लापरबाहीको चरम नमूना

172

 उत्तम अर्याल

 
नेपालका विभिन्न क्षेत्रमा नक्कली प्रमाणपत्रधारीहरूको बिगबिगी बढ्दै गएको हालैका प्रहरी कारबाहीले स्पष्ट पारेका छन् । नाम चलेका व्यक्तिहरू पनि अहिले किर्ते कार्य गरी प्रमाणपत्र आर्जनमा संलग्न रहेको आधारमा प्रहरीले धमाधम पक्राउ गरिरहेको छ भने अझै अनुसन्धान जारी राख्ने पनि जनाइएको छ । यो प्रसंग हो हाल नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सञ्चालन गरेको अप्रेसन ‘क्वाक’ को । अप्रेसन ‘क्वाक’को माध्यमबाट सीआइबीले ३५ जनाभन्दा बढी नक्कली प्रमाणपत्रधारी डाक्टरहरूलाई पक्राउ गरेको छ । एकै पटकमा यति ठूलो संख्यामा नक्कली डाक्टरहरू पक्राउ पर्नु र यो संख्या अझै बढ्ने अनुमानले हामी कस्तो जोखिमपूर्ण जीवन बिताइरहेका छौा भन्ने कुरालाई छर्लंग पारेको छ । डाक्टर जस्तो आदरणीय व्यक्तित्व नै नक्कली प्रमाणधारी भएको पुष्टि हुनुले अस्पताल जानु भनेको कतै मृत्युको मुखमा पुग्नु त होइन भन्ने पनि आशंका उब्जिएको छ ।

 
यसरी पक्राउ पर्नेमा चिकित्साक्षेत्रका व्यक्तिहरू मात्र नभएर यसअघि इञ्जिनियर, पाइलटहरू पनि रहेका थिए । प्रहरीले टार्गेट गरेका यी क्षेत्र भनेका अति नै संवेदनशील हुन् । जसमा अलिकति पनि लापरबाही हुने हो भने कुनै पनि बेला मान्छेको ज्यान जोखिममा पर्छ । तर यी क्षेत्रमा नै किर्ते गर्ने व्यक्तिहरूको बोलबाला बढिरहेको छ । अझ चर्चित र कहलिएका डाक्टरहरू नक्कली प्रमाणपत्रधारी भएको फेला पार्नुले यत्रो समयसम्म उनीहरू कसरी बच्न सफल भए भन्ने प्रश्न उब्जन्छ । उनीहरूले पनि विभिन्न क्षेत्रमा दर्ता हुनुपर्ने, आफ्नो कागजपत्रहरू पेस गर्नुपर्ने र अनुमति लिनुपर्ने हुन्छ । त्यस्तो अवस्थामा जिम्मेवार निकायका व्यक्तिहरूले विभिन्न प्रलोभनमा परेर यस्ता गैरकानुनी गतिविधिलाई पनि प्रोत्साहन गर्न सघाए भन्ने कुरा स्पष्ट छ । नत्र भने अहिलेसम्म उनीहरूको भण्डाफोर किन हुन सकेन ? किन उनीहरूले आफ्नो सर्टिफिकेट पेस गर्ने समयमा नै सही र गलत छु्ट्याउने काम हुन सकेन ? किन उनीहरूलाई उतिबेलै कारबाहीको भागिदार बनाइएन ? यसले पनि नेपालको प्रशासनिक क्षेत्रमा लापरबाही, भ्रष्टाचार, अनियमितताले जरो गाडेको र अनुचित तवरले गलत क्रियाकलापहरू हुादै आएको पुष्टि हुन्छ । त्यसकारण जिम्मेवार निकायमा बसेर पनि लापरबाही र अनियमितता गर्ने त्यस्ता व्यक्तिहरू पनि कारबाहीका भागिदार हुन् । यस्तै व्यक्तिहरूले नै गर्दा समाजमा गलत काम गर्नेहरूले प्रश्रय पाइरहेका छन् । जबसम्म समस्याको कारण खोजिादैन र तबसम्म समस्याको पूर्णरूपले समाधान पनि हुादैन । यस्तो गलत क्रियाकलाप हुनुको कारण के हो ? राज्यको कुन कमजोरीले गर्दा उनीहरूले नक्कली प्रमाणपत्र भएर खुलेआम आफ्नो काम गरिरहेका छन् ? यस्ता गलत कामलाई प्रोत्साहन गर्ने, साथ दिने र अनुमति दिनेहरू को–को हुन् ? यी सबै प्रश्नहरूको जबसम्म जवाफ खोजिादैन तबसम्म प्रहरीले जति कारबाही गरे पनि यस्ता नक्कली प्रमाणपत्रधारीहरूको संख्यामा कमी आउन सक्दैन ।

 
प्रहरीले नक्कली प्रमाणपत्रधारी डाक्टरहरू पक्राउ गर्ने क्रममा धरपकड शैली प्रयोग गरेको भनेर केही चिकित्साकर्मी अहिले आन्दोलनमा छन् । उनीहरूले चिकित्सकलाई पनि अपराधीलाई झौ पक्राउ गरिएको भनेर विरोधमा उत्रिएका छन् । यसले केही असमझदारी र असन्तुष्टि देखिएको छ । अझ डाक्टरहरूले आफ्नो काम नै बन्द गरेर आन्दोलनमा उत्रिनुले बिरामीहरूलाई पनि झ्न समस्या पार्नसक्ने देखिन्छ । त्यसकारण सबैको समन्वय, सहकार्य र साथसहयोगमा गलत कुराको भण्डाफोर र कारबाहीको प्रक्रिया अघि बढ्नुपर्छ । कुनै पनि गलत काम गर्नेहरूले कदापि उन्मुक्ति पाउनुहुादैन । तर गलत काम गर्नेहरूलाई छुट दिने, प्रोत्साहन गर्ने र विभिन्न कुराको प्रलोभनमा परेर आफ्नो जिम्मेवारी भुल्नेहरू पनि कारबाहीको उत्तिकै भागिदार हुन् । यस्तो पक्षलाई पनि तत्काल पहिचान गरेर कानुनको कठघरामा उभ्याउनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here