झोलामा मुटु बोकेर महिनौ जीवित

224

अमेरिकाका एक व्यक्ति झोलामा मुटु बोकेर पनि महिनौसम्म बााचेका छन् । सामान्यतया मानिसको छातीभित्र हुने मुटुले काम नगरेपछि ती व्यक्तिले कृत्रिम मुटुले काम चलाउनु परेको हो । मिचिगनका २५ वर्षीय स्टान लार्किनले आफ्नो मुटुले पूरै १७ महिना काम नगर्दा पनि बााच्न सफल भएका छन् । उनले सो अवधिमा करिब छ किलोको कृत्रिम मुटु २४ सै घण्टा झोलामा बोकिरहे । फेमेलियल कार्डियोमायोप्याथी नामक रोगका कारण उनको मुटुले काम गर्न छाड्यो । उनलाई तत्काल मुटु प्रत्यारोपण गर्नका लागि दाता भेटिएन । त्यसपछि मिचिगन फ्रेन्केल कार्डियोभास्कुलर सेन्टरका डाक्टरहरूले उनलाई एउटा कृत्रिम मुटु राखिदिए सन् २०१४ मा । झोलामा बोकेर हिाड्नुपर्ने त्यो कृत्रिम मुटु सिन्कार्डिया झण्डै ६ किलोको थियो र त्यसको काम उनको शरीरमा रगत पम्प गर्नु नै थियो । पछि उनको मुटु प्रत्यारोपण भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here