कृषिमा आधुनिकीकरण गरेमात्र देशलाई आत्मनिर्भर बनाउन सकिन्छ

242

धान उत्पादन बढाउन तराईका तीस जिल्लालाई सिाचाइका लागि प्राथमिकतामा राखिएको छ

 

 हरिबोल गजुरेल, कृषिमन्त्री

 
तपाईंले कृषिमा आधुनिकीकरण र वैज्ञानिकीकरणको कुरा गर्नुभएको छ , त्यो सम्भव छ ?
सम्भव छ । कृषिमा आधुनिकीकरण नगरी हामी परम्परागत कृषिबाट राष्ट्रिय अर्थतन्त्रमा कृषिको योगदानको भूमिका निर्वाह गर्न सक्दैनौा । परम्परागत कृषिले गर्दा नै अहिले युवाहरु पनि विदेश पलायन भइरहेका छन् । कृषिको आधुनिकीकरण भनेको रोजगारी सृजना गर्नु पनि हो, उत्पादन वृद्धि गर्नु पनि हो । हाम्रो कृषि उत्पादकत्वको दर एकदमै न्यून छ त्यसैले पनि हामीले आधुनिकीकरणको दिशामा कदम चालेका हौा ।

 
तर तपाईंहरुको कदम परिणाममुखी हुन सकिरहेको छैन नि ?
हो, विगतमा त्यो परिणाममुखी हुनसकेन । गत सालमा मधेस आन्दोलनले पनि असर गर्‍यो । पछिल्लो समयमा वर्षाको सुनिश्चितता नहुादा धान उत्पादनमा कमी आयो । यस वर्ष वर्षा पनि हुादै छ यसले पनि केही हदमा वृद्धि गर्छ । अर्को सालको परियोजना अघि बढिसकेपछि मलाई लाग्छ २१ सय पकेट क्षेत्र सक्रिय हुन्छन्, त्यसमध्ये धेरै हामी धानको पनि हुने देखिरहेका छौा । सागसागै ब्लक, जोन र सुपर जोनको जुन हामीले अवधारणा ल्याएका छौा । त्यसले उत्पादकत्व वृद्धि गर्न मद्दत गर्छ र धानमा हामी आत्मनिर्भर हुने दिशामा अघि बढ्छौा ।

 
धानमा मुलुक कहिले आत्मनिर्भर हुन्छ त ?
यो रातारात हुने कुरा होइन । कृषिलाई राजनीतिक दलहरुले, सरकारमा हुनेहरुले जति प्राथमिकता दिनुपर्दथ्यो, त्यसमा दिन नसकेको विगतको इतिहास छ । त्यसले पनि कृषि क्षेत्रमा नकारात्मक असर पर्‍यो । यस वर्ष सरकारले कृषि उत्पादनमा विशेष जोड दिएको छ । त्योअनुसार हामीले पनि जिम्मेवारी लिएका छौा । त्यसैले विगतमा भएका कमीकमजोरी सच्याएर अघि बढ्दा हामीले लक्ष्य हासिल गर्न सक्छौा । विगतको एउटा स्थिति हो भने अहिलेको अर्को स्थिति हो । अहिलेको स्थितिबाट त्यो सम्भावना छ । धान हामी पहिला निर्यात गर्दथ्यौा, तर विडम्बना अहिले हामी आयात गर्छौा । धानमा आत्मनिर्भर नबनेसम्म अर्थतन्त्रमा कृषिको भूमिका रहादैन । यो नगरी देशलाई अघि बढाउन सकिादैन ।

 
कृषिमा आत्मनिर्भरताको कुरा गर्नुहुन्छ तर तराईमा सिाचाइकै समस्या छ ?
सिाचाइ मन्त्रालयले पनि अहिले सिाचाइको विशिष्ट योजना ल्याएको छ । तराई मधेस समृद्धि योजना भनेर सिाचाइमा प्राथमिकता दिएको छ । कृषि विकास मन्त्रालयले पनि त्यसलाई प्राथमिकता दिएको छ । यी दुई मन्त्रालयको समन्वयमा हामीले तराई र भित्री मधेसमा धान उत्पादनमा विशेष जोड दिन्छौा । तीस वटा जिल्लालाई अहिले हामीले प्राथमिकतामा राखेका छौा । ठूला–ठूला नदीहरु तराईलाई चिरेर बगेका छन् तर तराईमै सिाचाइको अभाव छ । यो स्थितिको अन्त्य गरिनुपर्छ । यो काम छ/आठ महिनामा हुने काम होइन । हामीले अहिले अस्थायी र दीर्घकालीन सिाचाइ दुवैको व्यवस्था गर्नुपर्छ ।

 
धान दिवस मनाइरहादा तपाईंहरुले वैज्ञानिक कृषि नीति ल्याउन सक्नुभएको छैन ?
हामीले कृषिमा आधुनिकीकरण गर्ने, यन्त्रीकरण गर्ने दिशामा आफूलाई अग्रसर गराइरहेका छौा । त्यसअनुसार नै हामीले योजना निर्माण गरेका छौा । आगामी दिनमा हलो जोत्ने प्रथा क्रमैसाग हराउादै जान्छ र आधुनिक यन्त्रले प्रतिस्थापन गर्छ ।

 
धान खेती गर्ने बेलाका किसानलाई बीउ र मलको अभाव देखिएको छ नि ?
मल त आइरहेको छ । हामीले त्यसको व्यवस्थापन गरिरहेका छौा । मलको अहिले समस्या हुादैन । यस वर्ष मौसमले पनि साथ दिएको राम्रो उत्पादनको परिवेश समेत बनिरहेको छ ।

 
यो वर्ष धान उत्पादन बढी हुन्छ ?
हामीले त्यही अपेक्षा गरेका छौा । अहिले सुरुवात राम्रो भएको छ । म परिणामको पक्षको मान्छे, वर्षैपिच्छे धान दिवस मनाउादै जाने अनि धान आयात गर्ने परम्पराको अन्त्य हुनुपर्छ । म परिणाममा विश्वास गर्ने मान्छे परिणामको लागि काम गर्छु ।

 

प्रस्तुति ऋषि धमला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here