सरकारलाई मानवअधिकारप्रति सचेत रहन आग्रह

139

काठमडौ/राष्ट्रिय मानव अधिकार आयोगले आम उपभोक्ताको स्वास्थ्य सम्बन्धी अधिकार र दैनिक जीवनमा अत्यावश्यक एलपी ग्यासको आपूर्ति र गुणस्तरको सुनिश्चितताको विषयमा चासो प्रकट गरेको छ । मंगलबार उपभोक्ता हक अधिकारको विषयमा सरोकारवाला संस्थाहरुबीच छलफल गर्दै आयोगले एलपी ग्यास जस्तो दैनिक उपभोग्य वस्तुको आपूर्ति, वितरण, नापतौल र गुणस्तरको विषयमा आम उपभोक्ताहरुमा सचेतनाको अभाव देखिएकोले सुसूचित गराउन समेत सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ ।

 
उपभोक्ताहरु समक्ष पुग्ने सबै प्रकारका ग्यास सिलिन्डरको नियमित र प्रभावकारी गुणस्तर परीक्षण गरी अनुगमन र निरीक्षण गर्न/गराउन, उपभोक्ता संरक्षण नियमावली २०५६ को नियम ५५ बमोजिम एलपी ग्यास सिलिन्डरको न्यूनतम मापदण्ड तोकी सोको प्रभावकारी रुपमा कार्यान्वयन भए/नभएको अनुगमन गर्न र हालै एलपी ग्यास बिस्फोट भई ललितपुर र काठमाडौंमा मृत्यु भएका तथा घाइतेहरुलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र दोषी उपर आवश्यक कारवाही गर्न आयोगले नेपाल सरकारलाई पत्राचार गरेको छ ।

 
यसैगरी आयोगले आम नागरिकसाग सरोकार राख्ने स्वास्थ्यको अधिकार सम्बन्धमा नेपाल मेडिकल काउन्सिलका पदाधिकारीहरुसाग समेत छलफल गरेको छ । सो अवसरमा देशका विभिन्न भागमा हालै पक्राउ परेका चिकित्सकहरुको सम्बन्धमा तथा नक्कली शैक्षिक प्रमाण पत्रहरुको छानविन प्रकृयाको सम्बन्धमा छलफल गरेको छ । आयोगले नक्कली प्रमाण पत्रको छानविन तथा स्वास्थ्य सेवाको शुद्धीकरणमा निर्भिकता पूर्वक लाग्न तथा सर्वसाधारणको जनस्वास्थ्यमा हेलचेक्रयाईा हुने परिस्थिति रहन नदिन आयोग सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here