बादल समूहको एमाओवादीमा विलयपछि

166

हुकुमबहादुर सिंह

नेकपा (क्रान्तिकारी माओवादी) सर्वहारावर्गको अग्रदस्ता हो, जसले यहि असार ६ गते आफ्नो दोस्रो राष्ट्रिय भेला काठमाडौंको पुरानो बानेश्वरमा भव्यताका साथ सुरू गर्‍यो । भव्यताका साथ यस अर्थमा कि केही दिन अगाडि (करिब एक महिना) पार्टीको नेतृत्वका एउटा ठूलो हिस्सा एमाओवादीमा विलय गरियो । यसरी विलय भएर जानेमध्येका एक जना नेतालाई मैले एउटा प्रश्न सोधेको थिएा—कमरेड तपाईं अन्तिम अवस्थासम्म पनि दृढताका साथ पार्टीलाई एकताको नाममा आत्मसमर्पण गराउनेहरू सित संघर्ष गरेको तर अन्त्यमा गल्र्याम्मै ढल्नुभयो किन ? त्यसको उत्तरमा उहााले भनेको थियो—हुकुम कमरेड ! तपाईले यस्तो प्रश्न एउटा गर्नुभयो तर त्यहााका साथीहरूले त हामीलाई यस्ता अनेकौा प्रश्नहरू सोधेर हैरान पारिरहेका छन् र भन्छन्— हैन तपाईंहरूले के देखेर अहिले फर्कनु भएको छ । के विगतमा तपाईंहरूले विभाजन गर्दा प्रचण्ड गलत थिए तर अहिले तिनी रूपान्तरित भएका छन् र ? के विगतमा विभाजन गर्दा गलत तर अहिले उनी सही छन् र ? आदि इत्यादि । उनको जोड त केमा थियो भने — जसको नेतृत्व (बादल)मा उनीहरू एमाओवादीमा प्रवेश गरे, त्यो एकता हुन सकेन । किरणको नेतृत्वमा एक ढिकका भएर सिद्धान्तनिष्ठ एकतामा जोड दिएको भए केही सम्भव हुन सक्थ्यो तर बादलको नेतृत्व भन्ने पनि भएन । बादल त प्रचण्डका अगाडि गरुडका अगाडि सर्पजस्तै हुनुहुादो रहेछ । त्यसैले उहााबाट प्रचण्डको रूपान्तरण नभई प्रचण्डका अगाडि आत्मसमर्पण मात्रै रहेछ ।

 
उहााका यस्ता अनुभूतीपूर्ण अभिव्यक्तिले के स्पष्ट बनाउन मद्दत गर्दछ भने नेकपा माओवादी केन्द्र अब माओको बोराको आलुजस्तै भएको छ, जसको वर्गीय आधार नै छैन र ती बोराको मुख बन्द गरुन्जेल एउटै जस्ता देखिन्छन् तर बोराको मुखको गााठो खोलीदिादाबित्तिकै एकाएक छरिएर भूईभरी हुन्छन् । अनि यस्तो चरित्र बोकेको पार्टीले नेपालमा क्रान्ति गर्नेछ भन्नु दिवास्वोप्न मात्रै हो । तैपनि पद, पैसाको लोभमा कैयौा ‘क्रान्तिकारी’माओवादीहरूले आफ्नो आत्मालाई ढाटेर क्रान्तिका कुरा गर्दै छन् । तर उनीहरूले क्रान्तिको बाटो छाडिसकेका छन् । किनभने उनीहरू त्यो काम गर्दै छैनन्, जुन कामको व्याख्या विश्व कम्युनिष्ट आन्दोलनका गुरु कार्ल माक्र्सले गर्नुभएको छ । उहाा भन्नुहुन्छ—‘क्रान्तिको बाटोबाट राजनीतिक सत्तामाथि अधिकार जनाउनु नै सर्वहारा वर्गको ऐतिहासिक कर्तव्य हो ।’ सर्वहारा वर्गको यही ऐतिहासिक कर्तव्यलाई भुलेर संसद् र संसदीय व्यवस्थालाई बलियो बनाउन नेपालको संविधान २०७२को कार्यान्वयनमा जोड दिंदै छन् । अनि यस्तो कम्युनिष्ट पार्टीबाट परिवर्तन र क्रान्तिको कुरा गर्नु आफूले आफौलाई ढाट्नु हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here