नयाा राजनीतिक दलहरू जनताको रोजाइमा किन पर्नुपर्छ ?

202

चन्द्रप्रकाश वानियाा

 
आवश्यक परे पुन एकपटक हतियार उठाउने हिम्मतका साथ चन्द नेतृत्वको माओवादी गठन भएको हो । यद्यपि चन्दवादीहरूले आफूलाई माओवादी नै भनेर परिभाषित गर्न रुचाए पनि ‘गाउाहरूले शहरलाई घेर्ने’ अर्थात स–साना इलाकाहरू कब्जा गर्दै, आधारइलाकाहरू निर्माण गरेर शहर कब्जा गर्ने माओवादी युद्ध रणनीतिमा भने विश्वास गर्दैनन् । नेपालमा त्यस्तो अभ्यास असफलसिद्ध भइसकेको उनीहरूको ठहर छ । ‘सम्पूर्ण क्रान्ति’ नामको नयाा कार्यनीति अख्तियार गर्ने कुरा उनीहरूको दस्तावेजमा उल्लेख गरिएको छ । अर्थात ’साना ठूला नभन्ति सबै टिपन्ति’ भनेजस्तो उक्त समूहमा किस्ता–किस्तामा क्रान्ति गर्ने कुरामा अविश्वास रहेको देखिन्छ । जे गर्नुपर्ने हो एकैपटक, एकैकिस्तामा, झ्याप्पै पार्ने कुरा छ । लक्षणले भने जादु गरेझैं शहरबजार, गाउाकन्दरा सबै ठाउामा एकैसाथ क्रान्तिको ज्वाला दन्काउलान भनेर कसैले पत्याएको छैन । ‘ढाडमा टेकेर टाउकोमा प्रहार गर्ने ’ हुंकार गर्ने अवस्थामा पुगेको तत्कालीन माओवादी ‘सकिन्न क्यारे यो बाटो अगाडि बढ्न’ भन्ने आत्मबोधले सम्झौता गर्न तयार भएको थियो । सामान्य मान्छेको नजरमा त्यतिबेला जताततै माओवादी नै माओवादी मात्र देखिन्थ्यो । आजै राज्य कब्जा गर्छ, भोलि नै गर्छ भन्ने अवस्था थियो । राज्यको अस्तित्व जिल्ला सदरमुकाम र राजधानीमा खुम्चिएको जस्तो देखिन्थ्यो । तैपनि लडेर जित्न सकिन्न भन्ने आत्मानुभूति माओवादी नेतृत्वले गरेको रहेछ भने चन्द माओवादी त चक्काजाममा बाहेक अन्यत्र अघिपछि कहीाकतै दृष्टिगोचर हुादैन । यसरी पनि कसरी सम्पूर्ण क्रान्ति हुन्छ र भन्ने अविश्वास जनतामा स्पष्ट देखिन्छ ।

 
अर्कोतिर सातसालको क्रान्तिको नेतृत्व गरेयता मुलुकमा जबर्जस्त अस्तित्व कायम गर्दै आएको नेपाली कांग्रेस छ । बुढो गोरुले जुवामा नारीएको बहरलाई लतारेझै एमाले, माओवादी वा अन्य जेजुकै नामका ‘वाम बहर’हरूलाई आफैले तयार पारेको मेलोमा हिंड्न बाध्य पारिरहेकै छ । उसको संगतमा परेपछि क्रान्तिकारी दाराहरू पनि फुक्लन्छन् र प्रगतिशील नंग्राहरू पनि झर्छन् । बहुदलीय जनवादको नाममा एमालेले कांग्रेसको नीतिसमक्ष आत्मसमर्पण गर्‍यो, तत्कालीन माओवादीले एक्काइसौ शताब्दीको जनवादको नाममा बत्तीको पुतली हुन रुचायो । कांग्रेसी अखडामा एकपटक नराम्रोसाग धोवीपाट खाएपछि धङधङाउादै लडखडाउादै उठ्ने प्रयत्न गर्दै गरेको माओवादी केन्द्र नामको राजनीतिक शक्तिले आफ्नो आधारभूमि चटक्कै छोडेर अर्कैको कित्तामा शरणार्थी हुने अभ्यास गर्दैछ । एमाले र माओवादी केन्द्रलगायतका सबै संसदवादी वाम घटकहरूले कम्युनिष्ट नामको मुकुण्डो मिल्काउन नसक्नुको कारण लोकलाज मात्र हो भन्नु कुनै आग्रह ठहर्दैन । विश्व राजनीतिको कुरा अलग होला, नेपालमा भने अब जता हेर्‍यो उतै विभिन्न नाम रूपका कांग्रेसै कांग्रेस मात्र देखिन थालेका छन् । नेपाली मतदाताले यो वा त्यो कांग्रेसमध्ये एउटा रोज्नुपर्ने अवस्था आएको छ । त्यही जमातमा मिसिने गरी अर्को यौटा पार्टी ‘नयाा शक्ति’को नामबाट भर्खरै जन्मेको छ । पुराना तीनवटै कांग्रेसहरूले अख्तियार गरेको बाटो असली कांग्रेसी बाटो हुादै होइन, त्यो बाटो हिंडेर गन्तव्यमा पुगिंदैन । तिनीहरूको कार्यक्रम र कार्यदिशा गलत छ । सााचो कांग्रेसी बाटो त यो पो हो भन्ने जिकिरसहित नयाा शक्तिको प्रादुर्भाव भएको छ ।

 

विडम्बनाको कुरा के रहेको छ भने नयाा शक्तिमा लाग्नेहरूमध्ये माओवादी केन्द्रबाट विरक्तिएका र चन्द माओवादीमा जान नसकेका पूर्वमाओवादीहरूको ठूलो हिस्सा छ भनेर सार्वजनिक टिप्पणी सुनिने गरेको छ । जो जे भए पनि एउटा स्वीकार्नैपर्ने तथ्य के देखिएको छ भने नेपालको राजनीतिमा कांग्रेसको कित्ता झनभन्दा झन फराकिलो बन्दै गएको छ ।
अवश्य, पुरानो भनेको पुरानै हो । नयाा केही गर्नुछ भने नयााले नै गर्ने हो । पुरानै राजनीतिले मुलुकको काम चल्छ, र समाजको हित कल्याण हुन्छ भन्ने हो भने कमल थापाहरूले देखाएको बाटो हिंडे भैहाल्यो । ‘आउ जनता, मलाई बोलाउ’ भन्ने भावभङ्गिमामा विचरा ज्ञानेन्द्र शाहको टिठलाग्दो याचना मुलुकमा प्रदर्शन हुादै छ । नयाा जमानामा, नयाा परिस्थिति र परिवेशमा नयाा राजनीतिको आवश्यकता हो भने नयाा राजनीतिक शक्तिको जन्म हुनु अनिवार्य छ भन्नै पर्छ । राजिनीतिक दलहरू स्थापना हुने भनेको राजनीतिक दर्शनकै आधारमा हो । राजनीतिक दर्शन, चिन्तन र सिद्धान्तलाई एकछिनका लागि बिर्सने हो भने नयाा मान्छेहरू (युवाहरू)को अपेक्षाकृत ठूलो संख्या संलग्न दल वा समूहलाई नयाा राजनीतिक शक्ति हो भन्नुपर्ने हुन्छ । त्यसरी हेर्दा कि त चन्द माओवादीले युवाहरूलाई आकर्षण गर्ने छ कि भने बाबुरामको नयााशक्तिले डोलाउने सम्भावनालाई इन्कार गर्न सकिदैन । चन्दले क्रान्ति र आमूल परिवर्तनको सपना बाड्छन, बाबुरामले समृद्धि, दु्रत सुधार र विकासको नारा दिन्छन् । चन्दले पनि पुरानो बाटोबाट हुादैन भन्छन्, बाबुराम पनि नयाा बाटो खोज्नुपर्छ भन्दैछन् । तर नेपाली समाजले भने तत्काल न चन्दवादीहरूलाई पत्याउने छ न त बाबुरामलाई विश्वास गर्ने छ । हाम्रो समाजले नयाा परिवर्तनलाई तत्काल आत्मसात गर्न सक्तैन । पुरानै रीतिस्थिति र परम्परामा लिसोझै टाासिन मन पराउने हाम्रो संस्कार छ । हाम्रो समाज यथास्थितिमा नराम्रोसाग जकडिएको अवस्थामा छ ।

 
नेपाली मानसिकताको विडम्बना कस्तो रहेको छ भने आफूले भिर्दै आएको जीर्ण भाङ्राको धोती बरु टालटुल पारेर भिर्न रुचाउाछ, नयाा धोती फेर्न भने हिच्किचाउाछ, लाज मान्छ । २०४६ को राजनीतिक परिवर्तनपछि निरन्तर नेपाली कांग्रेस सत्तामा छ । सत्ताबाट कहिलेकाहीं बाहिर परे पनि उसको अर्थनीतिले भने अविछिन्न निरन्तरता पाएको छ । र उसको अर्थनीति पूरै असफल भैदिनाले मुलुकलाई टाट उल्टाइसकेको छ । तन्नम गरिब राष्ट्रमा मुलुकको नाम दरिने परिस्थिति निर्माण भैसकेको छ । तर पनि जनताको कांग्रेसप्रतिको विश्वास, भरोसा र माया सदाबहार रहादै आएको छ । २०५१ र २०६४ मा पछारिएको कांग्रेस त्यसपछि पुन: उठेको छ । नेपाली मतदाताहरूको पहिलो रोजाइको पार्टी बन्दै आएको छ । नेपालीहरूको मानसपटलबाट कांग्रेसले ल्याएको बहुदलीय व्यवस्थाको स्मरण कहिल्यै धमिलो हुादैन, माओवादीले ल्याएको गणतन्त्र भने सम्झने आवश्यकता ठानिदैन । कांग्ेरसले स्थापना गरेको कुलीनतन्त्र सम्झन्छन्, माओवादीले स्थापना गरेको समावेशीतन्त्र बिर्सन्छन । त्यसैले नेपाली बजारमा नयाा शक्ति होस् वा नयाा जनवादी शक्ति कसैको विचार, दर्शन र सिद्धान्त बिकाउ होला भनेर पत्याउन गाह्रो छ ।

 
नयाा जनवादी क्रान्तिको कुरा गर्ने चन्दमाओवादी एउटा मात्र होइन, अनेक छन् । नेपाल किसान मजदुर पार्टी छ, नेकपा मसाल छ र पार्टीको नयाा न्वारान गर्ने तरखरमा रहेको वैद्यवादी छ । तर ती सबै क्षयन्मुख समूहहरू हुन् । तिनीहरूमध्येको कुनै एउटा पनि कुनै दिन तङ्ग्रन्छ र ठमठमी हिंड्न लायक बन्छ भनेर पत्याउनै सकिंदैन । ती त मृत्युशैयामा पुगेका बिरामीजस्ता हुन । तिनीहरूलाई लागेको असाध्य रोग ‘बुढेस’ हो । बुढोलाई तन्नेरी बनाउनसक्ने विधि र औषधीको आविष्कार आधुनिक विज्ञानले गर्न सकेको छैन । ‘वृद्धत्व’ मृत्युको निम्तोपत्र हो । मृत्युको निम्तो अस्वीकार गर्ने ताकत कसैमा छैन । मानिसको मात्र के कुरा पृथ्वी पनि बुढो हुादैछ भनेर मानिन्छ । सूर्यबाट अनुदानमा प्राप्त हुने जीवनतत्व ‘ताप’को आपूर्ति रोकिनासाथ पृथ्वी सती जान्छ भनेर विद्वान वैज्ञानिकहरूले भन्छन् । हो त्यही अनिवार्य नियति उन्मुख छन् बुढा कामरेडहरूले नेतृव गरेका कम्युनिष्ट पार्टीहरू ! । दर्शन पुरानै भए पनि, सिद्धान्त पुरानै भए पनि, कार्यशैली पुरानै भए पनि चन्दवादीहरूको नेतृत्व नयाा छ । भनेजस्तो क्रान्तिको कार्यभार पूरा गर्न सक्ला वा नसक्ला तर सबैभन्दा लामो आयु त उसैको छ भन्नै पर्‍यो । यमराजको नियममा बुढो र तन्नेरीको विभेद नहुने भए पनि मानिस सरदर आयु बााच्ला भनेर आशा राख्नैपर्ने हुन्छ । जति लामो आयु भए पनि चन्दवादी राजनीतिक शक्ति पूरातन माओवादी नै हो । बाबुरामले जे जे दावी गरे पनि नयाा अवतारमा अवतरण गरेको नयाा शक्ति पनि कांग्रेसले परित्याग गरिसकेको विपीको प्रजातान्त्रिक समाजवादको झड्केलो नै हो । त्यसो भनेर के गर्नु ? आखिर टिकाउ हुने त ‘नयाा’ नै त हो । नयाा वाद –––– जिन्दावाद नभनी सुखै छैन । पुरानोलाई छातीमा टाासेर राखे पनि मृत्युले एकदिन जबर्जस्ती चुडेर लाने नै हो । जुग जाने पिरती गास्ने हो भने नयाा रोज्नुको विकल्पै छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here