखक बर्माले राजसंस्थाको बिदाईबाहेक अरु कुनै किसिमको परिवर्तन हुन नसकेको र समस्याहरू जनयुद्ध–१ सुरु हुनु अगाडिको भन्दा झनै अस्तव्यस्त अवस्थामा थुप्रिएकोले जनयुद्ध–२ को सम्भावनालाई नकार्न सकिादैन भनेर ठोकुवा गरिदिएका छन् ।
जनयुद्ध–१ किन थालनी गरिएको थियो भन्ने सम्बन्धमा राजनीतिक दलहरू गम्भीर भएर छलफल गर्नै आवश्यक ठानेनन् । शान्तिप्रक्रियामा प्रवेश गरेपछि राजनीतिक दलहरू जसरी पनि जनमुक्तिसेनालाई विघटन गराउनेमै मात्र केन्द्रित भए । युद्धको कारणलाई नपहिल्याई युद्धको संरचना व्यवस्थापन अर्थात् सेना र हतियार व्यवस्थापनमा मात्र देखिएको तदारुकताले अन्तत: एउटा युद्ध रोकिएको १० वर्षमा पुन: अर्काे युद्धको वातावरण तयार हुने अवस्था सिर्जना भइरहेको छ । नेपालमा जनयुद्धको औचित्यका बारेमा लगभग अधिकांश माओवादी धारका नेताहरू समेत एकमत देखिन्छन् । यसैको उदाहरणका रूपमा लिन सकिन्छ रिपोटर्स क्लबबाट हेमन्त प्रकाश ओली नेतृत्वको माओवादी न्यूक्लियसले सशस्त्र युद्धको घोषणा गर्नु, विप्लव नेतृत्वको माओवादीले राजस्व छल्ने, नेपाली जनतालाई लुटेको–विदेशी लगानीको कम्पनी एनसेलमाथि आक्रमण गरेर शान्तिप्रक्रिया भंग भएको सन्देश दिनु, क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ले सोमबार सुरु भएको राष्ट्रिय महाधिवेशनमा बोल्दै पुन: हतियार उठाउने चेतावनी दिनु र कार्यकर्ताहरूलाई बन्दुक बोक्न तयार हुन पनि निर्देशन दिनु तथा सोमबार नै भएको एक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समेत जनयुद्धको औचित्य अझै बााकी रहेको जनाउनु ।
शान्तिप्रक्रियामा प्रवेश गरेको माओवादी शक्तिले युद्धको औचित्य नसकिएको दाबी गर्नु र ठूलो आन्दोलनपश्चात् स्थापना भएको गणतन्त्रात्मक राज्यव्यवस्थामा धमिरा लाग्ने क्रम सुरु हुनुले नेपालमा अझै पनि सशस्त्र युद्धको सान्दर्भिकता नसकिएको संकेत गर्छ । तर राज्यले भने जनयुद्ध–१ का एजेण्डाहरूलाई समेत अहिलेसम्म सम्बोधन गर्न सकिरहेको छैन । आफौभित्र संकटग्रस्त भइरहेका संसदवादी राजनीतिक दलहरू युद्धकालका घटनाबारे के गर्ने भन्ने कुरामा आपसमा मिल्न सकिरहेका छैनन् भने युद्धकालका घटनाहरूलाई ब्युाताउने चलखेल समेत सुरु भएका संकेतहरू देखापर्न थालेका छन् ।
दुई सय चालीस वर्षको लामो इतिहास बनाएको राजसंस्था इतिहासमै सीमित बन्न मञ्जुर भए पनि राजनीतिक दलहरूको अकर्मण्यताले गर्दा राजसंस्थाको पुनस्र्थापनाको बहस पनि सुरु भएको छ । विगतमा राजसंस्थाकै कारणबाट देशमा समस्या थुप्रिएको दाबी गर्ने राजनीतिक दलहरूले अहिलेको विषम परिस्थितिबारे जनतालाई चित्तबुझ्दो जवाफ समेत दिन सकिरहेका छैनन् । जसले गर्दा जनतामा अहिलेको व्यवस्थाप्रति पनि चरम असन्तुष्टि बढेको देख्न सकिन्छ । मुलुकमा बेरोजगारी, अनियन्त्रित महंगी र युवाहरूको विदेश पलायन राजतन्त्रको अवस्थामा भन्दा भयावह बनिरहेको छ । राष्ट्रिय स्वाधीनतामाथि चुनौतीहरू थपिादै आएका छन् । राष्ट्र विखण्डनका आवाजहरू संगठित हुने प्रयास भइरहेका छन् । परन्तु सरकार संचालक दलहरू भागबण्डाकै राजनीति गर्नमा तल्लीन छन् । यो अवस्थाले जनतामा असन्तुष्टि विस्फोट हुने अवस्थामा पुगेको स्पष्ट हुन्छ । त्यही असन्तुष्टिको विस्फोट नै जनयुद्ध–२ हुने निश्चित छ । राज्य संचालक दलहरूले साझा प्रतिबद्धता दर्शाउन सकेनन् भने जनयुद्ध–२ अत्यन्त निर्मम भएर आउने निश्चित छ । विगतमा नेपालले पटक–पटक भोगेका युद्ध र आन्दोलनको अनुभवका आधारमा पनि के चाहिा दाबी गर्न सकिन्छ भने जब जनतामा असन्तुष्टिले चरम रूप लिन्छ, त्यसपछि जनता कसैले रोकेर रोकिादैनन् । यसप्रति राज्य र राजनीतिक दलहरू बेखबर छैनन् । त्यसैले समयमै समस्या समाधानको बाटोमा अघि बढ्ने वा मुलुकलाई पुन: युद्धको अवस्थामा धकेल्ने त्यो दलहरूको गतिविधिले निर्धारण गर्नेछ । समयमै चेतना नआएमा पछि पछुताउनुको कुनै तुक हुनेछैन । सबैलाई चेतना भया ।