‘पर्शुराम’को फस्र्टलुक सार्वजनिक

335

काठमाडौं/ चलचित्र ‘पर्शुराम’को फस्र्टलुक सार्वजनिक भएको छ । चलचित्रको निर्माण टोलीले दाङमा छायांकन गरिएकाले फस्र्टलुक पनि दाङमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।
चलचित्रमा किशोर खतिवडा, जानभी बस्नेत, नवराज रावत, स्वस्ती क्षेत्री मुख्य भूमिकामा छन् । चलचित्रमा ५० बढी घोडाको प्रयोग, दर्जनौ गाडी, मोटरसाइकल प्रयोग गरिएको दाबी निर्माणपक्षको छ । यस चलचित्रलाई महेन्द्र वुढाथोकीले निर्माण गरेका हुन् भने कार्यकारी निर्माता सविन प्रियासन हुन् । कार्यकारी निर्माता सविनले चलचित्रमा उच्च प्रविधिको प्रयोग गरिएको जनाएका छन् । एनआर घिमिरेले चलचित्रको लेखन तथा निर्देशन गरेका हुन् । चलचित्रको रिलिज डेट अझै तोकिएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here