चिनियाा चिकित्सकको चमत्कार : टाउको प्रत्यारोपण

140

बेइजिङ/ चीनका चिकित्सकहरू एक व्यक्तिको टाउको अर्को व्यक्तिको शरीरमा जोड्ने प्रयासमा लागेका छन् । चीनको हार्बिन मेडिकल युनिभर्सिटीका अर्थोपेडिक सर्जन डाक्टर रेनेले टाउको प्रत्यारोपणको तयारी गरेका छन् । उनले त्यसको परीक्षण मुसा र बाादरमा गरिरहेको जनाएका छन् ।

 
उनले मानवको शरीरमा पनि टाउको प्रत्यारोपण गरिसकेको जनाए पनि त्यसबारे विस्तृत जानकारी दिएका छैनन् । यस प्रकारको प्रत्यारोपण मानव शरीरमा सफल रूपमा गर्न सके यसबाट थुप्रै व्यक्तिले लाभ लिनसक्ने उनले जनाएका छन् । विशेषगरी शरीर प्यारालाइसिस भएर काम नगर्ने भएका व्यक्तिहरूको टाउको अन्य व्यक्तिको शरीरमा प्रत्यारोपण गर्नसके त्यस्ता व्यक्तिले पुनर्जीवन पाउने उनले दाबी गरेका छन् । शल्यक्रियाका लागि भने मृत्यु भइसकेको डोनरको शरीरमा जीवित व्यक्तिको टाउको प्रत्यारोपण गनरिनेछ । शरीर र टाउको ब्लड भेसेल्सलाई जोड्ने कार्य हुने र गर्धन सिधा गर्न धातुको रड शरीरमा राखिनेछ । ढाडका स्नायुलाई एक प्रकारको ग्लुले रसिलो बनाएर राखिनेछ । यसबाट उसले बढ्न मद्दत गर्नेछ । अन्त्यमा दुवैको शरीरको छालालाई सिलाइनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here