संविधान कार्यान्वयनका लागि एकता : बादल

159

काठमाडौं/ नेकपा माओवादी केन्द्रका नेता रामबहादुर थापा ‘बादल’ले संविधान कार्यान्वयनका लागि माओवादीहरूबीच एकता भएको जनाउनुभएको छ । मोफसलमा आयोजित एकता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै बादलले संविधान जनताको माग भएकोले यो कार्यान्वयनका लागि माओवादी जुटेको दाबी गर्नुभयो ।
क्रान्तिकारीहरूबीच विगतका गल्ती सच्याउादै एकता भएको र अब संविधान कार्यान्वयनका लागि जनपक्षीय कार्यक्रममार्फत देशलाई अग्रगामी दिशा दिने बादलको भनाइ छ । उहााले अहिलेको संविधानले जनताको मागलाई सम्बोधन गरेको विचार व्यक्त गर्नु भएको छ । दोस्रो संविधानसभाको चुनाव बहिष्कार गरेको ड्यास माओवादीका महासचिवसमेत रहनुभएका बादलले एनेकपा माओवादीसाग पार्टी एकीकरण गरेपछि संविधानको समर्थनमा मन्तव्य राख्दै संविधान कार्यान्वयनको बारेमा चिन्ता व्यक्त गर्नुभएको यो पहिलोपटक हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here