अन्टार्कटिकामा रगतझौ रातो पानी झर्ने झरना भेटिएको छ । यो महादेशको सबैतिर हिउा नै हिउा भेटिन्छ । तर त्यस्तो सेताम्मे महादेशमा रातो झरना रहेको हालै पत्ता लागेको छ । अन्टार्कटिकाको म्याकमडोस्थित टायलेर हिमनदीमा एउटा यस्तो झरना छ, जसमा बग्ने पानीको रंग रगत जस्तै रातो छ । यो झरनाको पानीको रंगकै कारण यसको नाम पनि रक्ते झरना अर्थात् ब्लड फल्स राखिएको छ । यो झरनालाई अमेरिकी जीव वैज्ञानिकले पत्ता लगाएका थिए । ग्रिफिथ टायलरले सन् १९११ मा यो झरना अन्टार्कटिकामा रहेको विश्वभर जानकारी दिएका थिए । यो झरना पााच तले भवन जत्तिकै अग्लो छ भने यसको पानीमा विभिन्न १७ प्रजातिका सूक्ष्म जीव पाइने जनाइएको छ । यो झरनाको पानी रातो हुनुको कारण भने पानीमा भएको आइरन अक्साइडले हावासाग रासायनिक प्रतिक्रिया गर्दा रातो रंगमा बदलिएर हो । यो पूर्णरूपमा रगत जस्तै देखिन्छ ।