न्यायाधीश बमको हत्या गर्नेलाई जन्मकैद

230

काठमाडौं/ सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बमको हत्याका आरोपीहरूलाई जन्मकैदको फैसला भएको छ । बमको हत्या गरेको आरोपमा ललितपुर जिल्ला अदालतले पााच जनालाई जेल सजायको फैसला गरेको छ ।

 
सोमबार जिल्ला न्यायाधीश ओमप्रसाद अर्यालको इजलासले यस्तो फैसला गरेको हो । अर्यालको इजलासले हत्याका मुख्य योजनाकार चुरे भावर एकता पार्टीका तत्कालीन उपाध्यक्ष भेषबहादुर थापा र दीपककुमार कर्णलाई ज्यान मुद्दामा जन्मैद र ज्यान मार्ने उद्योग मुद्दामा थप १२ वर्ष कैद सजाय सुनएको छ । हत्यामा संलग्न अर्का दोषी करण भनिने शिव चौधरी र भगवान् भनिने सञ्जय स्माइली मगरलाई ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैद र ज्यान मार्ने उद्योग मुद्दामा थप १२ वर्ष कैद तथा प्रेमराज खड्कालाई पााच वर्ष कैद सजायको फैसला भएको अदालतले जनाएको छ । सर्वोच्चको तत्कालीन न्यायाधीश बमको २०६९ साल जेठ १८ गते काठमाडौं बाग्मती नदी किनारस्थित युएन पार्कनजिक गोली हानी हत्या भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here