चन्द्रप्रकाश वानियाा
‘अलिकता गुलियो आफ्नो भागमा पर्न थाल्यो कि क्या हो ? सत्ताको पक्षमा कलम चल्न थाल्यो नि ?’
‘होइन, त्यस्तो होइन, भारतको विरुद्धमा र विकासको पक्षमा प्रधानमन्त्रीले दरो खुट्टो टेकेजस्तो लागेको हुनाले अलिकता समर्थन गरेको मात्र हो !’
एकजना जनपक्षीय पत्रकारसागको मेरो पछिल्लो टेलिफोन संवादको अंश हो यो । उनको तर्कमा कति सत्यता थियो भन्ने कुराको जानकारी त मलाई छैन । तर मेरो मनले भने ती मित्रको मूल्याङ्कन त्यसरी गर्न सकेन । कमसेकम त्यो बौद्धिक स्तरको मान्छेको बुझाइ त्यति हचुवा प्रकृतिको होला भनेर पत्याउनै गाह्रो परेको छ । मधेस आन्दोलनको निहुामा भारतले अघोषित नाकाबन्दी लगाएकै हो । उसको त्यो गतिविधि मानवीयताविरोधी, अन्यायपूर्ण र मिचाहा प्रवृत्तिको नाङ्गो उदाहरण हो । छिमेकीको त्यो कृत्य निन्दनीय र भत्र्सनायोग्य अवश्य थियो । तर हाम्रो प्रधानमन्त्रीले लिएको अडान भारतीय हेपाहा प्रवृत्तिको विपक्षमा किमार्थ थिएन । त्यो अडान मधेसविरुद्धको हो । मधेसलाई किनारामा धकेल्ने नाङ्गो प्रयत्नलाई भारतविरुद्धको अडानको रूपमा देख्नु बुझ्नु दृष्टिदोष हो अथवा दृष्टिभ्रमको परिणति हो । मधेसमा समस्या नै नदेख्नु र सम्बोधन गर्नुपर्ने आवश्यकताको अनुभूति नै नगर्नुलाई अब्बल राष्ट्रवादी दृष्टिकोणको रूपमा परिभाषित गर्नु एकाङ्गी दृष्टिकोण हो । विविधताबीचको एकताबाट मात्र सबल राष्ट्रियताको विकास हुन सक्छ । कमसेकम पृथ्वीनारायणजस्ता सामन्तवादी युगका नायकले समेत नेपाललाई ‘चार जात, छत्तीस वर्णको फूलबारी हो’ भनेका थिए भने एक्काइसौं शताब्दीमा मुलुकको नेतृत्व लिने अवसर पाएको मानिसको चेतना र बुझाइ त्योभन्दा उन्नत नभए पनि त्यो स्तरको नहुनु विडम्बनाकै विषय हो । राष्ट्रियतालाई समृद्ध बनाउने हो भने मुलुकभित्रको सानोभन्दा सानो इकाइलाई पनि तिरस्कार र उपेक्षा गर्न मिल्दैन । त्यसरी त विविधतालाई एकताको मालामा उन्न सकिादै सकिादैन । राष्ट्रिय अडानको नाममा यो वा त्यो पक्षलाई उपेक्षा गर्नु, तिरस्कार गर्नु र किनारामा धकेल्ने प्रयत्न गर्नुलाई उन्नत राष्ट्रिय सोच र चिन्तन वा अडान भन्न मिल्दैन । त्यो त राष्ट्रियतालाई खण्डित गर्ने र एकल जातीय राष्ट्रवादलाई उकेरा लगाउने प्रयत्न होइन भन्न कसरी मिल्छ र ? ओली र एमालेले संयुक्त रूपमा लिादै आएको अडानबाट मधेसलाई आफू उपेक्षित भएको अनुभूति गर्नुपर्ने र त्यसविरुद्ध आवश्यक परे विद्रोहसमेत गर्नुपर्ने बाध्यतातिर घचेटिरहेको छ । उपेक्षित राष्ट्रियताले पृथक् राज्यको माग गर्ने परिस्थितिसमेत जन्माएको छ । जानेर वा नजानेर कथित राष्ट्रवादले मुलुकको अखण्डतामा क्षति पुर्याउने सम्भावनालाई निम्त्याइरहेको छ भन्ने कुराको भेउ नपाउने कस्तो बौद्धिकता हो, कस्तो राष्ट्रवाद हो कुन्नी ?
ओलीको बोली र अडान भारतको हेपाहा प्रवृत्तिविरुद्ध छ भन्ने बुझाइमै कहीा कतै खोट छ जस्तो लाग्छ । त्यस्तो हिम्मतको अपेक्षा राख्नु नै उनको व्यक्तित्वको अधिमूल्याङ्कन हो । उदाहरणका निमित्त खिया परिसकेको सीमा समस्यालाई नै लिादा हुन्छ । कालापानी त पुरानो भयो रे लौ,. लिपुलेकको सन्दर्भमा चीन र भारतबीच भएको सम्झौताको सम्बन्धमा राष्ट्रवादी प्रधानमन्त्रीको मुख न चीन भ्रमणको बेला खुल्यो न त भारतमा छादा नै उप्कियो । आफ्नै भूमिमा उभिएर पनि त्यो विषय कोट्याउने हिम्मत गरेको देखिएको छैन । नेपाली भूमि डुबानमा पर्नेगरी भारतले एकपक्षीयरूपमा सीमा क्षेत्रमा निर्माण गरेका संरचनाहरू (सडक र बााध) ले तराईका हजारौा बिघा उब्जाउ जमिन डुबानमा परेको छ, दर्जनौं गाउाबस्तीहरू उठीबास लागेका छन् । राष्ट्रवादी प्रधानमन्त्रीको यो विषयमा बोली फुटेको सुनिएको छैन । हो, काठमाडौं–निजगढ फाष्टट्रयाक निर्माणको सन्दर्भमा सरकारले लिएको निर्णयले भारतीय हितमा अवश्य सानो धक्का लागेको हुन सक्छ तर अन्य त्योभन्दा महत्वका विषयहरूलाई ओझेलमा पार्नेगरी त्यो एउटा विषयमा किचलो गरिएको पो हो कि ? त्यसको अन्तर्य नियाल्ने बुझ्ने प्रयत्न गर्नु आवश्यक छ जस्तो लाग्छ । पहिलो कुरा त्यो योजना भारतलाई दिने औपचारिक निर्णय भइसकेको विषय होइन । निर्णय नहुादै जनस्तरबाट त्यसको विरोध भएको हुनाले रोकिएको थियो अर्थात् भाषामा फरक परेको मात्रै हो । वास्तवमा भारतलाई नदिने निर्णय भएको होइन । विवादित भएको हुनाले आफौ गर्ने निर्णय गरिएको मात्र हो । सानो कुरामा राष्ट्रहितको पक्षमा अडान लिएजस्तो देखिएर जनताको विश्वास जित्ने र अर्को ठूलो स्वार्थ पूरा गरिदिने बाटोलाई सरल र सहज बनाइदिने जालसााज त्यसमा लुकेको छैन होला भनेर ढुक्क हुन सकिादैन । उदाहरणको निमित्त कर्णाली योजनालाई लिन सकिन्छ । कर्णाली योजनामा राष्ट्रघात भयो भनेर चारैतिरबाट आवाज उठिरहेको छ । किन खुल्दैन प्रधानमन्त्रीको राष्ट्रवादी बोली त्यो विषयमा ? किन उठाइादैन लिपुलेकको स्वामित्वको हकदाबीको सवाल ? ठूलो स्वार्थसिद्धिलाई सहज बनाइदिने कूट उद्देश्यबाट यस्ता स–साना नौटङ्कीहरू प्रदर्शन गरिएका होइनन् भन्ने आधार के छ र ?
जहाासम्म प्रधानमन्त्रीको विकासवादी छविको कुरा हो त्यो झन् बढी भ्रमात्मक छ अर्थात् पत्रकार बन्धुले भनेजस्तै आम नेपालीहरूबीच भ्रम सिर्जना गर्न सफल भएको छ भन्ने कुरा ओलीलाई पूरै कार्यकाल काम गर्न दिने अनुरोध प्रचण्डसाग गरिएका सामाजिक सञ्जालका अनगिन्ती पोष्टहरूबाट स्पष्ट हुन्छ । आम नागरिकहरूको कुरा अलग हो । सामाजिक सञ्जाल रंग्याउनेहरू एमालेकै परम्परागत समर्थक शुभचिन्तकहरू पनि हुन सक्छन् । तर मेरा मित्र त स्थापित जनपक्षीय पत्रकार हुन् । तल्लो वर्गको पक्षमा कलम चलाउने भनेर परिचय बनाएका मानिस हुन् । ओलीको विकासे हल्लाबाट उनी प्रभावित मात्रै होइन, सम्मोहित भएको देखिनु आश्चर्यको विषय हो । पहिलो कुरा त ओलीको विकासे हल्ला केबल हल्ला मात्रै हो । संसारमा अन्यत्र सम्भव भयो भन्दैमा विना आधार गफ छााटेकै भरमा नेपालमा पनि भइहाल्छ भनेर पत्याउनुभन्दा ठूलो मूर्खता अरु के होला र ? एक वर्षमै उपभोक्ताहरूको चुलो चुलोमा ग्यासका पाइपलाइन जोड्ने कुरा कुन विवेकशील मान्छेले पत्याउाछ र ? दुई वर्षमा साउदी अरेबियालाई नेपाली तेल बेच्ने कुरा कुन सद्दे दिमाग भएको मान्छेले पत्याउाछ र ? एक वर्षमै मुलुकलाई लोडसेडिङ्ग मुक्त बनाउने हल्लाको पछि कुन बुद्धिमान् मानिस ढ्वाङ फुक्दै हिाड्न सक्छ र ? दुई वर्षमै काठमाडौं–पोखरा–लुम्बिनीमा चुच्चे रेल कुद्न सक्ने हवाई कल्पना कसले पत्याउन सक्छ र ? लौ भइगो, मिति तोक्नु ओलीको गल्ती हो, आाटेपछि ढिलो चााडो विकासे योजनाहरू कार्यान्वयन हुनसक्छन् । सपना देख्नु योजना कार्यान्वयनको पहिलो खुड्किलो हो भनेर ओलीको मान राखिदिने हो भने पनि ती योजनाहरू कुनचाहिा तल्लो वर्गको हितसाधनका लागि हुन् र, जनपक्षधर भनेर चिनिएका बौद्धिकहरूले उम्लीउम्ली ताली ठोक्न मिल्छ र ? ग्यासको पाइपलाइन चुलो चुलोसम्म पुग्छ भने पनि त्यो काठमाडौंकै लागि होला । गाउाठाउाका झुप्राहरूमा पुग्ने त होइन ! चुच्चे रेल आयो भने पनि काठमाडौं, पोखरा र लुम्बिनीमा आउला । कर्णाली भेरीसम्म पुग्ने त होइन । भारतबाट आयात गरेरै भए पनि लोडसेडिङ्ग कम गरिएछ भने पनि त्यो कुन वर्गको जनताको सुविधाको लागि हो त ? सत्तरी प्रतिशत भन्दा बढी नेपालीहरूको घरमा त अझै पनि टुकी बल्दै छ । दुर्गमका गरिबहरूका झुपडीहरू उज्यालो बनाउने कुरा ओलीले गरेका होइनन् । गरेका हुन् केवल सहरबजारमा बसोबास गर्ने हुनेखाने वर्गकै लागि ! जनताको पक्षमा कलम चलाउनेहरू भनेर परिचय बनाएको विद्वत् समुदायको त यस्तो हाल छ भने आम जनताले कसरी वास्तविकताको आध्यारोपक्ष खुट्याउन सकून् र ओलीका उडन्ते बकवासहरूलाई सुमधुर राष्ट्रगान सम्झेर ताली नठोकून् त बिचरा ?!
यतिबेला कुनै संघसंस्थाले मत सर्भेक्षण गर्ने हो भने नेपाली नेताहरूमध्ये वर्तमान प्रधानमन्त्री ओलीको लोकप्रियताको ग्राफ सबैभन्दा उच्च देखिने थियो होला । आम जनताको के कुरा भो र ? एकीकृत महाकाली सन्धिको विपक्षमा पार्टीभित्र जबर्जस्ती अभियान चलाउने र त्यही विषयको मतान्तरका कारणबाट पार्टीसमेत विभाजन गर्ने वामदेव गौतमले समेत ओलीमा राजा महेन्द्रको राष्ट्रवादी चरित्र देख्दा रहेछन् ! हुन त नयाा जोगीले बढी खरानी घस्छ भन्ने उक्ति गौतममा लागू नुहुनपर्ने कारण के छ र ? आफूले मन पराएको मान्छेको रूपरङ्ग हााडीघोप्टे कालो भए पनि गहुागोरो भनीहाल्न नसके पनि कल्साउादो छ भनिन्छ रे ! उनको समस्या पनि त्यस्तै होला । फलप्राप्तिको आशा नमरुञ्ज्याल अलिकता चिल्लो घस्दैरहने मनोविज्ञानले काम गर्नु पनि अस्वाभाविक मानिादैन । तर बुझ्नुपर्ने कुरा कति मात्रै हो भने धर्मान्तरण गरेर कुनै मानिस विधिवत् बौद्धभिक्षु बन्यो भन्दैमा उसले विगतमा गरेको हिंसालाई बिर्सन मिल्दैन । अझ ज्यान लिने अपराधै गरेको रहेछ भने कानुनत: उन्मुक्ति दिन मिल्दैन ।