जनयुद्ध संग्रहालयको आवश्यकता

456

 दीपेन्द्र रोकाया

 
कुनै पनि मुलुकको विगत र वर्तमानलाई चियाउनु छ भने त्यहााको संग्रहालयमा छिर्नुपर्ने हुन्छ । संग्रहालय भन्नाले त्यस्तो एउटा घर हो जहाा प्राचीन, दुर्लभ तथा ऐतिहासिक एवं पुरातात्विक वस्तुहरू संग्रह गरी प्रदर्शन गरिएको हुन्छ । संग्रहालयको इतिहास पल्टाउादा प्राचीन ग्रीसबाट ईशापूर्वका वर्षहरूमा सुरु भएको पाइन्छ । प्राचीन ग्रीसमा कलाको संरक्षिका एक देवीलाई ‘म्यूज’ भन्ने चलन थियो । यिनै ग्रीक देवी र अन्य आठ वटी देवीहरूको नाममा स्थापित गरिएको मन्दिरलाई पहिलो पटक ‘म्यूजियम’ नामाकरण गरिएको थियो । सुरुमा शासक वर्गका केही शौखिन व्यक्तिहरूले प्राचीन कलात्मक वस्तुहरू संकलन गरेर आफ्नो कोठा सजाउाथे । कालक्रममा यस्ता प्राचीन दुर्लभ तथा बहुमूल्य वस्तुहरू अध्ययन तथा प्रदर्शन समेतको प्रयोजनका लागि सार्वजनिक संग्रहालयको स्थापना गर्ने लहर चलेको थियो । युरोपमा सत्रौं शताब्दीको अन्त्यतिर संग्रहालय स्थापनाको परम्परा सुरु भएको थियो भने भारतीय उपमहाद्वीपमा १७८४ तिर आएर बंगालमा एसियाटिक सोसाइटीको गठन भएपछि संग्रहालयको सूत्रापात भएको देखिन्छ ।

 
नेपालको सन्दर्भमा, १९२८ पछि मात्र चन्ऽ शमशेरले छाउनी शिलखाना रहेको भीमसेन थापाको निवास स्थानलाई संग्रहालयको प्रारम्भिक स्वरूप दिएको थियो । तर १९३८ सम्म यो संग्रहालय राणा परिवार तथा उनीहरूका विशिष्ट पाहुनाहरूको मात्र पहुाचमा थियो । १९३८ मा आएर उक्त संग्रहालय सर्वसाधारणका लागि खुल्ला गरियो । जुद्ध शमशेरले १९४२ मा संग्रहालयका लागि एउटा छुट्टै घर बनाउन लगाएका थिए । वर्तमान समयमा आएर संग्रहालयको महत्व र यसका बहुआयामिक प्रयोजनका बारेमा नवीन मान्यताहरूबारे प्राज्ञिक छलफल र बहसका विषय बन्न थालेका छन् । संग्रहालय केवल प्राचीन वस्तुहरू संग्रह गर्ने र मनोरञ्जन प्रदान गर्ने घर मात्र हैन, यो त प्राचीन वस्तुहरूको संकलन, प्रदर्शन तथा ज्ञानवद्र्घक अध्ययन, अनुसन्धान एवं ज्ञान हस्तान्तरण गर्ने एक महत्वपूर्ण थलो पनि हो । नेपालमा पनि संग्रहालयको विकास र सुधारमा केही कामहरू नभएकै भन्नेचाहिा होइन, तर नेपालले यस क्षेत्रमा धेरै महत्वपूर्ण कामहरू गर्न भने बााकी नै रहेको देखिन्छ ।

 
अर्ध–सामन्ती र अर्ध–औपनिवेशिक अवस्थाको नेपालमा नयाा जनवादी राज्यसत्ता स्थापनाका लागि नेकपा (माओवादी) ले १९९६ मा जनयुद्धको घोषणा गरेको थियो । यस माओवादी जनयुद्धले नेपालमा युगान्तकारी परिवर्तनको ढोका खोल्ने काम गरेको हो भन्दा अन्यथा मान्नुपर्दैन । त्यस जनयुद्धले नेपालमा दुई सत्ता, दुई सेना र दुई अदालत सिर्जना गराएको थियो । तर १२ बुादे सहमतिपछि भएका सहमतिहरू र विस्तृत शान्ति सम्झौताबाट नेपालमा विधिवत् रूपमा जनयुद्धको समाप्ति भयो । यद्यपि १० वर्ष, ९ महिना ५ दिन माओवादीले उठाएको हतियारको ऐतिहासिक महत्व रहेको छ ।

 
हुन त यो बीचमा देशी विदेशी षड्यन्त्रको जालोमा फसेर माओवादीमा सैद्धान्तिक विचलन आयो । त्यसले विभाजनको रेखा पनि कोर्‍यो । सडक, सदन र सरकारमा चौतर्फी हण्डर ठक्कर व्यहोर्न परेपछि फेरि माओवादी केन्द्र बनाउनसम्म सफल भएका छन् । यसलाई जनताको पार्टी बनाउने र देशमा कायापलट गर्ने हो भने विगतमा जनताका सामु गरेको प्रतिबद्धता सम्झन आवश्यक छ । त्यो बेलाको बोली र व्यवहारलाई संस्थागत रूपमा सुरक्षित राख्न आवश्यक देखिएको छ । के यो कार्यका लागि माओवादीका नेताहरू तयार छन् ? यदि तयार छन् भने माओवादी जनयुद्ध संग्रहालय स्थापना गर्न आवश्यक देखिएको छ ।

 
आजकल जर्मनमा जाादा कार्ल माक्र्सको संग्रहालय, चीनमा जाादा माओको शव, ऐनान, चिङकाङ साङ पहाड, भीयतनाममा हो चि मिन्ह काकाको आदर्श झल्कने स्तम्भहरू, उत्तर कोरियाका संग्रहालयले संघर्षको इतिहास पढाइरहेका छन् । भारत, पाकिस्तानका संग्रहालयले पूर्वीय सभ्यताको पहिचान दिइरहेका छन् । बेलायत, अमेरिका र अरब तथा अफ्रिकाका आफ्नै मौलिकता त्यहााका संग्रहालयले दिइरहेका छन् । तिनले विगतको अवस्था बुझ, वर्तमानमा बााचेर भविष्यका लागि काम गर भनी शिक्षा दिइरहेको पाइन्छ ।

 
यसैले एउटा अलिखित इतिहासलाई जीवित बनाउन आवश्यक छ । यसखाले अभ्यास नेपालमा के कति भएको छ भनेर करिब तीन दर्जन साास्कृतिक संग्रहालयहरू देखापर्दछन् । इतिहासको बोध गराउने र वर्तमानलाई नयाा सन्देश दिइरहने यस्ता संग्रहालय विकासका लागि केही संरचनागत समस्याहरू पनि रहेको देखिन्छन् । संग्रहालय पुरातत्व विभाग संस्कृति मन्त्रालयअन्तर्गत पर्दछ । सरकारले संस्कृति मन्त्रालयलाई कहिले पनि अन्य मन्त्रालयहरूको जस्तो प्राथमिकतामा राखेको पाइादैन । कहिले शिक्षा मन्त्रालयअन्तर्गत कहिले पर्यटन मन्त्रालयसाग, कहिले राज्य पुन: संरचना मन्त्रालयसाग र हाल संघीय मामिला, संविधानसभा, संसदीय व्यवस्था तथा संस्कृति मन्त्रालयअन्तर्गत राखेको देखिन्छ । इतिहासलाई सुरक्षित गर्ने संग्रहालयको समग्र विकास हुन नसक्नुको मुख्य कारण राज्यको प्राथमिकतामा नपर्नु नै हो ।

 
नेपालमा संग्रहालय विज्ञहरूको पनि अभाव छ । संग्रहालय विज्ञानको छुट्टै व्यावहारिक शिक्षाको पढाइ हुादैन । त्रिभुवन विश्वविद्यालयमा मानविकीशास्त्रअन्तर्गत नेपाली इतिहास, संस्कृति र पुरातत्व केन्द्रीय विभागको पाठ्यक्रममा संग्रहालयबारे एक संक्षिप्त सैद्धान्तिक ज्ञान दिने गरिएको छ । यसको विशेषज्ञता लिन भारतको नयाा दिल्ली विश्वविद्यालय, महाराष्ट्रको पुना, वाराणसीको वाराणसी हिन्दू विश्वविद्यालय आदि स्थानहरूमा संग्रहालय विज्ञानको सैद्धान्तिक तथा व्यावहारिक शिक्षा दिइन्छ । जुन सर्वसाधारण नेपालीहरूको पहुाचबाट धेरै टाढा छ । त्यसमा नेपाल सरकारबाट कोलोम्बो प्लानअन्तर्गत पुरातत्व विभागले राजपत्रांकित तृतीय श्रेणीका कर्मचारीहरूलाई पठाउने गर्दथ्यो । त्यो कार्यक्रम पनि १७/१८ वर्षदेखि बन्द भएर त्यसयता कुनै कर्मचारी संग्रहालय विज्ञानको अध्ययनमा जान पाएका छैनन् । यसैले नेपालमा १/२ जना बाहेक अरुले संग्रहालय विज्ञान पढ्न पाएको देखिादैन ।

 
सामाजिक चेतनाको अभावमा आज पनि हाम्रो मुलुकमा संग्रहालयको अर्थ र महत्व के हो भन्ने कुरामा धेरै मानिसहरूमा अनभिज्ञता र अन्यौल रहेको पाइन्छ । संग्रहालय भनेको कुनै पनि देशको ऐना हो । कुनै पनि देशको इतिहास, कला, संस्कृति, जात्रा पर्व, मेला, रहनसहन आदि हेर्नुपर्‍यो भने संग्रहालयबाट बुझ्ने गरिन्छ । त्यो विषयलाई हृदयङ्गम गरेर आफ्नो संस्कृति, कला, इतिहास जोगाएर भावी पुस्ताहरूसमक्ष जस्ताको त्यस्तै हस्तान्तरण गर्न सक्नुपर्छ भन्ने ज्ञान, चेतना सबैमा पाइादैन । यसको लागि प्रारम्भिक शिक्षादेखि नै जनमानसमा संग्रहालयको बारेमा जनचेतना फैलाउन जरुरी छ ।

 
नेपालमा १०५ समुदाय रहेका छन् । यो समुदायगत फूलबारीमा जैविक विविधता पनि छ । हिमालहरूको राजधानीको रूपमा सर्वोच्च शिखर पनि यही छ । यस देशमा नभएको एउटै कुरा समुद्र हो, त्यसको पूर्ति पनि कोशी, गण्डकी र कर्णालीलाई हिमालदेखि तराईसम्म आउने जाने र्‍याफ्ििटङबाट रहर पूरा गर्न सक्तछौा । यहाा प्रसंग संग्रहालयको भएकाले माओवादी जनयुद्धको ऐतिहासिक स्थल रोल्पामा जनयुद्ध संग्रहालय र राजधानीमा राष्ट्रिय संग्रहालय बनाउन आवश्यक छ । ऐतिहासिक जनयुद्ध नेपालको इतिहासमा उत्कर्षको संघर्ष हो । जनयुद्धकालीन सामग्री राखी प्रदर्शन गर्ने हो भने माओवादी जनयुद्धको वास्तविक इतिहासको लेखनका लागि सहयोग मिल्न सक्तछ ।
कम्युनिष्टहरूको भविष्य ओरालो लागिरहेको व्याख्या भइरहेको बेला नेपालमा बहुसंख्यक कम्युनिष्ट नै छन् । बाहिर देखिादा कम्युनिष्ट सरकार पनि छ । यो बेला नेपाल विस्तार अभियानदेखि आजसम्मका सबैखाले संघर्ष तथा सबै समुदायको आफ्नो इतिहासको चिनो राष्ट्रिय संग्रहालयमा देखिने गरी राष्ट्रिय संग्रहालय बनाउन राज्य नै लाग्न आवश्यक छ । भारद्वाजले यदि तपाईंले सत्ता पल्टाउन चाहनुहुन्छ भने पुस्तकालयमा छिर्नुहोस् भनेको, माक्र्सले बुझ्नुभन्दा बदल्नु ठूलो कुरा भएको दाबीलाई मनन गर्ने हो भने नेपालमा राष्ट्रिय संग्रहालय बनाउन आवश्यक छ । यसको केन्द्रीय विषय माओवादी जनयुद्ध भएकाले जनयुद्ध संग्रहालयभन्दा पनि हुन्छ । यस्ता संंग्रहालय पर्यटकको अनिवार्य गन्तव्यस्थल बन्न गई स्वदेशी र विदेशीका लागि बौद्धिक तथा भौतिक रूपमा लाभान्वित हुने आधार मिल्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here