‘चपली हाइट २’को ट्ेरलर नै हिट

725

काठमाडौं/ सफल चलचित्र ‘चपली हाइट’को सिक्वेल ‘चपली हाइट २’ को ट्ेरलर युट्युबमा चर्चित भएको छ । चलचित्रको ट्रेलर सार्वजनिक भएको ५ दिनमै यसलाई युटुबमा २ लाख ४० हजार नजिकले हेरिसकेका छन् । चलचित्रको निर्देशद दीपेन्द्र के खनालले गरेका छन् भने निर्माता अर्जुन कुमार रहेका छन् । चलचित्रको ट्रेलरले पाएको रेस्पोन्सबाट आफूहरू उत्साहित भएको उनीहरूले जानकारी दिएका छन् । चलचित्रमा प्रमुख पात्रका रूपमा आयुष्मान् देशराज, परमिता राणा तथा मरिष्का पोखरेल रहेका छन् ।
चलचित्रमा प्रेम, रोमान्स, धोका र बदलाको कथा रहेको यसको ट्ेरलरमा संकेत गरिएको छ । चलचित्रमा रियलमा पनि प्रेममा रहेका परमिता र आयुष्मानको हट दृश्यहरू देख्न पाइने भएको छ । यो जोडीले एक गीतमा लिप किस मात्र दिएका छैनन्, खुलैर रोमान्स पनि गरेका छन् । स्विमिङ पूल र नदीमा खिचिएको एक गीतमा परमिताले विकिनी लगाएकी छिन् । चलचित्र भदौ २ गतेबाट देशैभर प्रदर्शनमा आउने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here