अफगानिस्तानमा रोजगारीका लागि जाने विषयमा मन्त्रालयले पुनर्विचार गर्छ

137

अफगानिस्तानमा असुरक्षित महसुस गर्ने नेपालीलाई सकुशल नेपाल फर्काइनेछ

 
 दीपक बोहोरा, श्रममन्त्री
काबुलमा भएको बम विस्फोटको घटनालाई कसरी हेर्नुभएको छ ?
सर्वप्रथम त यो ज्यादै दु:खदायी घटना हो । यसरी नेपालीहरूलाई नै लक्षित गरेर किन घटना गराइयो यो आश्चर्यको विषय बनेको छ । यो घटनाले मलाई ज्यादै दु:खित बनाएको छ ।
अफगानिस्तान जाने स्वीकृति त छैन होला नि ?
पहिलो कुरा त के छ भने हामीले नेपाल सरकारको तर्फबाट अफगानिस्तान जाने स्वीकृति दिएका छैनौं, तर ग्रिनजोनमा कार्यरत या अन्य यूएनका अफिसहरू, राजदूतावासहरू लगायतका ठाउाहरूमा हामीले स्वीकृति दिने गरेका छौं ।
तर अहिलेको अवस्थामा त्यो स्वीकृति किन दिने ?
एक त यो ग्रिनजोन भनेको आफौमा सुरक्षित क्षेत्र मानिन्छ र त्यहाा दूतावास पनि छन् । तिनलाई पनि सुरक्षित मानिन्छन् र अरु यूएनका निकायहरू पनि सुरक्षित छन् । त्यही क्षेत्रमा हामीले स्वीकृति दिने गरेका हौं । ६ वटा निकायमा काम गर्नलाई करिब–करिब ३ हजार नेपालीहरूले काम गर्न स्वीकृति लिएका छन् । यस्ता ठाउामा आक्रमण नहुादा श्रम मन्त्रालयले स्वीकृति दिने गरेको हो ।
तर पीडितहरूले त काबुलमा हामी सुरक्षित हुन सक्दैनौं भनेका छन् नि ? असुरक्षित ठाउामा किन पठाउने ?
यो ज्यादै दु:खद घटना हो, तर काबुलमा यूएनका अरु अफिसहरू छन् अनि दूतावासहरू छन् । ग्रिनजोनहरू छन्, जुन सुरक्षाका दृष्टिकोणले सबैभन्दा सुरक्षित मानिन्छन् र त्यस्ता क्षेत्रहरूमा मात्रै नेपालीहरू गएका छन् । अब यो दुर्घटना घट्यो, यो दु:खदायी घटना हो । मन्त्रालयले यसमा छानबिन गर्ने या पुनर्विचार गर्ने जस्ता कुराहरू त छादै छन्, तर दु:खद घटनालाई छोडेर नेपालीहरू गएका छन् ती क्षेत्रहरू सुरक्षित क्षेत्र मानिन्छन् । आतंकवादी गतिविधि रोक्न धेरै गाह्रो छ । यो विश्वव्यापी मान्यता हो । तर हामीले त सुरक्षित ठाउामा पठाएका हौं । अब हामी यस बारेमा पनि सोच्छौं ।
अफगानिस्तानमा कति जना नेपालीहरू छन् ?
विधिवत् श्रम स्वीकृति लिएर गएकाहरूको हामीसाग तथ्यांक छ । यो तीन वर्षमा करिब–करिब ६ वटा म्यानपावरबाट ३ हजार तीन सयको श्रम स्वीकृति लिएको छ । अब भिजिट भिसामा गएर वा अन्य देशबाट सरकारको सूचनाविना नै त्यहाा गएका नेपालीहरू पनि धेरै होलान् । तर आजको दिनमा जुन यो घटना घट्यो यसमा श्रम मन्त्रालयले पुनर्विचार गर्छ ।
उसो भए अब काबुलका लागि नेपालीहरूलाई रोजगारी दिनुहुन्न ?
दिनुहुन्न नै भन्नुभन्दा पनि यसमाथि पुनर्विचार हुन्छ । तत्कालै घटेको घटनाबारे पहिलो पराष्ट्र मन्त्रालयबाट श्रम मन्त्रालयलाई सूचना आउने नै छ । अहिले यो अफगानिस्तान पाकिस्तानबाट हेरिन्छ, त्यसले गर्दा जब सूचना सम्पूर्ण रूपमा हामीसाग आउाछ अनिमात्रै मन्त्रालयले निर्णय लिन्छ ।
यस बारेमा पराष्ट्र मन्त्रालय र श्रम मन्त्रालयबीच समन्वय हुन्छ त ?
एकदमै हुन्छ । हामीबीच समन्वय हुन्छ । यदि त्यहाा बस्ने नेपालीहरू यो घटनाले गर्दा नेपाल फर्कन चाहन्छन् भने श्रम मन्त्रालय सम्पूर्ण जिम्मेवार लिन्छ । यस बारेमा पुनर्विचार गरेर सबै नेपालीहरूलाई हामी नेपाल ल्याउन चाहन्छौं, म यसको सम्पूर्ण पहल गर्छु ।
राम्रो कमाइको लोभमा एजेन्टमार्फत उनीहरू पाकिस्तान हुादै अफगानिस्तान पुग्छन् अनि अकालमै मर्न बाध्य भएका छन्, यस विषयलाई यहााले कसरी हेर्नुभएको छ ?
नेपाल सरकारले नै खासगरी श्रम मन्त्रालयले ग्रिनजोनमा काम गर्न चाहनेहरूलाई त हामीले नै स्वीकृति दिएका छौं नि । तर यसपटक त दूतावासमै घटना घटेको छ, जुन एकदमै निन्दनीय विषय हो । यसमा म घोर भत्र्सना गर्दछु । तर अब पराष्ट्र मन्त्रालयबाट सम्पूर्ण जानकारी आएपछि मात्रै हामी निर्णय लिन्छौं । यसका साथै त्यहाा बसेका नेपालीहरूले यदि आफूलाई असुरक्षित महसुस गर्छन् भने तिनीहरूलाई स्वदेश फिर्ता गर्नतर्फ समेत हामी लागिपर्छौं ।
दुवई, भारत, पाकिस्तानलगायतका तेस्रो मुलुकबाट अफगानिस्तान पुग्नेहरूको संख्या बढी छ, त्यतातर्फ तपाईंको ध्यान पुगेको छ त ?
यो बारेमा ठोस कुरा बुझ्न हामीले एउटा टोली श्रीलंका पठाएका थियौं । खासगरी महिलाहरू पनि अवैध रूपमा त्यहाा जाने गरेका छन् भन्ने कुरा आएको छ । हामी अहिलेको अवस्थामा अवैध जाने नेपालीहरूलाई रोक्न श्रम मन्त्रालय सम्पूर्ण रूपमा लागिपर्नेछ ।

 

– प्रस्तुति ऋषि धमला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here