काठमाडौं/ काठमाडौं महानगरपालिकाले स्थानीय कर र सेवा शुल्क वृद्धि गरेको छ । महानगरवासीहरूलाई महानगरपालिकाले दिनुपर्ने कुनै पनि सुविधा दिन सकिरहेको छैन । खानेपानीको व्यवस्था छैन, फोहर उठाउने व्यवस्था व्यवस्थित छैन, सडक सफाइ गर्ने र भत्किएका सडक मर्मत गर्ने कार्यतर्फ पनि महानगरपालिकाले कुनै चासो देखाएको छैन । महानगरवासीहरूलाई सेवा सुविधा नदिए पनि भूकम्प र भारतको नाकाबन्दीबाट आक्रान्त भएका महानगरवासीहरू कर वृद्धिको चेपुवामा पर्ने भएका छन् ।
महानगरपालिकाले गरेको कर वृद्धिको विरोधमा सत्तासीन र प्रतिपक्षमा रहेका कुनै राजनीतिक दलले आवाज नउठाए पनि नयाा गठन भएको नयाा शक्ति पार्टीले भने विरोध गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ । नयाा शक्ति पार्टीको महानगर परिषद्ले राजस्व दर र सेवा शुल्कबारे सर्वदलीय छलफलको माग गरेको छ ।