सांस्कृतिक संस्थानद्वारा १२ कलाकार सम्मानित

223

काठमाडौं/ सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)ले आफ्नो स्थापनाको ४४औं वार्षिकोत्सवको अवसरमा आइतबार १२ जना कलाकारलाई सम्मानित गरेको छ । नेपाली कला क्षेत्रमा वर्षौंदेखि योगदान पुर्‍याउादै आएको संस्थानले सो अवसरमा अन्य ६ जनालाई पनि प्रोत्साहन पुरस्कार प्रदान गरेको छ ।

 
कार्यक्रममा संस्थानले आफ्ना १२ जना कलाकारलाई दीर्घ सेवा सम्मान प्रदान गरेको हो । उनीहरूलाई जनही एक ग्रेड थपिएको छ भने दोसल्ला ओढाएर ताम्रपत्रबाट सम्मानित गरिएको छ । सम्मानित हुने कलाकारहरूमा नाटक निर्देशक वीरेन्द्र हमाल, नृत्य निर्देशक केशवराज राई, नृत्यकलाकारहरू मदन थापा, नरेन्द्र कुमार आले, अञ्जु रञ्जितकार, मनोज जोशी, गायक वाद्यवादक खर्कबहादुर बुढा, कृष्णबहादुर गुरुङ, नरसिंहलाल श्रेष्ठ, लोकराज राई र कर्मचारीहरू विधा राना तथा हरिहर खड्का रहेका छन् । यस्तै ६ जनालाई जनही पााच हजार रूपैयाासहित प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ । पुरस्कार पाउनेमा कलाकार विजय मानन्धर, शारदादेवी सिलवाल, रमेश केसी मट्टारे, शुशिला थापा एवं कर्मचारी दीपक पौडेल र चन्द्रा पोडे रहेका छन् । कार्यक्रमका प्रमुख अतिथि एवं संस्कृतिविज्ञ सत्यमोहन जोशी र संस्कृति मन्त्रालय संस्कृति महाशाखा प्रमुख भरतमणि सुवेदीले संस्थानबाट प्रकाशन सुरु गरिएको चौमासिक बुलेटिन ‘हाम्रो संस्कृति’को विमोचन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here