उज्यालो पुस्तकालयको सपना

228

 दीपेन्द्र रोकाया
भारद्वाजले क्रान्ति गर्नु छ भने पुस्तकालयमा छिर्नुपर्छ भनेको पाइन्छ । नेपालमा कुनै पनि क्रान्ति पूरा भएका छैनन् । वि.सं. २००७ सालमा उठेको लोकतन्त्रवादी आन्दोलनले भने वि.सं. २०७२मा संविधान जारी गरेको परिप्ेरक्ष्यमा संविधानको कार्यान्वयन भयो भने एउटा क्रान्ति पूरा भएको मानिने अवस्था छ । तर त्यसै आसपासबाट उठेको जनवादी आन्दोलनले विभिन्न घुम्ती हुादै वि.सं. २०५२ देखि ०६३ मंसिर ५ सम्मको जीवनमरणको संघर्ष र त्यसयताको उतारचढावले नेपालको जनवादी क्रान्ति पूरा भएको देखाउादैन । अझ यो विचारधारा निकै विश्रृंखलित भएर अल्मलिएको देखिन्छ । यसको एउटै कारण हो, सही नेतृत्व र कार्यदिशाको अभाव ।

 

सही नेतृत्व कहाा पाउने होला र सही कार्यदिशा कसरी निर्माण गर्ने होला ? मान्छेहरूले भगवान् खोज्न मन्दिर चहारेझौ चहार्ने हो कि आफूलाई चिनेर समाजलाई चिन्ने कार्य गर्ने ? अहिले यही विषयमा ध्यान दिनुपर्ने भएको छ । हुन त पछिल्लो क्रान्तिमा लागेका धेरै साथीहरू जीवन दर्शनका कुरा बढी गर्दछन्, तर त्यस जीवन दर्शनलाई सैद्धान्तिकरण गर्न पछि पर्नाले समाज रूपान्तरणमा हामीले कुनै योगदान नै गरेका थिएनौा जस्तो भइसकेको छ । यो परिस्थिति कसरी निम्तियो भनी हेक्का राख्न जरुरी भइसकेको छ । यदि हामीमा जिउादो रगत अझै छ भने नेपाली समाजमा आमूल परिवर्तनका लागि भूमिका खेल्न समाज ब्युाझाउन आवश्यक छ । त्यो चाहिा कसैले भनेको भरमा भन्दा आफौ विश्व चिन्नसक्ने आधार बनाएपछि मात्र सम्भव हुन सक्छ ।

 
मैले यो कार्य के हुन सक्ला भनी खोज्दा एक, पुस्तकालय हुने देखो । दुई, प्रकृति र संस्कृति हुने देखो । तीन, भौतिक पूर्वाधारलाई देखो । समाजलाई जिउादो जाग्दो बनाउने हो भने पुस्तकालय खोल्न आवश्यक हुन्छ । नेपाल सरकारले हरेक बस्तीमा पुस्तकालयका लागि प्रोत्साहन गर्ने नीति अख्तियार गरेको देखिन्छ । तर त्यो हावाको महलजस्तै भएको पाइन्छ । मैले हिाडेरै देखेको ७३ जिल्लाको वस्तुस्थिति विश्वविद्यालयमा पढाइने विषयवस्तुभन्दा केही भिन्न पनि छन् । तर हामीले यो भिन्नतालाई पनि चिर्नसकेका छैनौा ।

 
शान्ति प्रक्रियायता मैले नेपालको सबैभन्दा पछि परेको कर्नाली क्षेत्रको विकासका लागि चार विषयमा बडो जोड दिादै आएको थिएा । एक, संवैधानिक कर्नाली विकास आयोग हो । मान्छेहरू केही उठाएमा आफ्नो लागि भन्यो होला भनी ठान्दा रहेछन् । संवैधानिक हैसियत ग्रहण गर्ने मेरो योग्यता पुगे पनि उमेर पुगेकै छैन । तर पनि मलाई बनेको कर्मचारी आयोगप्रति असन्तोष यथावतै छ । कर्नालीले संवैधानिक हैसियत नपाई नीतिगत तहलाई हेर्न कहिले पाउन सक्छ र ? यही पीडा हामीले एसियाको गन्तव्य बनाउन चाहेको बाह्तेल बाह्देउको मन्दिरसहितको भ्यु टावर तथा वस्ती विकास कार्यक्रमलाई सरकारी योजना आयोगले यो वर्ष पनि प्राथमिकतामा पारेको देखिएन । बाह्तेल बाह्देउको मन्दिरसहितको भ्यु टावर निर्माण भयो भने पूर्व सगरमाथा, पश्चिम काश्मिर, उत्तर मानसरोवर कैलाश र दक्षिणको तराईलाई हुम्लाबाट सहजै अवलोकन गर्न सकिनेछ । यस्तै हुम्लामा एकीकृत घना बस्ती विकास कार्यक्रम जिल्लाभर लागू भयो भने अहिलेको २७ गाविसलाई एक अध्ययनअनुसार २५ बस्तीमा विकास गर्ने र त्यो आउादो पााच वर्षमा २५ वटा नगरपालिकामा विकास गर्न सकिने सम्भावना रहेको छ ।

 
दुई, कर्नाली लोकमार्ग निर्माण हो । यो लोकमार्ग कर्नालीको तिरैतिर जाने रूपडिहा–हिल्सा अर्थात् संघीयताका कारण अब सुर्खेत–हिल्सा मान्नुपर्ने भएको छ । हामी अझै पनि दुवै देश जोडिन चाहन्छौा । राज्यले र अञ्चल सदरमुकामवासीले यसको मर्म नबुझ्दा कर्नाली किनारै किनारमा निर्माण गरिने लोकमार्ग निकै अल्मलियो ।

 

ठेकेदारहरूले पनि खेलबाड गरे । राज्यले हुम्लासाग जोड्ने प्रयासमा तदारुकता नदेखाएकै कारण हुम्लाबाट राज्यसाग जोडिन हिल्सा–सिमकोट तथा लिमी–लाप्चा सडक खन्ने प्रयास भयो । नेपाली सेनालाई गुहार्न पर्‍यो । यसपाली प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणले हिल्सा पुल दुई देशको मैत्री पुल बनाउने सहमति भएकाले यसलाई हामीले सिल्क रोड हुादै पूर्वी युरोपसम्म जोडिने पहुाच मार्ग ठानेका छौा ।

 
तीन, कर्नाली स्वास्थ्य विज्ञान प्रतिष्ठान हो । यो सवालमा जुम्लाका नरेश भण्डारी सांसद् भएकाले विशेष विधेयकका रूपमा प्रस्ताव गरेका कारण सम्भव भएको थियो । यो जुम्लामुखी हुन गएकाले उत्पीडित क्षेत्रलाई अपनत्व हुनसकेको छैन । यद्यपि यसको विकास गरी विश्व हर्वल अध्ययन केन्द्र बनाउनतिर लाग्नुपर्दछ ।

 
चार, नाथ (वाम) प्राज्ञिक संरचनाको निर्माण गर्ने । यसलाई थिङ्क ट्याङ्कको रूपमा विकास गर्नुपर्ने हुन्छ । खोच्चारनाथ, खार्पुनाथ, भैरवनाथ र चन्दननाथ कर्नाली प्रदेशका यी चारधाम प्राचीन प्राज्ञिक संस्था हुन् । अब यस्ता ऐतिहासिक संस्थालाई धार्मिक रूप दिई छोपिएको इतिहास उत्खनन गर्नुपर्ने देखिन्छ ।

 
मैले आफ्ना सपनाहरू कार्यान्वयनका लागि सबैसाग आग्रह गर्दै आएको छु । तर यहाा कथित ठूलो पद भए मात्र सम्भव हुने सामन्ती सोच र संरचनाका कारण अहिलेसम्म घाइते हुादै बस्नुपरेको छ । तर यसको क्षतिपूर्ति मैले पुस्तकालयमार्फत हुने देखो । वि. सं. २०५१ साउन ६ गते बिहान आफ्नै जन्मभूमि रादेउमा सुरेश दाइ र मैले स्थापना गरेको उज्यालो पुस्तकालयलाई सम्झो । तत्कालीन श्री ५ को सरकारले हुम्ला जिल्लाको रोडिकोट गाउापालिका वडा नं. ३ स्थित रादेउ गाउाको इल्लामा रहेको यो पुस्तकालयको नामोनिसान नरहने गरी राज्य आतंक मच्चाएका कारण बन्द भएको थियो । अब यसको विकासका लागि सोच्नुपर्ने भयो । यसपटक मैले जीवनसंगिनी देवकी तिमल्सिनालाई जन्मदिनको अवसरमा यही योजना कार्यान्वयनको लागि प्रस्ताव गरो । उहााले सहर्ष स्वीकार्नुभयो । पुस्तकालय तालिममा प्रथम भएको र विगत पााच वर्ष पुस्तकालयमा काम गरेको अनुभवले समाजको सबैभन्दा पछि परेको क्षेत्रमा ज्ञानको उज्यालो छर्ने स्वतन्त्र माध्यम यही हुने देखियो । आशा छ, उहााको ऊर्जाले नेतृत्वदायी भूमिका पूरा हुनेछ ।
यसर्थ, उज्यालो पुस्तकालयको अल्पकालीन उद्देश्य वि.सं. २०७३ भित्र पुस्तक तथा प्रविधिको संकलन अभियान सञ्चालन गरिएको छ । मध्यकालीन उद्देश्यअनुसार यसको छुट्टै भवन निर्माण गरिनेछ र दीर्घकालीन उद्देश्यका रूपमा ई–पुस्तकालयको स्थापना गर्ने दृढसंकल्प लिइएको छ । यसबाट विद्यालय र विश्वविद्यालयमा पाइने ज्ञानभन्दा निकै फरक तरिकाले समाजको उन्नतिका लागि ज्ञानगुनका कुरा पत्ता लाग्नेछन् । यस पुस्तकालय स्थापनाकालमा पढ्न जानु भनेको कामको खती हो भन्ने बेला पठनीय संस्कृति निर्माण गराउन एक महिनामा एक किताब अध्ययन गर्ने, पढिसकेपछि त्यसको सार पुस्तकालय सदस्यहरूलाई सुनाउने अभियान नै चलाइएको थियो । यसका साथै श्रम सहकारी कार्यक्रम सञ्चालन गरिएको थियो । द्वन्द्वकालमा पुस्तकालयका पुस्तकप्रति नेपाल प्रहरीको निगरानी हुनाले पुस्तकालयका तर्फबाट कुनै पनि गतिविधिहरू हुन पाएनन् । भएका पुस्तकहरूको समेत चोरी भयो । अब हामी यो इतिहासको जर्गेना गर्न चाहन्छौा ।

 
यसरी हामी हुम्लाजस्तो दुर्गम जिल्लाको रादेउ गाउामा एक आधुनिक पुस्तकालय निर्माणका लागि पहल गर्दै छौा । कृपया, तपाईंले पुस्तक उपलब्ध गराएर, प्रविधि उपलब्ध गराएर, भवन निर्माणका लागि सहयोग गरेर वा स्रोत देखाएर सहयोग गर्न सक्नुहुनेछ । हामीलाई सबै सहयोगी र प्रेरणादायी हात र साथको आवश्यकता छ । हामी तपाईंहरूले दिएको सियोधागोको पनि इतिहास उज्यालो पुस्तकालय सुरक्षित बनाई राख्नेछौा । हाम्रो उज्यालो सपनामा तपाईंको साथ र सहयोग सूर्यको किरणजस्तै बन्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here