प्रचण्डले बुझ्न नसकेको पक्ष

168

चन्द्रप्रकाश वानियाा

 
‘लाटोले खान्छ एक बल्ड्याङ, बाठोले खान्छ तीन बल्ड्याङ’! हाम्रो समाजमा प्रचलित यो वक्रोक्ति माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमा राम्रैसाग लागू भएको देखिन थालेको छ । खुला राजनीतिमा आएपछि उनको प्रतिष्ठा र लोकप्रियताको ग्राफ निरन्तर ओरालो लागिरहेको छ भन्दा फरक पर्दैन । संविधानसभाको दोस्रो निर्वाचनपछि एमाले र कााग्रेसले सत्तासाझेदारी गरिदिनाले मुख्य प्रतिपक्षको भूमिका तत्कालीन माओवादीलाई उपहारमा मिलेको थियो । सरकारले पूरा गर्न नसकेका जनताका अपेक्षाहरू समातेर राजनीतिमा गुमेको साख पुन: प्राप्त गर्ने स्वर्णीम अवसर थियो त्यो । तीस दलीय गठबन्धनलाई निरन्तरता दिन सकेका भए सत्तालाई प्रतिरक्षात्मक स्थितिमा पुर्‍याउनसक्ने अवस्था देखिन्थ्यो पनि । अचानक प्रचण्डले पक्ष परिवर्तन गरिदिए । तीस दलीय गठबन्धनलाई सडकमै अलपत्र पारेर एमाले र कााग्रेसाग घााटी जोड्न पुग्दा पनि उनको चतुरता र दूरदृष्टिमा विश्वास गर्ने मानिसहरूलाई लागेको थियो कि एमाले कााग्रेससाग गला मिलाउादा शान्तिपूर्ण बाटोबाट लक्ष्य प्राप्त गर्न सकिन्छ भने मधेसी र जनजातिहरूसाग मिलेर आन्दोलन किन गरिरहनु भन्ने बुझाइले प्रचण्डलाई त्यस्तो कदम उठाउन प्रेरित गरेको होला ! अवश्य, मधेसले उठाउादै आएका विषयहरू सम्बोधन गरिने प्रत्याभूति एमाले कााग्रेसबाट लिइएको होला र प्रचण्डजस्तो चतुर मान्छे केवल सत्ता सहभागिताको लोभमा मात्र फसेको नुहनुपर्छ भन्ने आम बुझाइ रहेको थियो । प्रचण्डको चामत्कारिक व्यक्तित्वबाट सम्मोहित तप्काले मधेस समस्या समाधानको भरपर्दो प्रत्याभूतिविना सोह्र बुादे सहमति गरिएको होला भनेर शंका गर्न पनि चाहादैनथ्यो । तर समयले त्यो अनुमान झुटो सावित भैदियो ।

 
चार दलबीच भएको सोह्र बुादे सहमतिको परिणामस्वरूप संविधान जारी भयो तर मधेसलाई उपेक्षा गरिएको अनुभूति पनि गरायो । संविधान जारी गर्दा नगर्दै माओवादी थपिएर बनेको चार दलीय गठबन्धनमा धााजा फाट्यो । कााग्रेस सहमतिबाट पछि हट्यो । कााग्रेसले सहमति तोडे पनि प्रचण्ड भने ओली नेतृत्वको नयाा सरकार गठन गर्ने अभियानमा डटिरहे । सुशील कोइरालालाई पदबाट राजीनामा गराउन बाध्य पार्ने खेलमा पनि प्रचण्डको भूमिका निर्णयकजस्तै देखिएको थियो । संविधान जारी गरेर त्यसलाई कार्यान्वयन गर्ने बेलामा पछि हटेकोमा आम जनताले कााग्रेसको अर्घेलो देख्यो र ओलीसाग टाास्सिने प्रचण्डको चेष्टामा पनि सुनौलो सपनाको अनुमान गर्दै रह्यो । मधेसका मागहरूप्रति अलिकता नरमजस्तो देखिएको कााग्रेस सत्ताबाहिर रहे पनि समस्या समाधानमा सहयोगी हुनेछ, मनाउनुपर्ने एमालेलाई हो भनेर सत्ता नेतृत्व उसलाई दिने शर्तमा मधेस समस्या समाधानको प्रत्याभूति एमालेबाट लिइएको होला भन्ने विश्वास प्रचण्डभक्तहरूको थियो । परिणामले कुरा त्यस्तो भएको जस्तो पनि देखाएन । ओली सरकारले सत्ता सम्हालेको पौने वर्ष नाघ्न आाट्यो र पनि मधेस समस्या भने जहााको तहीा रह्यो । प्रम ओली र उनको पार्टी त्यस विषयमा रत्तिभर यताउता भएको देखिएन । एमाले र माओवादी केन्द्रबीच भएको पछिल्लो नौ बुादे सहमतिमा पनि त्यस्तो वाचा कबोल गराइएको रहेनछ । नौ बुादे त देखाउने दाात मात्र रहेछ । समस्याको समाधान खोज्ने होइन, सत्ताको नेतृत्व लिनेदिने अभद्र सहमति आध्यारो कुनामा गरिएको रहेछ भन्ने कुराको खुलासाले सिंगो मुलुकलाई नै निराश बनाएको छ ।

 
हो, प्रचण्डबाट मुलुकले आशा गरेकै हो । पछिल्लो निर्वाचनमा नराम्रो पराजय हात लागे पनि माओवादीलाई किङ्गमेकरको हैसियत जनताले दिएकै थिए । उसको सहयोग र समर्थनविना ठूला भनिएका पार्टीहरूमध्ये एउटाले पनि सरकार बनाउन सक्ने परिस्थिति थिएन । त्यो बेला परिस्थितिको उपयोग गर्ने क्षमता पुगेन अथवा के भयो एमाले कााग्रेसको गठबन्धन बन्यो । उतिबेला त जे भयो भयो, कमसेकम एमाले र कााग्रेसबीच सहमति नहुने परिस्थितिमा आफ्नो त्यो हैसियतको उपयोग सत्ताको निमित्त दलाली गर्ने होइन, मुलुकको पक्षमा उपयोग गर्ने सदाशयबाट गरिनुपथ्र्यो । अवश्य, सोह्र बुादे होस् वा नौ बुादे दुवै सहमतिमा मधेस समस्या समाधान गर्ने एक/एकवटा बुादा परेको छ तर एकपटक कार्यान्वयन गर्ने रुचि नदेखिइसकेपछि अर्को पटक उस्तै बुादे सम्झौता कार्यान्वयन हुनेछ भनेर एमालेलाई पत्याउनुभन्दा ठूलो मूर्खता अरु के हुन सक्थ्यो र ? आफ्नो हात माथि परेपछि एमालेले त नौवटै बुादाहरूतिर बुढी औंलो देखाइसक्यो । प्रचण्डको दबाबले अब काम गर्नसक्ने अवस्था नै छैन । एमालेका निमित्त पार्टीभन्दा ठूलो अरु कुनै कुरा छैन । पार्टीस्वार्थका लागि मुलुक र समाजप्रति घात गर्नुपरे पनि उसका कदमहरू डगमगाउादैनन् भन्ने कुरा इतिहासले प्रमाणित गरिसकेको छ । अलिकता लोकप्रिय मसलाहरू मलेर बजेट ल्याउने अवसर नपाएका भए प्रधानमन्त्रीका विकासे गफ हावामा उड्नेवाला थिए । पहाडे राष्ट्रवादको नक्कली नौटङ्कीले ओलीको गफाडी चरित्रको लाज छोप्न सक्ने थिएन । हो, त्यहीानेर माओवादी केन्द्रले फेरि अर्को एउटा गल्ती गर्न पुग्यो । नक्कली नै भए पनि पहाडे राष्ट्रवादको सहानुभूति र बजेटको लोकप्रिय कार्यक्रमले एमालेको जनसमर्थन बढ्ने परिस्थिति निर्माण गरिदियो । त्यसैको कारणले देशले भोगिरहेको समस्यातिरबाट आाखा फेर्ने अवसर उसलाई मिल्न गयो । अब एमालेका लागि माओवादी वा कााग्रेसको नेतृत्वमा सत्तामा जानुभन्दा प्रतिपक्षमा बस्नु लाभदायक ठहरिने परिस्थिति बन्यो । ओलीको नेतृत्वमा राष्ट्रिय सरकार बनाउनुभन्दा पनि सर्लक्क सत्ता छोडेर बाहिर बस्नु नेपाली जनताको सहानुभूति र समर्थन प्राप्त गर्ने तुरूपको एक्का सावित हुने भो । त्यसैले न त प्रचण्डको धम्कीको असर एमालेलाई पर्ने देखिन्छ न त पटक पटक एमालेलाई कााधमा बोकेर सत्ताको भर्‍याङ चढ्न सघाउने प्रचण्डको गुन तिर्ने मनशाय देखिन्छ । प्रचण्डको आासुले एमालेलाई पगाल्ने कुराको त कल्पना पनि नगरे हुन्छ ।

 
खेलमैदानमा बाजी मार्ने कुशल खेलाडीले नै हो । मैदानको दाहिने वा देब्रे कता कति समय रह्यो भन्ने कुराले कुनै अर्थ राख्दैन । खेलाडीको दक्षता खेलको विजयबाट नै सावित हुने हो । सत्तामा रहादा होस् वा बाहिर प्रचण्डको चतुरताले सधैं हावा खाने गरेको छ । पहिलो संविधानसभामा बलियो हैसियत प्राप्त गरेको तत्कालीन माओवादीले पहिलो राष्ट्रपतिको निर्वाचनमै बुद्धि पुर्‍याएन र कााग्रेसको हातमा पद सुप्पियो । तत्कालीन मधेसी फोरमले अघि सारेको उपराष्ट्रपतिको उम्मेदवारको सम्बन्धमा बखेडा नगरेको भए आफ्नो उम्मेदवारले हार्ने परिस्थिति नै सिर्जना हुादैनथ्यो । झलनाथ र वामदेवहरूका उक्साहटमा फुर्केर नउत्ताउलिएका भए पदबाट राजीनामा गर्नुपर्ने अवस्था नै उत्पन्न हुादैनथ्यो । आफ्नै गल्तीको कारणले हातबाट सत्ता गयो । जनसमर्थन पनि गुम्यो । पछिल्लो घटनाक्रममा पनि मौकामा चौका हान्ने चतुरता देखाउन नसकेकै हुनाले आफ्नो गोजीको खाजा, अरुसाग मागेर खानुपर्ने अवस्था उत्पन्न भएको हो । मुख्य प्रतिपक्षको भूमिमा रहेको राजनीतिक दलले जनताका मुद्दाहरूलाई सडकमै अलपत्र छोडेर सत्ताको फेर समात्ने निर्णय लिनुभन्दा ठूलो गल्ती अर्को हुनै सक्तैन । त्यो अवसर त गुम्यो गुम्यो किङमेकरको हैसियतको उपयोग पनि जनताको हितमा गर्ने सुझबुझ देखिएन । प्रचण्डको अस्थिर चरित्रले न जनताको हित गर्न सकेको छ न पार्टीको नै कल्याण गरेको छ । बरु त्यो त उनको आफ्नै तेजोवधको साधन बन्दै गएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here