राज्यको ढुकुटी लुटाउँदै ओली सरकार

211

काठमाडौं/ राष्ट्रवादी अडानमा बलियो देखिएको केपी ओली नेतृत्वको सरकार आर्थिक अनियमिततामा भने विगतका सरकारहरूलाई समेत उछिन्न थालेको पाइएको छ । ओली सरकारले नेताका आफन्त र पहुाचवालालाई राज्यको ढुकुटीबाट डेढ करोड रूपैयााभन्दा बढी आर्थिक सहायता वितरण गरेको रहस्य खुलासा भएपछि जनस्तरमा यसको नराम्रो प्रभाव परेको छ ।
सरकारले आफै निर्माण गरेको कार्यविधि विपरीत आर्थिक सहायता वितरण गरिएको पाइएको छ । आर्थिक अवस्था कमजोर भएका या विशिष्ट व्यक्तिहरूलाई उपचार खर्च गर्ने भनिए पनि बिलअनुसार सोझै अस्पताललाई दिने व्यवस्था कार्यविधिमा उल्लेख छ । त्यस विपरीत गृह मन्त्रालयको सिफारिसमा राम्रो आर्थिक हैसियत भएकाहरूलाई समेत सहयोग दिइएको पाइएको छ ।
मन्त्रिपरिषदको जेठ १३ गरेको बैठकको निर्णयबमोजिम एकैदिन ३१ जना हैसियत भएका नेता तथा नेताका आफन्तलाई डेढ करोड रूपैयााभन्दा बढी आर्थिक सहायता गरिएको छ । कार्यविधिमा विपन्न र विशिष्ट व्यक्तिलाई मात्र अस्पतालको बिलअनुसार उपचार खर्च सहयोग गर्ने उल्लेख छ ।
ओली सरकारले कार्यविधि लत्याउादै पहुाचवाला र राम्रो आर्थिक हैसियत भएका व्यक्तिहरूलाई सहयोग वितरण गर्ने निर्णय गरेपछि विगतका सरकारहरूभन्दा ओली सरकार आर्थिक अनियमिततामा धेरै अगाडि जान खोजेको टिकाटिप्पणी जनस्तरमा पाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here