हुकुमबहादुर सिंह
नेपालका कम्युनिष्टहरू खासगरी कम्युनिष्ट युवाहरूमा कम्युनिष्ट दर्शन, सिद्धान्त र विचारबारे स्वअध्ययनको एकदमै अभाव बढ्दै गएको छ । हुन त कम्युनिष्ट पार्टीका नेताहरूमा पनि यसको अभाव काफी छ । माक्र्सवाद–लेनिनवाद–माओवादले मानेको तत्थ्य के हो भने कम्युनिष्ट नेता तथा कार्यकर्ताहरूले देशका गरिब तथा निम्नमध्यम वर्गीय किसानहरूबाट आफूलाई पुनर्दीक्षित गरिनुपर्दछ र उनीहरूको मन र मस्तिष्कमा यसलाई दह्रोगरी राख्नुपर्दछ । चिनियाा कम्युनिष्ट पार्टीको विकास क्रममा क.माओले हामीलाई बारम्बार सिकाउनु भएको तथ्य के हो भने ‘गरिब तथा निम्नमध्यम किसानहरूबाट पुनर्दीक्षित हुनका निम्ति अध्ययनरत युवाहरू ग्रामीण इलाकाहरूमा जानु अति आवश्यक हुन्छ ।’ उहााको यो अनुभवजन्य सिकाइलाई आज नेपालका कम्युनिष्टहरूले खासै महत्व दिएको पाइादैन । यतिसम्म कि तिनीहरू माक्र्सवाद–लेनिनवाद–माओवाद र देश, जनता र क्रान्तिप्रति कर्तव्यनिष्ठ हुादै माक्र्सवादी–लेनिनवादी शास्त्रीय ज्ञान तथा माक्र्स, लेनिन र माओका कृतिहरूको अध्ययन गर्ने कुरालाई जडसूत्रवाद देख्ने चिन्तन र प्रवृत्तिले ग्रस्त छन् । परिणाम अहिले नेपालका कम्युनिष्टहरूमा खासगरी आफ्ना कम्युनिष्ट युवा कार्यकर्ता तथा नेताहरूलाई नेपालका ग्रामीण इलाकाहरूमा गएर गरिब तथा मध्यम किसानहरूबाट सिक्ने प्रश्नलाई ज्यादै अवमूल्यन गरिादै आएको छ । हामीलाई थाहा छ, चीनमा विशेष गरी क्रान्ति र त्यसपछिको महान् सर्वहारा सांस्कृतिक क्रान्तिको कालमा माओको उल्लिखित यो महान् आह्वानको प्रत्युत्तर स्वरूप क्रान्तिकारी साहसले भरिपूर्ण लाखौं शिक्षित युवाहरू देशका सीमा क्षेत्र तथा ग्रामीण इलाकाहरूमा गएका थिए । तब त चीनमा नयाा जनवादी क्रान्ति सफल भएको थियो । उनीहरूले त्यहाा गएर प्रथम गरिब तथा निम्नमध्यम वर्गीय किसानहरूबाट आफूलाई पुनर्दीक्षित गर्ने भट्टिमा समाहित गराएका थिए । द्वितीय उनीहरूको बीचमा रहेर संशोधनवादको भण्डाफोर गर्न सक्रियतापूर्वक आन्दोलनमा हाम फालेका थिए, आ–आफ्ना कार्यशैली सुधार्नका निम्ति तीन महान् क्रान्तिकारी आन्दोलनको अग्रमोर्चामा हार्दिकतासाथ लडेका थिए र दृढतापूर्वक मजदुर तथा किसानहरूसाग घुलमिल हुने बाटो अनुसरण गरिरहेका थिए । नयाा जनवादी क्रान्तिका लागि ग्रामीण इलाका निर्माणका निम्ति योगदान दिने प्रक्रियामा तिनीहरूले वर्गसंघर्ष र दुई–लाइन संघर्षको चेतनाको स्तर निकै माथि उठाएका थिए । यही कुरा नेपालमा माओवादी नेतृत्वको दश वर्षे जनयुद्धका दौरानमा पनि हजारौा सर्वहारावादी नायकहरू निरन्तर अगाडि बढिरहेका थिए र एउटा नयाा पुस्ता विकसित हुादै र फक्रिादै थियो । यो माओको दीर्घकालीन सशस्त्र जनयुद्धको क्रान्तिकारी कार्यदिशाको नेपालमा एउटा महान् विजय थियो ।
माओले चीनमा लागू गरेको ‘युवापुस्ताको विकासका निम्ति चासो देखाऊ’ भन्ने शिक्षालाई नेपालको जनयुद्धमा युवा पुस्ताको भर्ना गर्ने कार्यलाई अनुसरण त गरेको पाइयो तर शिक्षित युवाहरूको आवश्यकता पूर्ति गर्नका निम्ति माओवादी पार्टीले गम्भीरतापूर्वक ‘युवाहरूको स्वअध्ययनका निम्ति’ खासै अध्ययन सामग्री तयार पारेर प्रकाशन गरेको पाइएन । माक्र्सवाद–लेनिनवाद–माओवादको अन्तर्वस्तुमा आधारित कुनै पनि संग्रहमा दर्शन, समाज विज्ञान तथा प्रकृति विज्ञानका साथै अन्य कृतिहरू प्रकाशित गरेको पनि पाइादैन । माओवादी शान्ति प्रक्रियामा आएपछि त झन् ग्रामीण क्षेत्रमा कम्युनिष्टको काम नै हुन छाडेको छ । कुनै पनि शिक्षित युवाहरूको ग्रामीण क्षेत्रको भ्रमणमा जोड दिने गरिादैन । गरिब किसानका घर तथा झुपडीहरू कम्युनिष्ट नेता तथा कार्यकर्ताका लागि आकर्षणका केन्द्र बन्न छाडे बरु चार तारे होटलहरू र त्यहााका सुखसुविधा उनीहरूका लागि अत्यावश्यक बन्न गए । जसका लागि माक्र्सवादी दर्शन, साहित्यआदिको अध्ययनको आवश्यकता देखिादैन । परिणाम तिनीहरूको पार्टीभित्र चल्ने दुई–लाइन संघर्षसम्बन्धी चेतना स्तर वृद्धि हुनसकेन तथा तिनीहरूको सैद्धान्तिक, सांस्कृतिक र वैज्ञानिक स्तर उठन सकेन ।
कम्युनिष्टहरू लाल तथा निपूण दुवै हुनैपर्ने बाटोमा अग्रगामी फड्को मार्न असम्भव बन्दै गयो । नयाा जनवादी क्रान्तिका लागि आवश्यक ग्रामीण इलाका निर्माणको आवश्यकता पूरा गर्नका निम्ति थप योगदान पुर्याउन र उनीहरूले लिएका प्रत्येक काम–कारबाहीलाई अगाडि बढाउन असम्भव बन्यो । जसको परिणाम अहिले माओवादी आन्दोलनमा दक्षिणपन्थी संशोधनवादी लाइन र ‘वामपन्थी’ लाइनले बलियो गरी प्रभाव पार्न सफल देखिएको छ ।