विद्यालयको भौतिक अवस्था सुधार गर

370

 उत्तम अर्याल
केही दिनअघि ललितपुरको टौखेलमा प्लटिङ गरिएको जग्गाको पर्खाल भत्किादा उक्त पर्खालसागै रहेको विद्यालयको गाह्रो पनि भत्कियो र त्यस विद्यालयका कक्षा तीनमा पढ्ने दुई जना कलिला बच्चाहरुले अकालमै ज्यान गुमाउनुपर्‍यो । अत्यधिक वर्षाका कारण उक्त पर्खाल भत्किएको थियो । जसले गर्दा एउटा दु:खद घटना निम्तियो । उक्त घटनामा परेर १० जना बालबालिकाहरु घाइते भए भने कैयौा बालबालिकाहरुको मनमस्तिष्कमा नै गहिरो आघात पुग्यो । यो घटनाले नेपालको विद्यालय क्षेत्रमा हुने लापरबाहीलाई उजागर गरेको छ । साथै यस्ता घटना नदोहोरिनका लागि एउटा पाठ पनि सिकाएको छ । अब मुख्य कुरा हामीले पाठ सिक्ने कि नसिक्ने भन्ने हो ? उक्त घटनामा ज्यान गुमाएका बालबालिकाका अभिभावकका लागि आफ्नो सन्तानको जीवनभन्दा मूल्यवान् अरु केही थिएन तर विभिन्न पक्षको चरम लापरबाहीका कारण त्यो घटना हुन पुग्यो । यो घटनाबाट अब पनि पाठ नसिक्ने हो र विद्यालय क्षेत्रमा आमूल परिवर्तन हुन नसक्ने हो भने यस्ता दु:खद घटना अरु ठाउामा पनि नहोलान् भनेर भन्न सकिन्न ।

 
यस घटनासागै नेपालका विद्यालयहरुको भौतिक अवस्थामा प्रश्नचिह्न खडा गरेको छ । एउटा पर्खाल भत्किादा त्यसले सामान्य रुपमा नै भत्काउन सक्ने विद्यालयको गाह्रो हुनुले विद्यालयले विद्यार्थीको सुरक्षामाथि गम्भीर लापरबाही गरेको पुष्टि भएको छ । यो त एउटा उदाहरण मात्र हो । नेपालका अधिकांश निजी तथा सरकारी विद्यालयहरुको पनि भौगोलिक अवस्था सुरक्षाको दृष्टिले राम्रो छैन । अझ निजी स्कुलहरुले निर्माण गरेको कक्षाकोठाको अवस्था झनै दयनीय छ । यस पक्षमा कसैले चासो नदिने र विद्यालयको व्यवस्थापन अभिभावकहरुसाग पैसा असुल्नमा नै व्यस्त हुने गरेका छन् । जसले गर्दा लापरबाहीको यो नमूना प्रस्तुत भएको छ । नेपालमा वर्तमान समयमा विद्यालय शिक्षा अति नै महंगो हुादै गएको छ । सर्वसाधारण व्यक्तिले आफ्नो बालबालिकालाई निजी विद्यालयमा त अध्यापन गराउन नै कठिन छ । निजी विद्यालयले सरकारी मापदण्डविपरीत लिने चर्को शुल्कका कारण अभिभावकहरुको समस्याग्रस्त भएका छन् । उता सरकारी र सामुदायिक विद्यालयहरुमा पनि राम्रो अध्यापन नहुने भएकाले पनि अभिभावकहरु आफ्नो बालबालिकालाई निजी विद्यालयमा पढाउन बाध्य छन् । तर जसोतसो रकमको जोहो गरेर आफ्नो बच्चा भर्ना गरे पनि ती विद्यालयहरुको भौतिक अवस्था सुरक्षित नहुादा अकल्पनीय घटना हुन पुगेका छन् । निजी विद्यालयमा भौतिक सुरक्षा मात्र नभई यातायातको अवस्थालगायत अन्य कुराहरुमा पनि चरम लापरबाही भेटिएको पाइन्छ । तर त्यस्ता समस्याहरुको निराकरण गर्न र गलत काम गर्ने निजी विद्यालयहरुलाई कारबाही गर्न सरकारले कुनै तदारुकता देखाउन सकेको छैन । विद्यालय वरपरका भौतिक संरचनाले पनि विद्यालयलाई जोखिमयुक्त बनाइरहेको छ । यसतर्फ पनि सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन । राजधानीबाहेक देशका अन्य भागका सरकारी तथा निजी सबै विद्यालयहरुको भौतिक अवस्था राम्रो छैन । जसले गर्दा कुनै पनि बेला दु:खद घटनाहरु घट्न सक्छन् । विद्यार्थी भनेका देशका कर्णधार हुन्, भविष्य हुन् । तर उनीहरुको शिक्षादीक्षा र सुरक्षामा भने राज्यको चासो उदेकलाग्दो छ । सरकारी बेवास्ता, नियमनकारी निकायको अभाव, निजी विद्यालयहरुको लापरबाही र अभिभावकहरुमा सचेतताको अभावको कारण नेपालको शैक्षिक क्षेत्र विभिन्न समस्याको माझ गुज्रिरहेको छ ।

 
ललितपुरको घटना नेपालको शैक्षिक क्षेत्रमा भइरहेको लापरबाहीको एउटा नमूना हो । यससाग सम्बन्धित जोसुकैलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्छ । यस घटनाको सत्यतथ्य छानबिन गरी सार्वजनिक गरिनुपर्छ । छानबिनका लागि शिक्षामन्त्रीले प्रतिबद्धता जनाउनु आवश्यक छ । यदि यस घटनाको छानबिन भई सार्वजनिक हुनसके मात्र हाम्रा समस्याहरु उजागर हुनेछन् र तिनीहरुलाई समाधान गर्ने सम्बन्धित निकायलाई दबाबको वातावरण सिर्जना गर्न सकिन्छ । यदि यो घटनालाई गुपचुप र आपसी सहमतिमा नै मिलाउने हो भने यसले यस्तै जोखिम भोगिरहेका विद्यालयहरुको समस्याको सम्बोधन हुन सक्दैन । जसले फेरि–फेरि यस्ता घटनाहरु दोहोरिने सम्भावना कायम राख्छ । यसतर्फ सम्बन्धित सबैको ध्यान पुग्न जरुरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here