अस्थिरताको साङ्लो कहाानेर देखियो ?

278

 दीपेन्द्र रोकाया
नेपालको राजनीतिक मोड फेरिएको छ । माओवादी केन्द्रसाग एमालेले सहमतिअनुसारको काम गरेन । सरकार टिकाउने खम्बो माओवादी केन्द्र हुने तर एमालेले आफ्नै मनपरी गर्दै गएका कारण मंगलबार केन्द्रले सत्ता समर्थन फिर्ता लियो । यो सबैले देखेकै कुरा हो । यसका साथै माओवादी केन्द्रका तर्फबाट प्रतिनिधित्व गरेका मन्त्रीहरुले देश, जनता र परिस्थितिअनुसार काम गर्न सकेका थिएनन् । यो अप्ठेरोपनलाई क्रमभंग गर्न आवश्यक थियो । उक्त कदमस्वरुप माओवादी केन्द्रले सत्ता समर्थन फिर्ता लिएको देखियो ।

 
अब राजनीतिमा माओवादी केन्द्रलाई एमाले नामको कम्युनिष्टसाग सहकार्य गर्नेभन्दा कााग्रेसलाई विश्वास गरी सहकार्य गर्नुको औचित्य खोजिने बेला आएको छ । त्यो पनि सैद्धान्तिक विचलनको रुपमा व्याख्या गर्नेहरु आफ्नो ठाउामा छादै छन् । माओवादी केन्द्रले त्यसलाई कसरी व्यवहारमा चिर्छ, त्यो भने हेर्न बााकी छ । तर यो कुरा पक्का हो कि माओवादी केन्द्रका लागि एमाले नामको कम्युनिष्ट र लोकतन्त्रको ठेक्का लिएको जस्तो दाबी गर्ने नेपाली कााग्रेससाग सहकार्य गर्नु एउटै हो । कारण एमाले कम्युनिष्टभन्दा लोकतन्त्रवादी भइसकेको र कााग्रेसले हिजोको दरबारको भूमिका खेल्न खोजिरहेको दैनिकीबाट प्रष्ट हुन्छ ।
नेपालको राजनीतिमा यसको परिणाम कस्तो आउाछ, त्यो त भविष्यले बताउनेछ तर यति चाहिा स्पष्ट छ कि प्रचार, संगठन र अन्तर्राष्ट्रिय क्षेत्रलाई दह्रो तरिकाले ध्यान दिन सकिएन भने सत्ताबाहेक भ्रम हो भन्ने कुराले सबैतिर इजार खुस्कने अवस्था आउन सक्छ । एकातिर सरकारमा हुादा जनस्तरको काम नगर्ने अर्कातिर त्यहाा पुगेपछि वर्ग फेर्ने नेताहरुको शैलीले जनस्तरबाट कट्दै जाादा आगामी स्थानीय निर्वाचनमा आफ्नो मृत्युको घोषणा आफौ गर्नुपर्ने अवस्था आउन सक्छ । यसैले यो कोल्टो फेराइले माओवादी केन्द्रको आखिरी परीक्षण गर्ने दिन आएको रुपमा हेर्ने जमात बढेको पाइन्छ ।

 
यसो त माओवादी केन्द्रले यसबीचमा उठाएको जोखिमले केपी शर्मा ओलीको अन्तिम समयमा आएर छवि बदलिन गएको थियो । यो छवि माओवादी केन्द्रका कारण पित्तलमा सुनको जलप लगाइदिएको शोभाजस्तै बनेको थियो । यो कुरा संसारलाई थाहा छ । यसकारण माओवादी केन्द्रलाई एजेण्डाका आधारमा देश र जनतालाई केन्द्रमा राखी सहकार्य गर्न कुनै अप्ठेरो मान्नुपर्न अवस्था छैन । बरु उसले जनताको बीचमा आफ्नो कुरो स्पष्टसाग पुर्‍याउन सक्नुपर्दछ । अन्तर्राष्ट्रिय क्षेत्रलाई सन्तुलनमा ल्याउन सक्नुपर्दछ । त्यसका साथै, पार्टी नेतृत्व सरकारमा भए पनि पार्टी संगठन निर्माणमा लाग्नु पर्दछ ।

 
माओवादी केन्द्रले बिग्रेको जनसम्बन्ध सुधार्नका लागि राष्ट्रिय सहमतीय सरकारको नेतृत्व रोज्ने, असन्तुलित अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलनमा ल्याउने र जनसंगठनमा आएको विचलन रोक्ने कार्य गर्न सक्नु पर्दछ । यसो गर्नसकेमा विगतका कमजोरीलाई सच्याउन सकिनेछ । अहिले पनि संक्रमणकाल चलिरहेकाले जे पनि हुनसक्ने अवस्था विद्यमान अवस्थामा रहिरहेकोमा ध्यान दिनुपर्ने पक्ष धेरै छन् । यसमध्ये नेपालको यो दुरवस्थालाई हटाउन जसले पहलकदमी लिन्छ, त्यसैले नेपालको भविष्य सुनिश्चित गराउनसक्ने देखिएको छ । के यस कार्यका लागि प्रचण्ड तयार भएका हुन् ?

 
प्रचण्डले केही वर्ष म सरकारमा जान्न भनिरहेका बेला पुन: प्रचण्डकै नेतृत्वमा सरकार बन्ने समाचारले नयाा सञ्चार गराइरहेको छ । यसको मतलब के हुन सक्छ भने नेपाली राजनीतिमा माओवादी केन्द्रले नयाा बहसको सामना गर्ने साहस गरेको छ । एक, सहकार्यका हिसाबमा । दुई, अनुभवको हिसाबमा । तीन, नयाा पहलकदमी लिने हिसाबमा । यहाा कुखुरा बनेर होइन, चील बनेर हेर्नसकेमा शान्ति प्रक्रिया सम्पन्न गर्ने कुरा, संक्रमणकालको अन्त्य गराउने कुरा, भूकम्प तथा नाकाबन्दीले थला परेको देशलाई पुनर्निर्माण गरी विकास र समृद्धता ल्याउने कुरा कम चानचुने विषय छादै छैनन् ।

 
नेपालको परिवेशमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई जति अस्थिर नेताको रुपमा चर्चा हुन्छ, त्योभन्दा बढी उनीभन्दा अरु उच्च कदको नेता नभएको र उनले चाहे भने केही परिवर्तन हुनसक्ने चर्चा हुन थालेको पाइन्छ । अरुले भन्दा उनले सबैलाई समेट्न सक्छन् । शान्ति प्रक्रियामै देखियो कि एमालेका नेता झलनाथ खनाल र केपी शर्मा ओलीको सरकार प्रचण्डकै प्रस्ताव तथा समर्थनमा बनेका हुन् । अझ माधव नेपालको पनि प्रचण्डकै उदारताले सरकारमा पुग्ने आधार बनेको थियो । एमालेसाग जति सहकार्य भयो, त्यसबाट अपेक्षा गरेको भन्दा पनि सहमति गरेका कुरा समेत उल्टिादै गएकाले अर्को रुप लिन पुगेको पाइयो ।

 
शान्ति प्रक्रियामा कााग्रेससाग जुन ढंगले सहमति गरिएको थियो, त्यसले नयाा ठाउामा पुग्ने आधार त बन्यो । तर माओवादी र कााग्रेसका लागि सम्झनुपर्ने पक्ष के छ भने भारतीय प्रभावमा परेर तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संविधानसभाको जनमत आएको चार महिनासम्म माओवादीलाई जनमतअनुसार सरकार बनाउने वातावरण नबनाउनु र पूर्वसहमतिअनुसार राष्ट्रपति हुनबाट गिरिजाप्रसाद कोइरालालाई रोक्ने अस्त्र माओवादीबाट रामराजा प्रसाद सिंहको प्रस्ताव हुनुले सहमतीय राजनीतिमा ब्रेक लागेको थियो । इतिहासको यस गल्तीलाई सच्याउने आधार यी दुई पार्टीबाट भएको खण्डमा देश र जनतालाई फाइदा नै हुनेछ ।

 
सञ्चारमाध्यमहरुमा आएका टीकाटिप्पणीले माओवादी केन्द्रले पूर्व एमालेको रुपमा सत्ताका लागि मरिहत्ते गर्दै गएको चर्चा सुनिन थालेको छ । यो पनि स्पष्ट छ कि यही प्रक्रियामा सामेल भएपछि राजनीतिक ढुकुर वा जोगीजस्तो भएर बस्न उपयुक्त हुादैन । बरु हरेक ठाउामा जुझारु, संघर्षशील, सिर्जनशील र युग सुहाउादो क्रान्तिकारी कदम चाल्न सक्नुपर्दछ । के माओवादी केन्द्र यतिबेला यस्ता कार्य गर्न सक्षम होला ? यो सबै व्यवहारमा हेर्नुपर्ने विषय बनेको छ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई के अनुभव भएको देखिन्छ भने हरेक प्रक्रियाको साक्षी म भएर पनि मैले देशको नेतृत्व राम्ररी गर्न पाएको छैन । विभिन्न तथ्यहरुले देशलाई निकास दिनका लागि उक्त अनुभव व्यावहारिक रुपमा लागू गर्न दिन आवश्यक पनि देखिन्छ । यी तर्क वितर्क जे जस्तो भए पनि कााग्रेस केन्द्रीय समितिको निर्णय र कााग्रेस नेता शेरबहादुर देउवाको कदमले निर्णायक भूमिका खेल्नेछ । यसका लागि पर्ख र हेरको नीति अख्तियार गरेका मधेशवादी दलहरुको पनि भूमिका कस्तो हुन्छबाट नाप्नुपर्ने हुन्छ । आउादा दिनहरु चुनौतीपूर्ण त छन् नै तर ती चुनौतीलाई अवसर मानेर सामना गर्ने हो भने क्रान्तिकारी परिवर्तनको ढोका खोल्ने आधार पनि बन्न सक्छ ।
यसका लागि युवाविहीन गाउा र यस्तै हुादै गए, युवाविहीन सहर बन्ने अवस्थामा रहेको नेपाली युवा जनशक्तिको व्यवस्थापन गर्न दीर्घकालीन सोच बनाउन सक्नुपर्दछ । नेपालको शिक्षा नीति र व्यवहार राष्ट्रिय सोचमा आधारित हुनपर्छ । देशमा प्राकृतिक स्रोत नभएको पनि होइन, त्यसको व्यवस्थापन आवश्यक छ । हरेक नीति निर्माण तहदेखि जनतालाई आागन बढार्न पनि वैदेशिक सहयोगको तल्तली पर्नाले देश थप अस्थिर बन्दै गएको अवस्थामा केही गर्नका लागि राष्ट्रिय सोच नै अगाडि सार्नुपर्दछ । यसमा कााग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, मधेशवादी तथा अरु साना दलले पनि सोच्नुपर्दछ । स्वार्थ केन्द्रित राजनीतिको ठाउामा देश र मुलुक केन्द्रित भएर ‘सबै सागै’ भन्ने अवधारणाका आधारमा मुलुकको नेतृत्व प्रचण्डबाट हुनसकेमा नेपालको अस्थिरताको साङ््ग्लोबाट उम्कने दिन आउनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here