भारतको राजस्थानकी महिला आयोग सदस्य सौम्या गुर्जरले एउटा सेल्फीका कारण जागिरबाट हात धुनुपरेको छ । उनले हालै एक बलात्कार पीडित महिलासाग सेल्फी लिएकी थिइन्, जसले गर्दा उनले पदबाट राजीनामा दिनुपरेको हो । उनले पीडितसाग यस्तो विवादास्पद गतिविधि गरेपछि राजीनामा दिन बाध्य भएकी हुन् । सेल्फी खिच्नुलाई गलत ठहर गर्दै नेशनल वुमन कमिसनले सौम्या र राजस्थान कमिसन सुमन शर्मालाई ४ जुलाईभित्र दिल्ली आइपुग्न भनेको छ । यद्यपि सौम्याले भने आफूले उक्त तस्वीर अनुसन्धानका लागि मात्र खिचेको दाबी गरेकी छन् । यसप्रकारको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि उनीमाथि पद छोड्न चर्को दबाब परेको थियो ।