भगतसिंह कोसियारी, भारतीय नेता
नेपाल–भारत सम्बन्धमा प्रबुद्ध समूहको बैठकलाई कसरी लिन सकिन्छ ?
नेपाल–भारत सम्बन्धमा प्रबुद्ध समूहको बैठक सम्पन्न भएको यो ऐतिहासिक क्षण हो । दुवै देश लामो समयदेखि असल मित्रको रूपमा रहादै आएका छन् । बीचमा सबैले महसुस गरेका थिए कि दुई देशबीचको सम्बन्ध अझै बलियो र प्रगाढ हुनुपर्छ भनेर । नेपाल र भारतभित्र कहिलेकाहीा यस्ता आवाजहरू पनि उठ्छन् कि यो वा त्यो ठीक भएन भनेर । पुराना कुराहरू ठीक भएनन् भने त्यसमा पुनर्विचार गर्नुपर्छ । त्यसैले दुवै देशले प्रबुद्ध व्यक्तिहरूको समूह बनाएका छन । हामीले बसेर कुरा गर्यौा र तय गर्यौा कि जति पनि विषयहरू छन् सन्धि वा विकास वा सञ्चार वा पर्यावरणको विषयमा हामी अलग–अलग दस्तावेज तयार गर्छौा र छलफल गर्छौा अनि दुवै देशको हितमा जे हुन्छ त्यो काम गर्छौा ।
प्रबुद्ध समूहको बैठकको खास उपलब्धि के हो ?
खास उपलब्धि के हो भने सबै विषयमा हाम्रो लगभग समानखाले विचार थियो । ईपीजीलाई दुई देशको समूह नठानेर एकै समूह ठानी कुरा गर्यौा । प्रारम्भिक कुराकानीले यसलाई बल पुर्याएको छ । प्रारम्भिक चरणकै कुरामा हामीबीच मत मिलेको छ, हामीबीचमा कुनै विभाजन देखिएको छैन । आगामी दुई/तीनवटा बैठकपछि सबै विषयका ठोस निष्कर्ष आउाछ । त्यसपछि हामी दुवै सरकारलाई आफ्नो रिपोर्ट दिन्छौा । त्यसको आधारमा सम्बन्धमा जे–जे सुधार ल्याउनुपर्ने हो त्यो ल्याउने काम हुन्छ ।
सन् १९५०को नेपाल–भारत शान्ति तथा मैत्रीसहितका सन्धिसम्झौताहरू पुनरावलोकन हुन्छन् ?
प्रबुद्ध समूहमा नेपालका साथीहरूले जुन–जुन विषयहरू राख्नुभएको छ, चार/पााच विषयहरू तय भएका छन्, त्यसमा खुलेर कुराकानी हुन्छ । त्यसपछि हामी मिलेर एउटा निर्णयमा आउाछौा । किनकि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पहिला नै भनिदिनुभएको छ कि तपाईंहरू जहाा–जहाा संशोधन गर्न चाहनुहुन्छ भन्नुस्, हामी गर्छौा भनेर । तपाईंहरूको सरकारले यो विषय ल्याए सबै विषयमा कुरा हुन्छ । भारतले आफ्नो मनले मात्रै गर्ने कुरा हुादैन । जसले १९५० को सन्धि खारेज हुनुपर्छ भनेका छन्, उनीहरूलाई नै थाहा छैन कि के–के कुराहरू खारेज हुनुपर्छ भनेर । जब कि हाम्रो प्रधानमन्त्रीले भारतवर्षको एक हजार पुरानो कानुनलाई रद्द गरिदिनु भएको छ । भारत आफौ पुरानो कानुन खारेज गर्दै छ भने नेपालसाग भएका त्यस्ता सम्झौता पनि खारेज हुन्छन् । त्यसमा कुनै विषय कुनै देशको हितमा छैन भने त्यसलाई हटाइन्छ । पहिला त्यसमा अध्ययन हुनुपर्छ, अहिलेसम्म कसैले त्यसमा अध्ययन त गरेको छैन । मैले सोध्दा १९५० सन्धिबारे सोध्दा कसैले पनि केही भन्न सकेनन् । यो त राजनीतिक नारामात्रै बनेको छ तर वास्तविकतामा केही थाहा छैन । नेपालले त्यसमा पूरै अध्ययन गरेर आओस्, जहाा संशोधन गर्नुपर्ने आवश्यकता हुन्छ त्यहाा संशोधन गरौाला ।
कालापानी, लिपुलेक र सुस्ता जस्ता सीमा समस्याको विषयमा कुरा भयो ?
कालापानी, लिपुलेक र सुस्ता जस्ता विषयहरू सुस्त नै छन् । यो विषयमा अहिले कुरा नगरी जुन सन्धिसम्झौताहरू छन्, त्यसमा कुरा भएको छ । विकास, सञ्चार र सम्बन्ध सुधारलगायतका विषयहरू जो तात्कालिक आवश्यकता छन्, त्यसमा हामी काम गर्छौा । कालापानीको विषयले नेपालले खान नपाउने र भारतले बढी खान पाउने भन्ने कुरा त होइन । अहिले हामीले त्यस विषयमा कुरा गरेका छैनौा तर त्यस विषयमा पनि कुरा आउाछ भने कुरा हुन्छ । जे–जे विषयहरू छन्, जे कुरा आउाछन्, त्यसमा हामी विचार गर्छौा ।
नेपालका वामपन्थीहरूले त यो कुरा उठाइरहेका छन् नि ?
कुनै एउटा पार्टी वा समूहले कुनै आवाज उठाउाछ भने त्यो समग्र देशको आवाज हुादैन । त्यसैले समग्र देश के चाहन्छ भन्ने कुरा हो । देशको प्रतिनिधित्व गर्ने प्रमुख चार व्यक्तिहरू हुनुहुन्छ । हामी पनि चार जना छौा । हामी समग्र देशको हिसाबले कुरा गर्छौा । केही साना समूह र पार्टीले भन्दैमा केही हुादैन । दुवै देशको हितमा जे काम हुन्छ, त्यो हामी गर्छौा ।
जति पनि नेपाल–भारतबीच असमान सन्धिसम्झौताहरू छन्, त्यसको पुनरावलोकन हुन्छ ?
हुन्छ ।
तपाईंहरूले राजनीतिक विषयमा त कुरा गर्नुभएन नि ?
ईपीजीलाई राजनीतिक म्याण्डेड छैन । ईपीजीको बैठकपछि म जुनसुकै दलसाग पनि राजनीतिक कुरा गर्न सक्छु । तर ईपीजीको सीमा र मर्यादाहरू छन् । हामी त्यसको मर्यादाभित्र रहेर काम गर्छौ । हामी राजनीतिक विषयमा कुरा गर्दैनौा केवल सामाजिक, आर्थिक, सम्झौता, सन्धिलगायतका विषयमा कुरा गर्छौा । राजनीतिक मुद्दा त राजनीतिक स्तरमा कुराकानी हुन्छ । ईपीजी राजनीतिक समस्या समाधानको लागि बनेको होइन ।
भारतको नेपालको संविधानप्रति त असन्तुष्टि छ ?
मैले पहिला पनि भनेको थिए संविधान थिएन बन्यो त्यो राम्रो भयो भनेर । भारतमै हामीले संविधान एक डेढ सय जति गरिसक्यौा । यहााको संविधानलाई पनि एकैपटक पूर्ण बनाउन सक्नुहुन्न ।
मधेसी मोर्चाको माग पनि त सम्बोधन गर्नुपर्ला नि ?
मधेसी मोर्चाको माग पूरा गर्ने काम नेपालको कुरा हो । यो भारतीय जनता पार्टी वा भारत सरकारको काम होइन ।
मधेसी मोर्चाको मागमा भारतीय जनता पार्टीले समर्थन त गर्यो नि ?
भारतीय जनता पार्टीले भनेको कुरा त नेपालमा सबै राजनीतिक दलहरू मिलेर सहमतिमा काम गर्नुस् भनेको हो ।
संविधानमा त तपाईंहरूको अझै पनि असहमति छ ?
नेपालको संविधानमा नेपाली जनता सहमत हुनुपर्यो । हाम्रो सहमति वा असहमतिको अर्थ हुादैन ।
नेपाल–भारत सम्बन्ध आजको दिनमा कस्तो छ ?
राम्रो छ । अरु राम्रो हुन्छ । तपाईं आफौले देखिरहनुभएको छ, म नेपालका यति धेरै नेताहरूसाग कसरी प्रेमर्पूक भेटघाट गरिरहेको छु । हामी नेपालबाट एकदमै खुसी भएर दिल्ली जाादै छौा ।
तपाईंले नेपालको विषयमा भारतीय प्रधानमन्त्रीसाग कुराकानी गर्नुहुन्छ ?
होइन, हामी जे कुराकानी गर्छौा, भारतीय विदेशमन्त्रीसाग गर्छौा । उहााले प्रधानमन्त्रीसाग कुराकानी गर्नुहुन्छ ।
प्रस्तुति ऋषि धमला