एमाले र माओवादी केन्द्रको सहयात्रामा बिराम लागेपछि

285

–निमकान्त पाण्डे–
साझा एजेण्डा बनाएर नेपाल राष्ट्र र नेपाली जनताको हितमा सहयात्रा गर्लान् भनेर आशा गरी बसेका नेपाली जनतालाई निराश तुल्याउादै नेकपा एमाले र नेकपा माओवादी केन्द्र साझा जिम्मेवारीबाट पन्छिएका छन् । भूकम्पले आतंकित बनाइएका नेपाली जनताका चाहना के थिए ? छिमेकी भारतको नाकाबन्दीबाट सृजना भएको अभाव र समस्या समाधान कसरी गरिएला भनेर नेपाली जनताले आशा गरेका थिए ? यी ध्यान दिनैपर्ने विषयतर्फ जनताका ास्थाका केन्द्र बनेका एमाले र माओवादी केन्द्र अब एकले अर्कालाई सिध्याउने शत्रुतापूर्ण खेलमा लागेका रहेछन् भन्ने पुष्टि गरिएको छ । सरकारबाट अकस्मात बाहिरिनुपर्ने परिस्थिति माओवादी केन्द्रका लागि कसरी सृजना भयो ? यो सबैलाई आश्चर्य लागेको विषय छ । सरकारबाट माओवादी केन्द्र अलग्गिएको घोषणा भएपछि माओवादी केन्द्रका अध्यक्ष कमरेड प्रचण्डप्रति सामाजिक सञ्जाल आक्रामक बनेको छ । परन्तु महत्वपूर्ण मन्त्रालयहरु पाएको अवस्थामा पनि माओवादी केन्द्र सरकारबाट बाहिरिनुका पछाडि अवश्य पनि असाधारण कारण हुन सक्दछ भन्ने अनुमान सञ्जालमा आक्रोश पोख्नेहरुले लगाउन सकिरहेका छैनन् भन्न सकिन्छ ।

 
केपी ओलीलाई एमाले पार्टीको अध्यक्ष पदमा निर्वाचित गराउन र एमाले संसदीय दलको नेतामा निर्वाचित गराउन एमाले पार्टीकै वरिष्ठ उपाध्यक्ष वामदेव गौतमको महत्वपूर्ण भूमिका छ भन्ने कुरा सबैले बुझेको विषय हो । केपी ओलीलाई प्रधानमन्त्री बनाउने आधार तयार गर्ने काममा पनि वामदेव गौतमको निर्णायक भूमिका रहेको हो । आफू प्रधानमन्त्रीमा निर्वाचित भएपछि पार्टीको बागडोर कार्यवाहक अध्यक्षका हैसियतमा वामदेव गौतमले निर्वाह गर्ने सहमतिलाई ओलीले कार्यान्वयन गर्न आवश्यक ठान्नुभएन । महाकाली सन्धि संसदबाट पारित गर्दा सुरु भएको वामदेव र केपी ओलीबीचको तिक्तता एक किसिमले मेटिएको थियो । वामदेवको देशभक्ति लाइनमा ओली रुपान्तरित भएका थिए भने ओलीको गुट बलियो बनाउन वामदेवले आफूलाई समर्पित गरेका थिए । ओली र वामदेवको मिलनले ओलीको राजनीतिक हैसियत यति माथि उठाउन सफलता हासिल गर्‍यो कि महाकाली सन्धिमा गरेको अपराधबाट ओलीले उन्मुक्ति पाए । झापाबाट उठेको सशस्त्र आन्दोलनका अभियन्ता कमरेड ओली महाकाली सन्धिमा पुगेर भारतभक्तिको भूमिकामा समर्पित भएपछि राजनीतिक संकटका बीच गुज्रिनुपरेको थियो । आफ्नो राजनीतिक अवस्था कसरी आजको स्थितिमा पुगेको छ भन्ने कुरा सबै बिर्सिएर ओलीले झापा आन्दोलनको ब्याज खान पाइरहेको मात्र ठान्नु भएको छ । झापा आन्दोलन सुरु गर्दा टाउको काटिएका ढकाल परिवारले ओलीविरुद्ध उजुरी गर्ने हो भने ओलीलाई ज्यानमाराको अभियोग लाग्न सक्दछ । माओवादीले गरेको दश वर्षे जनयुद्धका दौरान भएका घटनाहरुका आधारमा माओवादीका नेता र कार्यकर्ताहरुलाई दण्डित गर्ने जुन अभियानको नेतृत्व केपी ओलीले गरिरहनुभएको छ, त्यही नियति ओलीले पनि कुनै दिन भोग्नु नपर्ला भन्न सकिंदैन ।

 
आज को प्रधानमन्त्री बन्ने भन्ने प्रतिस्पर्धामा उत्रिनुभन्दा युद्धकालमा भएका आ–आफ्ना कमजोरीहरुलाई स्वीकार गर्दै र सच्याउादै साझा सहमति बनाएर अगाडि बढ्नु आवश्यक थियो । एमाले र माओवादी केन्द्र दुवैको राजनीतिक सैद्धान्तिक आधार एउटै हो । दुवै पार्टीले एउटै झण्डामुनि आफूलाई पाउनुमा गर्व गरिरहेका छन् । संंविधानसभाबाट नयाा संविधान जारी गरिएको भए पनि यो संविधान जनपक्षीय बन्न नसकेको यथार्थलाई दुवै पार्टीले स्वीकार गरेको कुरा हो । संविधान संशोधनका निम्ति जनपक्षीय आवाज उठ्नुपर्ने ठाउामा देश बिखण्डनकारीहरुको आवाज चर्काे बनेको छ । जसका विरुद्ध एमाले र माओवादी केन्द्र संयुक्त रुपमा प्रतिवादमा उत्रिनुपर्ने समयको आवश्यकता हो । संविधानसभाबाट जनपक्षीय संविधान आउन सक्दैन भनेर दोस्रो संविधानसभाको चुनावी प्रक्रियाबाटै अलग भएको तत्कालीन वैद्य नेतृत्वको नेकपा–माओवादीले आङ्खनो अडानमा व्यापक समर्थन प्राप्त गरिरहेको अवस्थामा पनि जबर्जस्तीपूर्वक दोस्रो संविधानसभाको चुनाव गराइयो । संविधानलाई जनपक्षीय बन्न नदिनुमा यो जबर्जस्ती महत्वपूर्ण कारण बनेको हो । संविधानसभाबाट जनपक्षीय संविधान देऊ भन्दै सडकमा पुगेका राजनीतिक दलहरूलाई एमाले र तत्कालीन एमाओवादीले समेटेर अगाडि बढ्न चाहेको भए देशको स्थिति धेरै फरक भइसकेको हुन्थ्यो । दक्षिणतिरको छिमेकीले तराईवासी नेताहरुलाई आफ्नो कठपुतली बनाएर समग्र नेपाल राष्ट्रका विरुद्ध प्रयोग गरिरहेको छ । हिंसात्मक गतिविधिहरु विकसित गराएर राजनीतिक अस्थिरता सृजना गराउने र आफू अनुकूलका निर्णयहरु नेपालमा गराउने दक्षिणी छिमेकीको चाहना बुझ्न कठिन छैन । यस्तो विषम परिस्थितिमा मिल्नुपर्ने दलहरु फुटेर कसको हितमा काम गर्न खोजेका हुन् ? बुझ्न सकिएको छैन
कमरेड ओली र कमरेड प्रचण्डले आङ्खनो राजनीतिक जीवनमा आएको परिवर्तनलाई नै राजनीतिक उपलव्धिका रूपमा लिइरहनु भएको महसुस हुन थालेको छ । उहााहरूले भूमिगत राजनीति गरिरहादा जनताका छाप्राहरूमा बास बसेको बिर्सिरहनुभएको छ । जनताका छाप्राहरुमा च्यातिएका परालका सुकलहरूमा पलेटी कसेर बसी खाना खाएको र फुटेका घैंटाहरुबाट पानी झिकेर पिएको सम्झना अब उहााहरूको मानसपटलबाट हराइसकेको महसुस हुन्छ । राजधानीका आलिसान महलहरूमा बस्न पाएपछि र पााचतारे होटलहरुका चौरासी व्यञ्जनहरूमा रमाउन पाएपछि जनताका घरका सुकुल र फुटेका घैंंटाहरूको सम्झना नआउादो रहेछ शायद ! आज जनतालाई चासो भएको विषय भनेको फुटेको घैंटो फेरेर कहिल्यै नफुट्ने तामाको गाग्रीको व्यवस्था गर्ने हो । च्यातिएको सुकुलको ठाउामा नच्यातिने वेञ्च र टेवुलको व्यवस्था हुनुपर्छ भन्ने हो । जनताले आफूलाई ज्वरो आएको बेला सजिलैसाग सिटामोल खान पाउने व्यवस्था चाहन्छन् । जनताले आफूलाई सााझ–विहानको छाक जुटाउन रोजगारी र आङ्खना सन्तानलाई पढ्न पाउने व्यवस्था चाहन्छन् । यस्ता जनताका चाहनाका निम्ति नै हतियार उठाउन आवश्यक छ भनेर जनताका छाप्राहरूलाई आधार बनाएर कमरेड ओली र कमरेड प्रचण्डले जगाएका जनताको चेतना अव कसैले पछाडि फर्काएर फर्किने अवस्था छैन । जनताका छोराछोरीले पढ्न पाइरहेका छैनन्, जनताले रोजगारी पाईरहेका छैनन्, गाउा वस्तीहरूका बलिया पाखुरा सबै विदेशतिर पलायन भइरहेका छन्, गाउा वस्तीहरू अशिक्षा, अस्वस्थता, अभाव, अनिकाल र असुरक्षाले पीडित छन् । संविधानसभाले निर्माण गरेको संविधानमा गाउाले जनताका यस्ता समस्याहरू सम्वोधन किन हुन सकेनन् ? एमाले र माओवादी केन्द्रको सहयात्रामा बिराम लागेपछि अब यसकारण हाम्रो यात्रामा बिराम लाग्यो अब हामी छुट्टाछुट्टै यात्रा तय गरे पनि देश र जनताको अहितमा कुनै काम गर्ने छैनौं भनेर कमरेड ओली र कमरेड प्रचण्डले जनतासामु जवाफ दिन सक्नु पर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here