प्रचण्डको स्पष्टोक्ति

86

काठमाडौं/ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई अष्ट्ेरलियामा पक्राउ पर्ने कुनै योजना नभएको स्पष्ट पार्नुभएको छ । प्रचण्डले आफू पक्राउ पर्ने डरले भ्रमण रद्द नगरेको पनि जनाउनभएको छ ।
अष्ट्रेलियाका राजदूत ग्लेन ह्वाइटले पनि अध्यक्ष प्रचण्डलाई भेट्ने क्रममा अष्ट्रेलिया भ्रमण स्थगित भएको विषयमा चासो राख्दै मिडियामा आएको जस्तो नभएको अवगत गराएका थिए । ग्लेनले आफू नियमित रूपमा अष्ट्रेलियन सरकार, पुलिस र महान्यायधिवक्ताको सम्पर्कमा रहेको र त्यसक्रममा कुनै समस्या नरहेको समेत उनको स्पष्टोक्ति थियो । त्यस्तै प्रचण्डले पनि जवाफमा मिडियामा आएको जस्तो स्थिति नरहेको र वर्तमान राजनीतिक स्थिति, पार्टी कामको चापका कारणले स्थगित गर्नुपरेको उहााको निजी सचिवालयले जनाएको छ । त्यस्तै, अष्ट्रेलियामा आम निर्वाचन हुन गइरहेकोले भ्रमणको समय सान्दर्भिक नभएकोले पनि स्थगित गर्नुपरेको प्रचण्डले जनाउनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here